back

कुकुरको अशान्ति

2.2K
shares
sivam siment- long add
हरि कुमार श्रेष्ठ
खाँदबारी (हाल अमेरिका )

बल्ल बल्ल आफ्नो घर पुगेको रात नै
रातभरी भुसिया कुकुर भुकेर सुत्न नदिएको त्यो रात
कुकुरलाई के थाहा ?
होइन बिदेशमा कुकुरलाई
ओछ्यानमा सुताउँछ रे
अनुशासनमा बसाउँछ रे
लडीबुडी घरका मानिससँग खेल्छ रे
छिमेकी आउँदा भुक्नुको कुरै छाडौ सुम सुमाउँछ रे


कुकुर पनि कति ज्ञानी घर मालिकसँग घुम्न जाने
केटा केटीसँग रमाउने
भुक्ने तर छिमेकीलाई अवरोध नगराउने
कस्तो बुध्दिवान कुकुर
कुकुर पाल्ने रहर कसलाई हुदैन
मेरो मितले भेडा गोठमा रहने
सानो कुकुरको छाउरो
ल मित ज्यू भनेर ल्याई दिनु भयो
सानो बच्चालाई घरमा पाले हुर्काए


नाम पनि टाइगर राखी दिए
ठुलो बनाए अनुशासन सिकाए
अफिस जादा मेरो पछि पछि जाने
गुन्दुक भात खाने मासु नखाने
सार्वजनिक कार्यक्रम हुदाँ मञ्चमा
मेरो छेउमा बस्ने
भष्ट्राचारको गस्तीमा हिड्ने, घुस माग्ने
जाड रक्सी पिएर भाषण दिने
चोसोमोसो गरि हिड्नेलाई देखादेख नगर्ने
छेउमा गएर झम्टि हाल्ने मेरो टाइगर


गाउँमा बहुला कुकुर भित्रिए छ
पालुवा कुकुरलाई सुरक्षाको हल्ला भएछ
आफ्नो कुकुर जोगाए
छिमेकीको कुकुरले झुक्किएर बिष खाएछ
बिचारा टाइगरलाई माया लागेर चाट्न गएछ
बिष चाटेर होला लड्दै पढदै छटपटाइ घर आएछ
कसलाई के थाहा टाइगरले बिष खाएछ

छिमेकीले बिखुमा ल्याई दियो
खुवाई हेरे बचाउने आशामा
धर्तीबाट सदाको लागि बिदा भै दियो
घरमा कुकुर नहुँदा शुन्य छ
भतुवा कुकुरको झगडाले गाउँ घरमा कात्तिक लागेछ
कुकुरलाई थाहा छैन
कारण हाम्रो

गाउँ घर अशान्तिमा छ ।

ime pay- long

ime pay- long
काठमाडौं फोटोग्राफर संघको साधारण सभा सम्पन्न

काठमाडौं फोटोग्राफर संघको साधारण सभा सम्पन्न

वि.सं.२०८० असोज १ सोमवार १२:२३

काठमाडौं । काठमाडौं फोटोग्राफर संघको १५ औँ साधारण सभा एवम्...

भीमेश्वर नगरपालिकाको दायित्व र साँंस्कृतिक परम्पराको महत्व

भीमेश्वर नगरपालिकाको दायित्व र साँंस्कृतिक परम्पराको महत्व

वि.सं.२०८० साउन १४ आइतवार १२:५३

✍बिके पासा, दोलखा । भीमेश्वर नगरपालिकाको नामाकरण सबैको आस्थाका...

भीमेश्वर नगरपालिकाको बजेटमा कला संस्कृति खै ?

भीमेश्वर नगरपालिकाको बजेटमा कला संस्कृति खै ?

वि.सं.२०८० साउन ६ शनिवार २१:१३

✍बिके पासा । दोलखा जिल्लाको पालिका अन्तर्गतमा आर्थिक वर्ष...

यस्ता पनि जनप्रतिनिधि  हुँदा रहेछन्

यस्ता पनि जनप्रतिनिधि हुँदा रहेछन्

वि.सं.२०८० जेठ ३१ बुधवार २१:४६

✍बिके पासा । कुरा सुन्दा र पढ्दा कसैलाई सामान्य...

भीमेश्वर नगरपालिका वडा नं. २ दोलखामा प्रयाप्त बजेट बिनियोजन

भीमेश्वर नगरपालिका वडा नं. २ दोलखामा प्रयाप्त बजेट बिनियोजन

वि.सं.२०८० जेठ २६ शुक्रवार २१:५९

बालकृष्ण श्रेष्ठ, दोलखा । भीमेश्वर नगरपालिका वडा नं. २...

इन्जा डे को अवसर पारेर फरक विधामा पत्रकारिता पुरस्कार प्रदान

इन्जा डे को अवसर पारेर फरक विधामा पत्रकारिता पुरस्कार प्रदान

वि.सं.२०७९ फागुन १८ बिहीवार ०८:२३

काठमाडौँ । इन्जा डे को अवसर पारेर बिभिन्न विधामा...