back

सर्वोच्च अगाडिबाट बच्चासहित निहारिकालाई प्रहरीले उठायो

924
shares
sivam siment- long add

काठमाडौं । ‘कुमारी आमा’ निहारिका राजपूतलाई प्रहरीले सर्वोच्च अदालत अगाडिबाट नियन्त्रणमा लिएको छ । तीन दिनदेखि आमरण अनशन सुरू गरेकी उनी आज न्याय माग्दै सर्वोच्च आएकी थिइन् ।

वसन्तपुरमा अनशन बसिरहेकी निहारिका आफ्नो माग सुनवाइ नभएको भन्दै सर्वोच्च परिसर आएकी हुन् । दुई वर्षको छोरा च्यापेर आएकी उनलाई प्रहरीले बल प्रयोग गर्दै नियन्त्रणमा लिएका छन् । आफ्नो ब्यानर प्रदर्शन गर्न खोज्दा उनलाई महिला प्रहरीले झ्यानाकुटी पार्दै गाडीमा हालेका थिए । बच्चालाई पनि उठाइएको थियो । उनीहरूलाई सिंहदरबार वृत्तमा लगिएको छ ।

निहारिकाले आफू अब न्यायका लागि ज्यान दिन पनि तयार रहेको बताएकी छन् । माग पूरा नभएसम्म आमरण अनशन नतोड्ने उनको प्रतिज्ञा छ ।

निहारिका दुई महिनाअघि पनि आमरण अनशन बसेकी थिइन् । उनलाई दुई अभियन्ताले त्यसबेला अनशनमा साथ दिएका थिए । यसपालि भने उनी एक्लै अनशन बसेकी हुन् ।

आफूलाई एक पुरुषले बलात्कार गरेर बच्चा जन्मिएको निहारिकाको दाबी छ । जिल्ला अदालतले आरोपीलाई सफाइ दिएपछि उनले जनकपुर उच्च अदालतमा पुनरावेदन गरेकी छन् ।

आरोपीलाई पक्राउ गर्नुपर्ने र बच्चाको डीएनए टेस्ट गर्नुपर्ने लगायतका माग निहारिकाले राखेकी छन् ।

ime pay- long

ime pay- long
प्रहरी महानिरीक्षकमा वसन्तबहादुर कुँबर नियुक्त

प्रहरी महानिरीक्षकमा वसन्तबहादुर कुँबर नियुक्त

वि.सं.२०७९ चैत १० शुक्रवार २२:२१

काठमाडौँ । नेपाल सरकारको प्रहरी महानिरीक्षक आइजीमा वसन्तबहादुर कुँबर ...

प्रधानमन्त्री प्रचण्डविरुद्ध बानेश्वरमा नाराबाजी, केहि जना पक्राउ

प्रधानमन्त्री प्रचण्डविरुद्ध बानेश्वरमा नाराबाजी, केहि जना पक्राउ

वि.सं.२०७९ चैत ७ मंगलवार १७:००

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध बानेश्वरमा नाराबाजी भएको...

सरकारले डीडीसीको दूध प्रतिलिटर ११ रुपैयाँले मूल्य बढाए

सरकारले डीडीसीको दूध प्रतिलिटर ११ रुपैयाँले मूल्य बढाए

वि.सं.२०७९ चैत २ बिहीवार २२:५१

काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) ले दूधको मूल्य...

इन्जा डे को अवसर पारेर फरक विधामा पत्रकारिता पुरस्कार प्रदान

इन्जा डे को अवसर पारेर फरक विधामा पत्रकारिता पुरस्कार प्रदान

वि.सं.२०७९ फागुन १८ बिहीवार ०८:२३

काठमाडौँ । इन्जा डे को अवसर पारेर बिभिन्न विधामा...

एक साता लामो दोलखा महोत्सव गर्दैछौँ : दोलखा चेम्बर अफ कमर्स

एक साता लामो दोलखा महोत्सव गर्दैछौँ : दोलखा चेम्बर अफ कमर्स

वि.सं.२०७९ पुस २८ बिहीवार २२:४९

दोलखा सम्वाददाता । दोलखामा आगामी फागुन २१ गतेबाट ७...

सुकुम्वासी व्यवस्थापन प्रकृयालाई काठमाडौं महानगरले जटिल बनायो : राष्ट्रिय भूमि आयोग

सुकुम्वासी व्यवस्थापन प्रकृयालाई काठमाडौं महानगरले जटिल बनायो : राष्ट्रिय भूमि आयोग

वि.सं.२०७९ पुस १९ मंगलवार २३:१५

काठमाडौं । राष्ट्रिय भूमि आयोग काठमाडौं जिल्ला समितिले सुकुम्वासी...