१३ वर्षीय इरिनाको पोल्टामा किड क्वीन नेपालको उपाधि
shares

काठमाडौँ । १३ वर्षीय इरिनाको पोल्टामा किड क्वीन नेपाल २०२२ को उपाधि रिड मोडल स्कुलको कक्षा ८ मा अध्ययनरत चमतीकी १३ वर्षिया इरिना महर्जनल जितेकी छन् । राजधानीमा शनिवार साँझ सम्पन्न प्रतियोगितामा २४ प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि चुमकी हुन् ।
१८ औं संस्करणको प्रतियोगितामा ९ देखि १४ वर्षसम्मका २५ सहभागी थिएन । महर्जनले मिस पब्लिक च्वाईस र मिस फोटोजेनिकको उपउपाधिलाई पनि जित्न सफल भएकी छन् ।
जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगीतामा सूर्यबिनायककी इप्सा प्रजापति र कालीमाटीकी प्रिस्का पुलामी मगर क्रमस फष्ट तथा मगर सेकेन्ड रनर्रअप भए । तीनै विजेताले विजेताहरुले क्रमशः २५, १५ र १० हजार रुपियाँ नगद पुरस्कार समेतप्राप्त गरेका छन् ।
विभिन्न मनोरञ्जक प्रस्तुतिका साथ अघि बढाइएको प्रतियोगितामा सुवा कोजु मिस ट्यालेन्ट, प्राप्ती रेग्मी मिस ट्यालेन्ट फस्ट रनर्सअप, स्तुती कार्की मिस ट्यालेन्ट सेकेन्ड रनर्सअप र तस्वीर मिस फोटोजेनिक, मार्था तामाङ मिस क्याटवक, प्रार्थना बज्राचार्य मिस क्युट, तृप्ति बैद्य सोसियल वेलफर एम्बेसडर, श्रीषा श्रेष्ठ सोसियल वेलफर एम्बेसडर फस्ट रनर्सअप, कृस्पी पौडेल सोसियल वेलफर एम्बेसडर सेकेन्ड रनर्सअप र मिस चार्मिङ, पलिस्था कुटुव बेस्ट ड्रेस, सुबारिया श्रेष्ठ मिस कल्चर, गृष्मा राजचल मिस पर्सनालिटी, आस्था थापा मगर बेस्ट हेयर, सकिरा तामाङ बेस्ट स्कीन, सफलता प्रधानांग बेस्ट स्माइल, परी मगर मिस इलीजेन्ट, ममता श्रेष्ठ र ज्योति खत्री मिस डिसिप्लेन, ट्रेक्षी चित्रकार मिस इनोसेन्ट तथा नीर्जला कौसिला र नसिका ठकुरी मिस फ्रेन्डसीप उपउपाधि विजेता भएका छन् ।
काठमाडौं महानगरपालिकाकी उपमेयर सुनीता डंगोलको समेत उपस्थित रहेको प्रतियोगीतामा नेपाल टेलिकमका ब्यबस्थापक सरोज शाक्य, एनआरएन युकेका प्रथम निर्वाचित अध्यक्ष अशोकबाबु श्रेष्ठ, नेपाल क्योकुसिन सेइसिन काइकन कराँते संघका अध्यक्ष अशोककुमार श्रेष्ठ, र्यापर निर्णय श्रेष्ठ, मिस नेवाः ११३६ फस्ट रनर्सअप रेजिशा डंगोल, साहित्यकार एवं उद्यमी अञ्जना ताम्राकार, साहित्यकार ज्ञान्दरी कैरी भट्ट, व्युटिसियन मञ्जु कार्की पाण्डे र फेसन डिजाइनर शोभा महर्जन निर्णायक रहेका थिए ।
वि.सं.२०७९ कात्तिक २ बुधवार ०८:४४