back

नेपाल क्यालिफोर्निया अमेरिकाको आदिवासी जनजाति महासंघबाट अशेष डंगोल सम्मानित

240
shares
sivam siment- long add

काठमाडाैं ।  नेपाल क्यालिफोर्निया अमेरिकाको आदिवासी जनजाति महासंघले अशेष डंगोल उर्फ ​​हिमालयन हेन्ड्रिक्सकलाई एक विशेष कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ । सम्मान कार्यक्रम आदिवासी जनजाति महासंघ अमेरिका च्याप्टरले गरेको हो।

सामुदायिक चेतना र संगीतमा विश्वव्यापी रूपमा योगदान दिए बापत नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष प्रकाश लामा, क्यालिफोर्निया, नेपाल आदिवासी जनजाति महासंघका महासचिव   सुनिलराज कर्णिकर,  क्यालिफोर्निया, नेवाः संगठन अमेरिकाका अध्यक्ष देबेन श्रेष्ठ,  उत्तरी क्यालिफोर्निया च्याप्टरका  महासचिव रोशना जोशी,  नेवाः संगठन, उत्तरी क्यालिफोर्निया च्याप्टरका अध्यक्ष शेर लामा तामाङ,  कोअपरेसन सोसाइटी अफ नर्दनका निर्देशक, यज्ञलाल श्रेष्ठ,  क्यालिफोर्निया , हिमालयन फ्लेभर, बर्कले, क्यालिफोर्नियाले संयुक्त रूपमा  प्रशंसा प्रमाणपत्र प्रदान गरिएकाे कार्यक्रममा उनको भर्खरको एल्बमको ‘ग्रिड’ Greed’ गीतको नयाँ म्युजिक भिडियोको पनि प्रिमियर गरिएको थियो ।

वि.सं. २०६७ र २०६८ युरोपको संगीत यात्राको क्रममा नर्वेजियन र जर्मन प्रेसद्वारा अशेषलाई “द हिमालयन हेन्ड्रिक्स” भनेर उपनाम दिइएको थियो।  वि.सं. २०७२ मा संगीत र सामाजिक कार्यमा उनको योगदानको लागि कोलोराडो बिजनेश म्युजिक अर्गनाइजेसन, क्लाेराडाे, अमेरिकाद्वारा पनि उनलाई सम्मानित गरिएको थियो। वि.सं. २०६७ र २०७३ मा उनको दोस्रो र चौथो एल्बमको “तिमीलाई म र दुबदई” गीतहरू पनि हिट्स एफएम संगीत अवार्डमा विभिन्न विधामा मनोनयन भएको थियो। अशेष वि.सं. २०६४ देखि विश्व भ्रमण गर्दै आएका छन् र त्यसबेलादेखि धेरै सङ्गीत महोत्सवको नेतृत्व गरिसकेका छन् ।

अलामार महोत्सव २००७ स्पेन, हर्जबर्ग संगीत महोत्सव २०११ जर्मनी, फाउस्किभ्वालेन  संगीत महोत्सव २०१०, २०११, २०१६ नर्वे, एडेनबर्ग मेला २०११ स्कटल्याण्ड, इट्स अल ग्रेभि संगीत महोत्सव २०११ इङ्गल्याण्ड आदिमा समेत आशेषले सांगीतिक प्रस्तुत गरिसकेका छन् । यसका साथै IBC 2020 International Blues Jam 2019 मा मेम्फिस, Tenessee मा नेपालको प्रतिनिधित्व गरेका थिए ।  वि.सं. २०७४ देखि   संयुक्त राज्य अमेरिकामा  १२ भन्दा बढी  राज्यहरुमा आफ्नो संगीतिक भ्रमण गरेका थिए ।  अहिले  “All those  Beautiful Dreams” टुरकाे अन्तिम प्रस्तुति सियाटल, वासिङ्टनमा हुनेछ । साे कन्सर्टपछि उनी बैशाखमा स्वदेश नेपाल फर्किनेछन् । अशेषको अहिलेसम्म ६ वटा गिति एल्बम निकालिसकेका छन् र उनले आफ्नो संगीत र फोटोग्राफीको माध्यमबाट ११ भन्दा बढी देशको भ्रमण गरिसकेका छन्। उनको हालैको एल्बम “All Those Beautiful Dreams“ अहिले सबै डिजिटल मिडिया र बजारमा उपलब्ध छ। उहाँ सेप्टेम्बरमा संयुक्त राज्य अमेरिकाको मिलवाकी, बेस्ट ड्याम ब्लुज फेस्टिभल २०२३ को हेडलाइन गर्न फर्किने कार्यक्रम रहेकाे छ ।

ime pay- long

ime pay- long
बुनु श्रेष्ठको पहिलो नेपालभाषाको गीत “बहनिया मिला”को म्यूजिक भिडियो सार्वजनिक

बुनु श्रेष्ठको पहिलो नेपालभाषाको गीत “बहनिया मिला”को म्यूजिक भिडियो सार्वजनिक

वि.सं.२०८० वैशाख २ शनिवार २१:४९

काठमाडौँ । काठमाडौँमा एक कार्यक्रमको आयोजना गरि गायिका बुनु...

मिस लिटील नेवा: ११४३ को उपाधि सुज्योति डंगोललाई

मिस लिटील नेवा: ११४३ को उपाधि सुज्योति डंगोललाई

वि.सं.२०८० वैशाख १ शुक्रवार १२:३२

काठमाडौँ । नेप्लिज फेसन होमको आयोजनामा बुधबार राजधानीमा सम्पन्न...

मिस लिटिल नेवाः की सहभागि बेदान्सी डंगोलले दोलखामा सिक रुम स्थापना गर्ने

मिस लिटिल नेवाः की सहभागि बेदान्सी डंगोलले दोलखामा सिक रुम स्थापना गर्ने

वि.सं.२०७९ चैत २३ बिहीवार २१:५५

काठमाडौँ । मिस लिटिल नेवाः की सहभागि बेदान्सी डंगोलले...

लोकप्रिय गायिका बुनु श्रेष्ठको शिव भजन सार्वजनिक

लोकप्रिय गायिका बुनु श्रेष्ठको शिव भजन सार्वजनिक

वि.सं.२०७९ फागुन ८ सोमवार १७:१९

काठमाडौँ । लोकप्रिय गायिका बुनु श्रेष्ठले शिवरात्रीको अवसर पारेर...

गायक शाक्यलाई पत्नी शोक

गायक शाक्यलाई पत्नी शोक

वि.सं.२०७९ माघ ४ बुधवार १८:०३

काठमाडौँ । लोकप्रिय गायक प्रवेशमान शाक्यलाई पत्नी शोक परेको...

उपत्यकाव्यापी नेवाः नृत्य प्रतियोगीता हुने

उपत्यकाव्यापी नेवाः नृत्य प्रतियोगीता हुने

वि.सं.२०७९ पुस २६ मंगलवार २१:१८

काठमाडाैं । माघ १४ गते उपत्यकाव्यापी नृत्य प्रतियोगीता हुने...