यस्ता पनि जनप्रतिनिधि हुँदा रहेछन्
shares

✍बिके पासा । कुरा सुन्दा र पढ्दा कसैलाई सामान्य लाग्ला कसैलाई झिनामसिना लाग्ला, कसैलाई यो पत्रकारले काम पाएन अनि तात्तो न छारोका खबर लेख्यो भन्ने भान पनि होला । तर कुरा यथार्थ हो । जुन कुरा यहाँ व्यक्त गर्न खोजिएको छु , जेठ २९ को हो ।

कपन स्थित बाल उद्वार मा.वि.मा नीलकण्ठ नगरपालिका वडा नं. १० आफैँले आयोजना गरेको कार्यक्रम विद्यालय स्तरीय बाल वक्तृत्व र निबन्ध प्रतियोगिता थियो । जुन कार्यक्रमलाई बाल सचेतना केन्द्रले संयोजन गरेको थियो । कार्यक्रममा आमन्त्रित सदस्य म पनि थिएँ । कार्यक्रम ११ः३० मा सुरु हुने तालिका भएपनि सभापति र प्रमुख अतिथि नै आउन ढिलाइ हुने खबर प्राप्त भएपछि संयोजन समूहले अनौपचारिक रूपमा प्रतियोगिता थाल्ने कुरा भएपछि वक्तृत्वकला सुरु गर्न उद्घोष गरेकी थिइन् एलिसा खत्रीले ।
आफूले सोचेको कार्यक्रमहरू सफल हुँदै गएकोमा बाल सचेतना केन्द्रका अध्यक्ष तथा सोही कार्यक्रमका संयोजक बाबुराम फुयाल दंग हुँदै यताउता गर्दै प्रबन्ध मिलाउनमा व्यस्त थिए । वक्तृत्वकला प्रतियोगितामा भाग लिने प्रतियोगीहरूको संख्या कमै भएकाले छिट्टै सकियो । अनि मूल्यांकनका लागि समय एक घण्टा जति लाग्ने भएको र प्रमुख अतिथि र सभापति पनि आइपुग्न अभैm बेर लाग्ने भएकोले समयको सदुपयोग गर्न उद्घोषिका एलिसाले उपस्थित वर्गमा मनोरञ्जन होस् भनेर गीत, नृत्य र कविता प्रस्तुत गर्न लगाइन् । जसमा मैले पनि कविता वाचन गरेँ । एकजना शिक्षिकाले गीत गाइन् अर्काले नृत्य प्रस्तुत गरिन् । तैपनि अतिथि नआएकोले खाजा खान दिए। त्यतिबेलासम्म निबन्ध र वक्तृत्व प्रतियोगिताको परिणाम सम्पन्न भै सकेको थियो । तर अतिथि आएनन् ।
करिब साँढे तीन बजेतिर सोही वडाका अध्यक्ष नवराज भट्टराई आए । हेर्दा निकै आकर्षक र सभ्य व्यक्तित्व झल्किने वडाध्यक्षले कार्यक्रम सञ्चालकहरूसँग कानेखुसी गरे । केही बेरपछि प्रमुख अतिथि राष्ट्रिय दलित आयोगका सदस्य तथा प्रवक्ता सुन्दर पुर्कुटी आए । यसपछि औपचारिक कार्यक्रम सुरु भयो । उद्घोषिका एलिसा खत्री निकै उत्साहित हुँदै रोमाञ्चक शब्दले सभापति वडाध्यक्ष भट्टराई र प्रमुख अतिथि लगायत उल्लेखित सबैलाई आसन ग्रहण गराउँदै थिइन् । यसै बीचमा सभापति कहलाइएको बु.नी.नपा वडा नं. १० का नवराज भट्टराईले उठेर उद्घोषिकाको हातबाट कपि नै थुतेर अलिक कडै शब्दमा “के गरेको यो ? साराका सारालाई आसन ग्रहण गर्न किन पर्यो ?” भन्दै कार्यक्रम छोट्याउन दबाब दिए । एकाएक उद्घोषिका एलिसाको अनुहारमा कालो बादल मडारिन थाल्यो, संयोजक बाबुराम फुयाल लगायत सबै सञ्चालक समूह नै हतप्रभ हुन थाले ।
जसोतसो कार्यक्रम अगाडि बढ्दै थियो । मन्तव्य भए, पुरस्कार वितरण भयो अनि अन्तिममा मायाको चिनो प्रदान गर्ने कार्यक्रम थियो, आफ्नो वडा कार्यपालिकासम्मलाई मायाको चिनो दिइरहँदा सभापति भट्टराई मौन थिए जब आमन्त्रित पाहुनालाई दिन लाग्दा फेरि सञ्चालकलाई समयको कारण देखाएर मायाको चिनो नै प्रदान गर्न रोकेर कार्यक्रम समापन गर्नतिर लाग्यो र १० मीनेट लामो भाषण छाँटेर आपूmले सो वडाको लागि हरदम खटिरहेको बयान गर्न थाले । यता सञ्चालकहरूको अनुहारमा अँध्यारो छायाले ढाकिएको देखिन्थ्यो ।
यहाँ प्रस्तुत गर्न खोजिएको कुरा के भने यदि आफूलाई समय अभाव छ भने किन आमन्त्रण स्वीकार गर्ने ? वडा अध्यक्ष महोदयले अरूलाई पठाउँदा पनि त हुन्थ्यो ।
कुनैपनि कार्यक्रमको आफ्नै नियम र तालिका हुन्छ, मर्यादा हुन्छ, अनुशासन हुन्छ भन्ने कुरा किन बुझेनन् ती जनप्रतिनिधिले ? जन प्रतिनिधिले कुनै पनि कार्यक्रमका सञ्चालक र संयोजक समक्ष आफ्नो स्वार्थको लागि अवहेलना गर्नु नैतिकताको सिमा नाघ्नु होइन र ?
वि.सं.२०८० जेठ ३१ बुधवार २१:४६