back

युवराज भण्डारी र राजेश थापाको सहकार्यमा भावनाको देश बोलको गीत सार्वजनिक

1.81K
shares
sivam siment- long add

काठमाडौँ । युवराज भण्डारी र राजेश थापाको सहकार्यमा देशभक्ति गीत सार्वजनिक भएको छ । गायक राजेश पायल राईको स्वर रहेको ‘भावनाको देश’ बोलको गीत असोज ३ गते संविधान दिवसको अवसर पारेर सार्वजनिक गरिएको हो ।

गीतकार भण्डारीको युट्युव च्यानल वाइ बी क्रिएशन मार्फत सार्वजनिक भएको गीतलाई सङ्गीतकार राजेश थापाले सङ्गीतवद्ध गरेका छन् । भने गीतमा फणीन्द्र राईले सङ्गीत संयोजन गरेका छन् ।

काठमाडौंको ए–वान म्युजिसियन स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको रेकर्डिङ राजेश श्रेष्ठले गरेका हुन् । ध्वनि सम्पादन किशोर थापाले गरेका छन् । पूजा ठकुरीको निर्देशन, विनोद बमको सम्पादन र रामकुमार केसीको छायाङ्कनमा म्यूजिक भिडियो साङ्ग्रिला क्रिएशनले तयार पारेको हो ।

प्रवासमा रहेर पनि नेपाली सङ्गीत र साहित्यमा अनवरत रूपले सक्रिय तनहुँ निवासी युवराज भण्डारी हाल क्यानडा छन् । भण्डारीको एक गीति कविता सङ्ग्रह प्रकाशित छ भने ‘भावनाको तस्वीर’ (गजलसङ्ग्रह) र ‘अर्को कर्नाली’ (कवितासङ्ग्रह) प्रकाशोन्मुख छन् । उनको शब्द तथा सङ्गीतमा यस अघि पनि केही गीतहरू रेकर्ड भइसकेका छन् । पेशाले इन्जिनियर भण्डारी प्रवासमा साहित्यिक र सामाजिक अभियानमा सक्रिय छन् ।

ime pay- long

ime pay- long
मिस नेवा: बिजेताहरुलाई सगुन कार्यक्रम सम्पन्न

मिस नेवा: बिजेताहरुलाई सगुन कार्यक्रम सम्पन्न

वि.सं.२०८० भदौ ९ शनिवार २२:३१

काठमाडौँ। नेप्लिज फेशन होमले आज आफ्नै कार्यालयमा ११४३ का...

११४३ मिस नेवाको उपाधि सकिना महर्जनलाई, मिस ट्यालेन्टको उपाधि कृष्टि प्रजापतिको हातमा

११४३ मिस नेवाको उपाधि सकिना महर्जनलाई, मिस ट्यालेन्टको उपाधि कृष्टि प्रजापतिको हातमा

वि.सं.२०८० भदौ ६ बुधवार १४:०५

काठमाडौँ। मिस नेवा: ११४३ को उपाधि सकिना महर्जनले जितेकी...

नेपाल भाषाको जित स्वया व मिसांको म्यूजिक भिडियाे छायांकन सम्पन्न

नेपाल भाषाको जित स्वया व मिसांको म्यूजिक भिडियाे छायांकन सम्पन्न

वि.सं.२०८० भदौ ५ मंगलवार ०८:३४

काठमाडाैं । तिर्थमान महर्जनको रचनामा नेपाल भाषाको जित स्वया...

जय जय बाघभैरव भजन गीतको प्रिमियर सो सम्पन्न

जय जय बाघभैरव भजन गीतको प्रिमियर सो सम्पन्न

वि.सं.२०८० साउन २९ सोमवार २१:३३

कीर्तिपुर। कीर्तिपुरमा आज एक औपचारिक कार्यक्रमको आयोजना गरि जय...

मिस नेवा: ११४३ को ट्यालेन्ट सो सम्पन्न

मिस नेवा: ११४३ को ट्यालेन्ट सो सम्पन्न

वि.सं.२०८० साउन २१ आइतवार ११:३६

काठमाडौँ । मिस नेवा: ११४३ को ट्यालेन्ट सो सम्पन्न...

गायक रविन तामाङको निधन

गायक रविन तामाङको निधन

वि.सं.२०८० असार २० बुधवार १०:११

काठमाडौँ । नेपाली रक ब्याण्ड ‘रबिन एण्ड दी रिभ्युलेसन’का...