back

गालय् वन सिटिसी मलमा कार्तिक २६ गए शनिबार देखाइने : निर्देशक स्थापित

1.16K
shares
sivam siment- long add

काठमाडौँ । नेपालभाषाको चलचित्र गालय् वन सिटिसी मलमा कार्तिक २६ गए शनिबार प्रदर्शन गरिने भएको छ। सिटिसी मल सुन्धारामा चलचित्र गालय् वनको दुई शो देखाइने चलचित्र निर्देशक संयुक्त स्थापितले समय सान्दर्भिकलाई जानकारी गराएको हो। चलचित्रलाई नयाँ ढङ्गबाट प्रोमोशन गर्ने क्रममा निर्देशक स्थापित कुस्मामा गएर बन्जी जम्प गरेका थिए।

एस स्क्वायर ईन्टरप्राईजेजको ब्यानरमा नेपालभाषाको एउटा फरक विषयबस्तुमा तयार भएको छ ।चलचित्र “गालय् वन..” जुन सयै वर्ष पहिले नेवार समाजमा घटेको वास्तविक घटनाक्रमलाई आधार बनाएर बनाईएको हो भन्ने जानकारी चलचित्रका कथा, पटकथा, संवाद, गीतकार पुरुषोत्तम पक्का (चकलेट) ले बताए भने चलचित्रलाई स्वभाविक रुप दिन निर्देशक संयुक्त स्थापितले भरपुर मेहेनत गरेको कुरा पनि बताए । सबै नेपालीलाई चलचित्र “गालय् वन..” एक चोटी हेरिदिन निर्देशक स्थापितले आग्रह गरेका छन् ।

चलचित्र “गालय् वन..”को पहिलो शो भने बाराही मुभिज भक्तपुरमा हाउसफुलका साथ प्रदर्शन भैसकेको छ । दर्शकहरूले चलचित्रलाई मन पराएर धेरैले प्रसंशा गरेका थिए। चलचित्र गालय् वन लाई नेपाल सरकार चलचित्र विकास बोर्ड, चलचित्र जाँच समितिबाट युनिभर्सल प्रमाणपत्र प्रदान गरेको छ ।

चलचित्र गालय् वनको निर्माता अजय दुलाल, मेक अप आशा तामाङ, संगीत पुर्णमान महर्जन, संगीत संयोजन जीवित महर्जन, रेकर्डिङ र मिक्सिङ सुरेन्द्र श्रेष्ठ, गायक/गायिका पुर्णमान महर्जन र रत्नशोभा महर्जन, कला निर्देशन रेणु सुवाल, पार्श्व संगीत र डबिङ अन्जन श्रेष्ठ, ब्यवस्थापन सिताराम माक (मनका राजा) र सुरेन्द्र श्रेष्ठ, नृत्य निर्देशन रविता बाके, द्वन्द तथा सहायक निर्देशन लक्ष्मी प्रसाद भैल (ॐ बाबा) र छायांकन र सम्पादक बाल कुमार मगरले गरेका हुन् ।

चलचित्रका प्रमुख कलाकारहरुमा शोभा महर्जन, किरण जोशी, कमलप्रसाद भट्ट, मन्जु श्रेष्ठ, पुरुषोत्तम पक्का (चकलेट), अन्नपुर्णेस्वरी श्रेष्ठ, राजेश गोसाईं, मनीमैंया प्रजापति, शुप्रभा गैजु, श्रृजना प्रजापति, विक्रम प्रजापति, रजत श्रेष्ठ, अजय दुलाल, महेश प्रकाश हाडा, पुर्ण कुमार अवाले, सिताराम माक(मनका राजा), विश्व नारायण भैल, रोशनी श्रेष्ठ, कमला बैजु, जीवन ट्वाति, जुन सितिखु आदिको मुख्य भुमिका रहेको छ ।

ime pay- long

ime pay- long
युवराज भण्डारी र राजेश थापाको सहकार्यमा भावनाको देश बोलको गीत सार्वजनिक

युवराज भण्डारी र राजेश थापाको सहकार्यमा भावनाको देश बोलको गीत सार्वजनिक

वि.सं.२०८० असोज ४ बिहीवार १०:५५

काठमाडौँ । युवराज भण्डारी र राजेश थापाको सहकार्यमा देशभक्ति...

मिस नेवा: बिजेताहरुलाई सगुन कार्यक्रम सम्पन्न

मिस नेवा: बिजेताहरुलाई सगुन कार्यक्रम सम्पन्न

वि.सं.२०८० भदौ ९ शनिवार २२:३१

काठमाडौँ। नेप्लिज फेशन होमले आज आफ्नै कार्यालयमा ११४३ का...

११४३ मिस नेवाको उपाधि सकिना महर्जनलाई, मिस ट्यालेन्टको उपाधि कृष्टि प्रजापतिको हातमा

११४३ मिस नेवाको उपाधि सकिना महर्जनलाई, मिस ट्यालेन्टको उपाधि कृष्टि प्रजापतिको हातमा

वि.सं.२०८० भदौ ६ बुधवार १४:०५

काठमाडौँ। मिस नेवा: ११४३ को उपाधि सकिना महर्जनले जितेकी...

नेपाल भाषाको जित स्वया व मिसांको म्यूजिक भिडियाे छायांकन सम्पन्न

नेपाल भाषाको जित स्वया व मिसांको म्यूजिक भिडियाे छायांकन सम्पन्न

वि.सं.२०८० भदौ ५ मंगलवार ०८:३४

काठमाडाैं । तिर्थमान महर्जनको रचनामा नेपाल भाषाको जित स्वया...

जय जय बाघभैरव भजन गीतको प्रिमियर सो सम्पन्न

जय जय बाघभैरव भजन गीतको प्रिमियर सो सम्पन्न

वि.सं.२०८० साउन २९ सोमवार २१:३३

कीर्तिपुर। कीर्तिपुरमा आज एक औपचारिक कार्यक्रमको आयोजना गरि जय...

मिस नेवा: ११४३ को ट्यालेन्ट सो सम्पन्न

मिस नेवा: ११४३ को ट्यालेन्ट सो सम्पन्न

वि.सं.२०८० साउन २१ आइतवार ११:३६

काठमाडौँ । मिस नेवा: ११४३ को ट्यालेन्ट सो सम्पन्न...