back

कांग्रेसमा मन्त्री बन्न दौडधुप, थोरै मन्त्रालय धेरै आकांक्षी

1.43K
shares
sivam siment- long add

काठमाडौं । पाँच वर्ष प्रतिपक्षमा बस्ने मानसिकतासहित प्रतिनिधिसभामा प्रवेश गरेको नेपाली कांग्रेस चार वर्ष नपुग्दै सरकारको नेतृत्वमा पुग्यो । संसदको अंकगणितमा एक चौथाइ पनि मत नपाएको कांग्रेसलाई साबिकको नेकपा हुँदै हालको नेकपा एमालेको अन्तरकलहले सत्तामा पर्‍याएको छ ।

सर्वाेच्च अदालतको २८ असारको फैसलाअनुसार संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीका लागि १४९ सांसदको हस्ताक्षर जुटाएका कांग्रेस सभापति शेरबहादुर देउवा २९ साउनमा प्रधानमन्त्री नियुक्त भए । ३ साउनमा विश्वासको मतसमेत लिइसकका उनको मन्त्रिपरिषद् भने ५ सदस्यीय मात्र छ ।

कांग्रेससहित, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा र नेकपा (एमाले)का २२ सांसदसहित १६५ सांसदको समर्थन पाएका देउवालाई मन्त्रिपरिषद् विस्तार भने कम चुनौतीपूर्ण छैन ।

मन्त्रिपरिषद् विस्तारका लागि उनले गठबन्धनमा आवद्ध दलका नेताहरुसँग छलफल थालेका छन् । मंगलबार मात्र उनी र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच दुई पटक भेटवार्ता भएको छ । विहान बालुवाटार पुगेका प्रचण्डलाई भेट्न प्रधानमन्त्री देउवा अपरान्ह खुमलटार पुगे । यस्तै फ्लोर क्रस गरेर देउवालाई मत दिएका एमाले वरिष्ठ नेता माधव नेपालसँग मंगलबार नै प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवले भेटेका थिए ।

संस्थापन समूहबाट पुष्पा भुसाल, डा. डिला संग्रौला, भरतकुमार शाह, नारायण खड्का, बहादुरसिंह लामा, विनोद चौधरी, मानबहादुर विश्वकर्मा र तारादेवी भट्टको नाम चर्चामा छ ।
कांग्रेसभित्रै धेरै आकांक्षी ?

नेताहरुका अनुसार अहिलेसम्म गठबन्धनमा आवद्ध दलहरुबीच मन्त्रालय भागवण्डा टुंगिएको छैन । संविधानअनुसार मन्त्रिपरिषद् बढीमा २५ सदस्यीय बनाउन पाइन्छ ।

हाल गृहमन्त्रीमा बालकृष्ण खाँण, कानूनमा ज्ञानेन्द्रबहादुर कार्की, अर्थमन्त्रीमा जनादर्न शर्मा र उर्जामा पम्फा भुसाल नियुक्त भइसकेका छन् । बाँकी मन्त्रालय भागवण्डामा प्रधानमन्त्री देउवाले माओवादी, जसपाका साथै आफ्नै पार्टीको तीन वटा समूहलाई चित्त बुझाउनुपर्ने हुन्छ ।

कांग्रेसमा तीन समूह अस्तित्वमा छन् । देउवा आफैंले नेतृत्व गरेको संस्थापन समूह छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलााको अर्को समूह छ । नेताहरुका अनुसार मन्त्रालय भागवण्डा गर्दा कांग्रेसको भागमा बढीमा आठ वटा मन्त्रालय आउने सम्भावना छ । तर आंकाक्षी भने धेरै छन् ।

देउवानिकट एक नेताका अनुसार पौडेल समूहले उपप्रधानमन्त्रीसहित चार वटा मन्त्रालय मागेको छ । ‘पार्टीभित्रको सन्तुलन कायम गर्न पनि हामीले उपप्रधानमन्त्री पाउनुपर्छ भन्ने साथीहरुको भनाइ छ,’ नेता अर्जुननरसिंह केसी भन्छन् ।

उपप्रधानमन्त्री पाएमा यो समूहबाट प्रकाशमान सिंह मन्त्री बन्ने सम्भावना छ । आसन्न महाधिवेशनमा सभापतिका आकांक्षीसमेत रहेका पूर्वमहामन्त्री सिंहले भने सरकारमा जानेबारे मुख खोलेका छैनन् ।

