back

कमेडी च्याम्पियन २ को उपाधि भरतमणिलाई

2.09K
shares
sivam siment- long add

काठमाडौं । लोकप्रिय स्टयान्ड अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ सिजन २ को उपाधि भरतमणि पौडेलले जितेका छन् । शनिबार राती भएको ग्राण्ड फिनालेमा ताप्लेजुङका पौडेलले सबैभन्दा बढी भोट पाएर ‘कमेडी च्याम्पियन २’को उपाधि जितेका हुन् ।

उपाधिसँगै उनले कार र २५ लाख रुपैयाँ पुरस्कार जितेका छन् । विभिन्न चरण हुँदै भरतमणिसँगै सिक्किमका विक्की अग्रवाल र गोरखाका सन्तोष थापा फाइनलमा पुगेका थिए ।

उपाधि जितेका भरतमणि पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाको क्यारिकेचर गरेपछि दर्शकको ‘नोटिस’मा परेका थिए । त्यस्तै उनले सेमिफाइनलमा पूर्व युवराज पारस शाहको क्यारिकेचर गरेका थिए । जुन प्रस्तुतीबाट निकै तारिफ पाएका थिए । उनी ‘कमेडी च्याम्पियन’मा सात पटकसम्म ‘पर्फर्मर अफ द राउण्ड’ बनेका थिए ।

विशाल भण्डारीले निर्देशन गर्ने ‘कमेडी च्याम्पियन’ कान्तिपुर टीभी र युट्युब च्यानल ‘ओएसआर रियालिटी’बाट प्रशारण हुँदै आएको थियो । यसको पहिलो सिजनबाटै निर्णायकमा हास्यकलाकार सन्तोष पन्त, मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र चलचित्र निर्देशक प्रदीप भट्टराई थिए भने शोलाई रीमा विश्वकर्माले होस्ट गर्दै आएकी थिइन् । ‘कमेडी च्याम्पियन’को पहिलो सिजनमा हिमेश पन्त विजेता बनेका थिए ।

ime pay- long

ime pay- long
लोकप्रिय गायिका बुनु श्रेष्ठको शिव भजन सार्वजनिक

लोकप्रिय गायिका बुनु श्रेष्ठको शिव भजन सार्वजनिक

वि.सं.२०७९ फागुन ८ सोमवार १७:१९

काठमाडौँ । लोकप्रिय गायिका बुनु श्रेष्ठले शिवरात्रीको अवसर पारेर...

गायक शाक्यलाई पत्नी शोक

गायक शाक्यलाई पत्नी शोक

वि.सं.२०७९ माघ ४ बुधवार १८:०३

काठमाडौँ । लोकप्रिय गायक प्रवेशमान शाक्यलाई पत्नी शोक परेको...

उपत्यकाव्यापी नेवाः नृत्य प्रतियोगीता हुने

उपत्यकाव्यापी नेवाः नृत्य प्रतियोगीता हुने

वि.सं.२०७९ पुस २६ मंगलवार २१:१८

काठमाडाैं । माघ १४ गते उपत्यकाव्यापी नृत्य प्रतियोगीता हुने...

स्टार अवार्ड्सको नोमिनेसनको प्रमाण पत्र वितरण लाइफटाइम अचिभमेन्ट अवार्ड मदनकृष्णलाई

स्टार अवार्ड्सको नोमिनेसनको प्रमाण पत्र वितरण लाइफटाइम अचिभमेन्ट अवार्ड मदनकृष्णलाई

वि.सं.२०७९ पुस १८ सोमवार २२:२६

काठमाडौँ । संसारकै सबैभन्दा ठुलो र लामो अवार्ड्सको रुपमा...

काठमाडौँको भृकुटीमण्डपमा नेपथ्यको कन्सर्ट

काठमाडौँको भृकुटीमण्डपमा नेपथ्यको कन्सर्ट

वि.सं.२०७९ पुस १७ आइतवार १०:२५

काठमाडौं । मानव सेवा आश्रमको सहयोगका लागि सञ्चालित सांगीतिक...

रिपब्लिक कन्टिनेन्ट इन्टरनेशनल २०२२ काे  उपाधि नेपालकाे पोल्टामा

रिपब्लिक कन्टिनेन्ट इन्टरनेशनल २०२२ काे उपाधि नेपालकाे पोल्टामा

वि.सं.२०७९ पुस ८ शुक्रवार ०८:०४

काठमाडौँ । तीन जना नेपाली बालबालिका शैब्या घिमिरे, रिदम...