back

भीमेश्वर नगरपालिकाको दायित्व र साँंस्कृतिक परम्पराको महत्व

2.38K
shares
sivam siment- long add

बिके पासा, दोलखा । भीमेश्वर नगरपालिकाको नामाकरण सबैको आस्थाका प्रतिमूर्ति भीमेश्वर भगवानको नामबाट राखिएको छ । यो गौरवको कुरा हो। ताकि सबैको मनमा भीमेश्वर प्रति आस्था रहेछ र प्रतिष्ठाको लागि सबैले मनन गरे । भीमेश्वर नगरपालिका भित्र रहेका ९ वटा वडामा हरेक किसिमका जातजाति रहेका छन् । हरेकसँग आ–आफ्नै जातीय धर्म र संस्कृति हुन्छ, रीतिरिवाज हुन्छ। त्यसैलाई परम्पराको रूपमा मनाउदै आएका हुन्छन् ।

जातीय पहिचानको रूपमा सबैको आ–आफ्नै खालको भेशभूषा हुन्छ । त्यही भेशभूषा र गरगहनाले नै यो मान्छे यो जातको हो भनेर विना सोधपुछ नै परिभाषित हुन्छ । दोलखा जिल्लाभरीकै कुरा गर्नुपर्दा यहाँ नेपालको राष्ट्रिय गानमा उल्लेख गरेको तर्क जस्तै सयौँ जातीय थुँगा फूलको माला उनेर एउटै दोलखाली माला बनेर आफ्नो ठाउँको पहिचान दिलाएकाछौँ ।

हामीलाई गौरीशंकरले समयको महत्व बुझाएर जागरुक बनाएको छ, तामाकोसीले अथक परिश्रमको चेतना दिलाएको छ । दोल्ती, चरंगे र मरिङ्ग खोलाले आवश्यक्ता अनुसार समय हेरेर गर्जन पनि जान्नु पर्छ भन्ने पाठ सिकाएको छ । आँट्न सक्नपर्छ जहाँबाट पनि हामफाल्न सकिन्छ तर स्थानको बनोट र परिस्थिति हेरेर भन्दै भोर्लैको छाँगा अनवरत झरझर झरिरहेको छ । च्छो–रोल्पाले जतिसुकै कष्टमय भार बोक्नै परेपनि शान्त र निश्चल बन्न उत्प्रेरित बनाएको छ । बिगुका गुम्बा, दोलखाका बौद्ध चैत्य, स्तुपाले जतिसुकै विकट अनकण्टार स्थल भएपनि हरेक कुना कन्दरामा असल नीति र भावनातमक ज्ञान बाँड्ने प्रेरणा जगाएको छ । पश्चिम दक्षिणमा रहेको शैलुङका थुम्का र चिसा हिउँका ढिकाहरूले मानिसले आँटेर नै चन्द्रमामा पाइलो टेकेका हुन्, त्यहाँ किन पाइला हाल्न वैज्ञानिकहरूले प्रयास गरे त्यसको मूल अर्थ बुझ्न अरबौँ खर्चेर ज्यानको बाजी लगाउँदै पुगेर छाडे । यस्तै दोलखाको शैलुङमा रहेका सयवटा लुङहरू (थुम्का) त्यही ठाउँमा पूर्खाहरूले किन बनाए ?

यसको रहस्य भावी पुस्ताले बुझ्न सकुन् भनेर सामान्य प्रचार गर्दा पनि त्यसबेला मान्छेहरूले त्यत्ति वास्ता नगरेको अवस्थामा प्रकृतिले म पनि हिमालको एक अंश हुँ भनेर बेलाबेलामा हिउँको पहाड बनेर निमन्त्रणा दिएको सबैलाई थाहा भएकै कुरा हो । त्यस्तै चरणावती तीर्थधाममा रहेका रामायणसँग सम्बद्ध रहेको सीताको चूल्हो, सुनखानीमा रहेको महाँकाल देवीको आश्रयस्थलले पनि त भक्तजन र पर्यटकको आगमनको प्रतीक्षा गरिहेका होलान् ।

