back

कुईँनेटो फिल्मको धर्ती आकाश गीत सार्वजनिक

काठमाडौं– मिडिया एण्ड ईन्टरटेनमेन्ट र पिम नेपालको संयूक्त प्रस्तुतिमा कमला जोशी निर्माता रहेको नयाँ नेपाली फिल्म ‘कुईँनेटो’ को शीर्षक गीत ‘धर्ती आकाश…’ सार्वजनिक भएको छ ।

अभिनेता श्रीदेव भट्टराई र अभिनेत्री श्रीजु अधिकारीको अभिनय रहेको उक्त गीतलाई सुदुरपश्चिमको विभिन्न रमणिय एवं पर्यटकिय स्थानमा छायांकन गरिएको छ ।

गीतका शब्दहरु गीतकार ललिता कुँवरले रचना गरेकी हुन् भने संगीतकार सन्तोष श्रेष्ठले यसलाई संगीतबद्ध गरेका छन् ।

श्रेयसी चेम्जोङ र यूवराज चौलागाईँको स्वर रहेको यो गीतको एरेन्जर ओम सुनार हुन् ।

हाँस्य विधामा समेटिएको यो फिल्ममा माया, प्रेम, समर्पण, सद्भाव आदिलाई कलात्मक रुपमा चलचित्रमा प्रस्तुत गरिएको छ ।

माधव राज खरेल निर्देशित यो फिल्म कोभिड १९को असर केही कम हुने वित्तिकै सार्वजनिक प्रर्दशनीमा आउने निर्माण कम्पनीले बताएको छ ।

निर्देशक खरेलकै लेखन रहेको उक्त फिल्ममा श्रीदेव भट्टराई, सानिया खान, श्रीजु अधिकारी, केशव रापकोटा, मनीराज लिम्बु, नवराज रिमाल, गंगा भुजेल, मोतीराम जैशी, सिद्धान्त क्षेत्री, साहिल चौधरी, दिपेश जैसी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

फिल्ममा किरण दाहालको द्वन्द निर्देशन, रुपेश उप्रेतीको नृत्य निर्देशन, जनकराज अधिकारीको छायांकन, नरेश खरेलको श्रृंगार, प्रदिप दाहाल र राजेश कुमारको सम्पादन रहेको छ भने फिल्ममा राज सागर, पशुपति ताम्राकार, अनिल विरही, सुरेश अधिकारी लगायतका श्रष्टा एवं सर्जकहरुको स्वर, शव्द र संगीत रहेको छ ।


शिल्पा शेट्टीका श्रीमान्  राजकुंद्रालाई मुम्बई पुलिसले गर्यो गिरफ्तार, अश्लील फिल्म बनाएको आरोप

शिल्पा शेट्टीका श्रीमान् राजकुंद्रालाई मुम्बई पुलिसले गर्यो गिरफ्तार, अश्लील फिल्म बनाएको आरोप

वि.सं.२०७८ साउन ८ शुक्रवार १९:२१

मुम्बई । पोर्न फिल्म बनाउने र एप्समार्फत् बाँड्ने गरेको...

दोलखाको ईतिहासमै पहिलो पटक दोलखा भाषाको म्यूजिक भिडियो

दोलखाको ईतिहासमै पहिलो पटक दोलखा भाषाको म्यूजिक भिडियो

वि.सं.२०७८ साउन ६ बुधवार २३:०८

दोलखा । ईतिहासमै पहिलो पटक दोलखा भाषाको म्यूजिक भिडियो...

ईतिहासमै पहिलो पटक दोलखा भाषाको म्यूजिक भिडियो

ईतिहासमै पहिलो पटक दोलखा भाषाको म्यूजिक भिडियो

वि.सं.२०७८ साउन ६ बुधवार २२:५२

दोलखा । ईतिहासमै पहिलो पटक दोलखा भाषाको म्यूजिक भिडियो...

काराओके ईन्टरटेन्मेन्टले मिस नेवा: वर्ल्डको आयोजना गर्ने

काराओके ईन्टरटेन्मेन्टले मिस नेवा: वर्ल्डको आयोजना गर्ने

वि.सं.२०७८ साउन ४ सोमवार २१:५८

काठमाडौँ । काराओके ईन्टरटेन्मेन्टले मिस नेवा: वर्ल्डको आयोजना गर्ने भएको...

मिस नेवा:को अर्को संस्करण मिस लिटिल नेवा: ११४१  हुदै

मिस नेवा:को अर्को संस्करण मिस लिटिल नेवा: ११४१ हुदै

वि.सं.२०७८ साउन ४ सोमवार १९:५१

काठमाडौँ । मिस नेवा:को अर्को संस्करण मिस लिटिल नेवा:...

मोडल तथा नायक  कुशल श्रेष्ठको नयाँ म्युजिक भिडियो तथा  फिल्म दर्शक माझ चाडै आउने

मोडल तथा नायक  कुशल श्रेष्ठको नयाँ म्युजिक भिडियो तथा  फिल्म दर्शक माझ चाडै आउने

वि.सं.२०७८ असार ३० बुधवार २३:२८

काठमाडौँ । मोडल तथा नायक  कुशल श्रेष्ठको नयाँ म्युजिक...