back

बुनु श्रेष्ठको पहिलो नेपालभाषाको गीत “बहनिया मिला”को म्यूजिक भिडियो सार्वजनिक

2.27K
shares
sivam siment- long add

काठमाडौँ । काठमाडौँमा एक कार्यक्रमको आयोजना गरि गायिका बुनु श्रेष्ठको स्वरमा रहेको “बहनिया मिला” गीतको म्यूजिक भिडियो सार्वजनिक गरेको छ । उक्त म्यूजिक भिडियोमा गायिका श्रेष्ठले पहिलो पटक नेपालभाषाको गीत गाउनु भएको हो ।

उक्त गीतमा प्रकाशदीप श्रेष्ठको लिपि, नील शाक्यको लय, भूपेन्द्र बज्राचार्यको लय संयोजन र स्टुडियो साउण्ड मिलमा महेश्वरमान राजभण्डारीले गीतको मास्टरिङ र मिक्सिङ गरेका हुन् ।

गोकर्ण फोरेष्ट रिसोर्टमा छायाँङ्कन गरेको गीतको म्यूजिक भिडियोमा लोकप्रिय नायक धिरेन शाक्यको साथमा स्वयम गायिकाले अभिनय गरेका छन् । उक्त गीतको निर्देशन अनुप चापागाइले गरेका हुन् भने उक्त गीतमा प्रेम रसाइलीको नृत्य निर्देशन र विकास धमलाको सम्पादन रहेको छ ।

बुनु श्रेष्ठको स्वरमा रहेको “बहनिया मिला” गीतको म्यूजिक भिडियो स्टुडियो साउण्ड मिलको अफिसियल युटुब च्यानलमा हेर्न सकिन्छ । गीत माया प्रेमले भरिपूर्ण छ ।

कार्यक्रम सोविनियर ग्यालरी सोल्टी प्लाजा रोडमा भएको थियो । कार्यक्रममा संचारकर्मी, संगीतकर्मी र गीत संगीत प्रति माया गर्नेहरुको उल्लेखनि उपस्थिति रहेको थियो ।

म्यूजिक भिडियो लोकापर्ण कार्यक्रमको सभापतित्व स्टुडियो साउण्ड मिलमा प्रमुख प्रवन्ध निर्देशक महेश्वरमान राजभण्डारीले गरेका थिए ।

ime pay- long

ime pay- long
युवराज भण्डारी र राजेश थापाको सहकार्यमा भावनाको देश बोलको गीत सार्वजनिक

युवराज भण्डारी र राजेश थापाको सहकार्यमा भावनाको देश बोलको गीत सार्वजनिक

वि.सं.२०८० असोज ४ बिहीवार १०:५५

काठमाडौँ । युवराज भण्डारी र राजेश थापाको सहकार्यमा देशभक्ति...

मिस नेवा: बिजेताहरुलाई सगुन कार्यक्रम सम्पन्न

मिस नेवा: बिजेताहरुलाई सगुन कार्यक्रम सम्पन्न

वि.सं.२०८० भदौ ९ शनिवार २२:३१

काठमाडौँ। नेप्लिज फेशन होमले आज आफ्नै कार्यालयमा ११४३ का...

११४३ मिस नेवाको उपाधि सकिना महर्जनलाई, मिस ट्यालेन्टको उपाधि कृष्टि प्रजापतिको हातमा

११४३ मिस नेवाको उपाधि सकिना महर्जनलाई, मिस ट्यालेन्टको उपाधि कृष्टि प्रजापतिको हातमा

वि.सं.२०८० भदौ ६ बुधवार १४:०५

काठमाडौँ। मिस नेवा: ११४३ को उपाधि सकिना महर्जनले जितेकी...

नेपाल भाषाको जित स्वया व मिसांको म्यूजिक भिडियाे छायांकन सम्पन्न

नेपाल भाषाको जित स्वया व मिसांको म्यूजिक भिडियाे छायांकन सम्पन्न

वि.सं.२०८० भदौ ५ मंगलवार ०८:३४

काठमाडाैं । तिर्थमान महर्जनको रचनामा नेपाल भाषाको जित स्वया...

जय जय बाघभैरव भजन गीतको प्रिमियर सो सम्पन्न

जय जय बाघभैरव भजन गीतको प्रिमियर सो सम्पन्न

वि.सं.२०८० साउन २९ सोमवार २१:३३

कीर्तिपुर। कीर्तिपुरमा आज एक औपचारिक कार्यक्रमको आयोजना गरि जय...

मिस नेवा: ११४३ को ट्यालेन्ट सो सम्पन्न

मिस नेवा: ११४३ को ट्यालेन्ट सो सम्पन्न

वि.सं.२०८० साउन २१ आइतवार ११:३६

काठमाडौँ । मिस नेवा: ११४३ को ट्यालेन्ट सो सम्पन्न...