back

रिपब्लिक कन्टिनेन्ट इन्टरनेशनल २०२२ काे उपाधि नेपालकाे पोल्टामा

2.09K
shares
sivam siment- long add

काठमाडौँ । तीन जना नेपाली बालबालिका शैब्या घिमिरे, रिदम नेपाल र खुसीप्रिया कसुलाले फिलिपिन्समा आयोजित ‘रिपब्लिक कन्टिनेन्ट इन्टरनेशनल २०२२’ प्रतियोगीतामा उपाधि जित्न सफल भएका छन् । बुलाकान सिटीमा १६ देखि २१ डिसेम्बरसम्म आयोजना भएको प्रतियोगीतामा ‘रिपब्लिक कन्टिनेन्ट एम्बेसडर’ उपाधी जित्न सफल भएका हुन् ।

प्रतियोगीताको योङ प्रिन्स तर्फ रिदम नेपाल, योङ प्रिन्सेस तर्फ खुसीप्रिया कसुला र टिन प्रिन्सेस तर्फ शैब्या घिमिरले उपाधि हासिल गरे । प्रतियोगीतामा तीनै जनाले बेष्ट ट्यालेन्ट उपाधि समेत हात पर्दा शैब्या घिमिरेले फोटो जेनिक सहित ३ उपाधि हात पार्न सफल भइन् । सहभागी सबै प्रतियोगी रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजनामा आयोजित बिभिन्न सौदर्य प्रतियोगीताका विजेता हुन् ।

नेपाल, भारत, मलेसिया, फिलिपिन्स थाइल्याण्ड लगायत १७ देशका प्रतियोगी सहभागी प्रतियोगीता बालबालिकाको प्रतिभा निखार्ने उदेश्यले लामो समयदेखि आयोजना हुँदै आएको भएपनि नेपालको भने पहिलो सहभागीता हो । प्रतियोगीतामा सहभागी प्रतियोगीले नेपालको संस्कृति, भेषभुषा प्रदर्शनको अलवा नेपालको पर्यटनको बारेमा समेत जानकारी गराएका थिए ।

अन्तराष्ट्रिय कोरियोग्राफर राज फैजु, नृत्य निर्देशक संयुक्त स्थापित, बृहस्मान सुनुवार लगायतको क्याटवाक, अभिनय, नृत्य लगायतका बिषयको प्रशिक्षण सहित प्रतियोगी प्रतियोगीतामा सहभागी भएका थिए ।

प्रतियोगीलाई रेडियन्ट इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक, अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजुले आफैले लिएर गएका थिए, भने उनीहरुले लगाउने पहिरन डिजाइन श्रीषा बैदारले तयार पारेकी थिइन् ।

ime pay- long

ime pay- long
युवराज भण्डारी र राजेश थापाको सहकार्यमा भावनाको देश बोलको गीत सार्वजनिक

युवराज भण्डारी र राजेश थापाको सहकार्यमा भावनाको देश बोलको गीत सार्वजनिक

वि.सं.२०८० असोज ४ बिहीवार १०:५५

काठमाडौँ । युवराज भण्डारी र राजेश थापाको सहकार्यमा देशभक्ति...

मिस नेवा: बिजेताहरुलाई सगुन कार्यक्रम सम्पन्न

मिस नेवा: बिजेताहरुलाई सगुन कार्यक्रम सम्पन्न

वि.सं.२०८० भदौ ९ शनिवार २२:३१

काठमाडौँ। नेप्लिज फेशन होमले आज आफ्नै कार्यालयमा ११४३ का...

११४३ मिस नेवाको उपाधि सकिना महर्जनलाई, मिस ट्यालेन्टको उपाधि कृष्टि प्रजापतिको हातमा

११४३ मिस नेवाको उपाधि सकिना महर्जनलाई, मिस ट्यालेन्टको उपाधि कृष्टि प्रजापतिको हातमा

वि.सं.२०८० भदौ ६ बुधवार १४:०५

काठमाडौँ। मिस नेवा: ११४३ को उपाधि सकिना महर्जनले जितेकी...

नेपाल भाषाको जित स्वया व मिसांको म्यूजिक भिडियाे छायांकन सम्पन्न

नेपाल भाषाको जित स्वया व मिसांको म्यूजिक भिडियाे छायांकन सम्पन्न

वि.सं.२०८० भदौ ५ मंगलवार ०८:३४

काठमाडाैं । तिर्थमान महर्जनको रचनामा नेपाल भाषाको जित स्वया...

जय जय बाघभैरव भजन गीतको प्रिमियर सो सम्पन्न

जय जय बाघभैरव भजन गीतको प्रिमियर सो सम्पन्न

वि.सं.२०८० साउन २९ सोमवार २१:३३

कीर्तिपुर। कीर्तिपुरमा आज एक औपचारिक कार्यक्रमको आयोजना गरि जय...

मिस नेवा: ११४३ को ट्यालेन्ट सो सम्पन्न

मिस नेवा: ११४३ को ट्यालेन्ट सो सम्पन्न

वि.सं.२०८० साउन २१ आइतवार ११:३६

काठमाडौँ । मिस नेवा: ११४३ को ट्यालेन्ट सो सम्पन्न...