लोकप्रिय गायिका बुनु श्रेष्ठको शिव भजन सार्वजनिक
shares

काठमाडौँ । लोकप्रिय गायिका बुनु श्रेष्ठले शिवरात्रीको अवसर पारेर शिवभजन सार्वजनिक गरेकी छन्। उक्त गीतमा शिवको चर्चा परिचर्चा गरिएको छ ।
शिला पन्तद्वारा रचित भोलेनाथ बोलको भजनमा संगीत रामकुमार रिमाल, संगीत संयोजन नारायण दंगालले गरेका हुन् ।
उक्त भजनको म्युजिक भिडियो शिवरात्रिको अवसर पारेर पशुपति मन्दिरमा खिचिएको छ। भिडियोमा गायिका श्रेष्ठ स्वयं देखिएकी छन्।
म्युजिक भिडियोको छायांकन श्याम शाह र सम्पादनमा रञ्जित मानन्धर, शृंगार गरिमा राजभण्डारीको रहेको छ।
भिडियो साउन्ड मिल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
केहि समय अगाडी मात्र गायिका श्रेष्ठले आउ साथि एउटा खुशीको दियो बालौ सकारात्मक गीत बजारमा ल्याएका थिए ।
वि.सं.२०७९ फागुन ८ सोमवार १७:१९