यस्तै उपप्रधानमन्त्री भइसकेकी सुजाता कोइरालाले सरकारमा जाने इच्छा राखेकी छन् । सिंह सरकारमा नगए उपप्रधानमन्त्रीमा कोइरालाको दाबी बलियो हुने पौडेल समूहका नेताहरु बताउँछन् । पौडेल समूहबाट डा. मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, सञ्जय गौतम, तेजुलाल चौधरी, प्रमोदकुमार यादव, राजेन्द्र केसी, प्रमिला राई, प्रकाश रसाइली ‘स्नेही’को नाम चर्चामा छ ।

यस्तै पूर्वमहामन्त्री सिटौला समूहले एउटा मन्त्री पाउने सम्भावना छ, जसमा उमाकान्त चौधरीको नाम पनि चर्चामा छ । यद्यपि यसअघि ९ महिना स्वास्थ्यमन्त्री हुँदा राम्रो काम गरेको तथा कोरोना नियन्त्रण र रोकथामका लागि संसदभित्र र बाहिर रचनात्मक भूमिका खेलेका गगन थापालाई पनि मन्त्री बनाउनुपर्ने मत बलियो छ । संस्थापन समूहकै कतिपय नेताले पार्टी सभापति समेत रहेका प्रधानमन्त्री देउवालाई थापालाई स्वास्थ्यमन्त्री बनाउन सुझाएका थिए ।

संस्थापन समूहबाट पुष्पा भुसाल, डा. डिला संग्रौला, भरतकुमार शाह, नारायण खड्का, बहादुरसिंह लामा, विनोद चौधरी, मानबहादुर विश्वकर्मा र तारादेवी भट्टको नाम चर्चामा छ । उपसभामुख पद रिक्त भएकाले मन्त्रीका लागि आकांक्षी महिला सांसदलाई देउवाले यसमा व्यवस्थापन गर्ने विकल्प पनि छ ।

ime pay- long

ime pay- long
द्रुत बसको सेवा अनलाइनमार्फत लिन सकिने

द्रुत बसको सेवा अनलाइनमार्फत लिन सकिने

वि.सं.२०८० पुस ४ बुधवार ०८:२६

काठमाडौं। काठमाडौँको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म सुरु भएको द्रुत बस सेवाको...

काठमाडौं फोटोग्राफर संघको साधारण सभा सम्पन्न

काठमाडौं फोटोग्राफर संघको साधारण सभा सम्पन्न

वि.सं.२०८० असोज १ सोमवार १२:२३

काठमाडौं । काठमाडौं फोटोग्राफर संघको १५ औँ साधारण सभा एवम्...

रास्वपा भीमेश्वर नगरपालिका वडा नम्बर ७ काठमाडौ उपत्यका सम्पर्क विभागका गठन

रास्वपा भीमेश्वर नगरपालिका वडा नम्बर ७ काठमाडौ उपत्यका सम्पर्क विभागका गठन

वि.सं.२०८० साउन २१ आइतवार १०:५३

काठमाडौँ । रास्वपा भीमेश्वर नगरपालिका वडा नम्बर ७ काठमाडौ...

रास्वपा भीमेश्वर नगरपालिका वडा नम्बर २ काठमाडौ उपत्यका सम्पर्क विभागका गठन

रास्वपा भीमेश्वर नगरपालिका वडा नम्बर २ काठमाडौ उपत्यका सम्पर्क विभागका गठन

वि.सं.२०८० साउन २० शनिवार २१:०३

काठमाडौँ। रास्वपा भीमेश्वर नगरपालिका वडा नम्बर २ काठमाडौ उपत्यका...

बृहत नगर भेला भब्य रुपमा सम्पन्न

बृहत नगर भेला भब्य रुपमा सम्पन्न

वि.सं.२०८० साउन २० शनिवार २०:५१

काठमाडौँ । रास्ट्रिय स्वतन्त्र पार्टी भीमेश्वर नगरपालिका-काठमाडौँ उपत्यका विभागको...

रास्वपा भीमेश्वर-काठमाडौँ बृहत नगर भेलाको तयारी पुरा

रास्वपा भीमेश्वर-काठमाडौँ बृहत नगर भेलाको तयारी पुरा

वि.सं.२०८० साउन १८ बिहीवार २१:५७

काठमाडौँ। रास्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौँ उपत्यकामा बसोबास गर्नु हुने...