भीमेश्वर नगर भित्र नगरपालिकाको दायित्व

प्राचीन्, धार्मिक एवम् ऐतिहासिक शहर दोलखाको व्याख्यामा भीमेश्वर मन्दिर र कालिन्चोकको वर्णन गरेर यहाँ खाली ठाउँ भर्न त्यत्ति आवश्यक पर्ला जस्तो लाग्दैन । किनकी ती दुवै देवदेवीको नाम मात्र होइन, महत्व, महिमा, गरिमा र चमत्कारी दिव्य स्वरूपबारे नजान्ने र नबुझ्ने नेपाली मानवहरू सायदै विरलै होलान् । तर पनि साक्षात भीमेश्वर र कालिन्चोक भगवतीको दर्शन गर्न जानुहुने श्रद्धालु भक्तजन र आदरणीय दर्शनार्थीहरूले यत्ति कुरा चाहिँ मनमा लिन अत्यन्तै जरुरी छ कि दोलखा पुगेर दोलखा शहरको पश्चिमपट्टि रहेका गणेश भगवानको मन्दिरमा दर्शन गरेर राइती (राजहिटी)को निर्मल जल लगेर भीमसेन (भीमेश्वर)को अलौकिक मूर्तिमा जलाभिषेक गरेमा सोचे भन्दा अधिक मनमा शान्ति र फल प्राप्त हुनेमा निश्चिन्त भए हुन्छ । भीमेश्वर मन्दिरको दर्शन पश्चात् त्रिपुरासुन्दरी माता र बालकुमारीलाई पनि दर्शन गरे पश्चात् मात्र कालिन्चोक भगवतीको शरणमा गएर दर्शन गरेमा धनधान्य र पूण्य प्राप्त हुने कुरालाई मनन गर्न जरुरी छ ।

भीमसेनकै शक्ति वरदानकै कारणले नै कालिन्चोक भगवतीको अठोट साहस र असुरहरूलाई नष्ट गर्नसक्ने युद्ध गर्न सक्ने क्षमताकै कारणले भीमसेनले हरेक श्रावण शुक्ल चतुर्दशीका दिन कालिन्चोक भगवतीलाई निमनत्रणा सहित युद्धका लागि आव्हान गर्न दोलखा शहरको दुवै टोल (माथिल्लो र तल्लो)बाट डापाखलक जाने परम्परा सर्व विदितै छ । यसका लागि भीमेश्वर नगरपालिकाले उचित तालिका सहित दोलखामा दर्शनका लागि यात्रामार्गको व्यवस्थापन गर्न आवश्यक छ ।

विकास निर्माणको हिसाबले भीमेश्वर नगरपालिकाले विगतका स्थानीय जनप्रतिनिधिदेखि वर्तमानसम्मकालाई हेर्दा अतुलनीय विकास भएको र भइरहेको कार्यलाई अस्वभाविक ठान्न मिल्दैन । भलै नगरपालिका भित्र स्वआर्जनका आर्थिकस्रोत सोचे जस्तो नहोला तर प्रदेश र केन्द्रले तोकेर पठाएको बजेटलाई केही कटौती गरे भएपनि रीतिरिवाज र साँस्कृतिक पर्व जात्रा जोगाउन र निरन्तरता दिनका लागि भीमेश्वर नगरपालिकाले भीमेश्वर नगरपालिका वडा नं. २ लाई नै लक्षित गरेर जिल्लाव्यापी सास्कृतिक कार्यक्रमलाई प्रतियोगात्मक रूपमा आवहान गरिएमा दोलखाबाट विलीन हनुलागेका जात्रा पर्वमा जागरण पैदा हुने थियो कि ?

दोलखा जिल्ला भरीकै अन्तरजातीय समुदायका समूहलाई भेला गरेर कुनैपनि जातित्वलाइै ठेस नपुग्ने गरी, झ्याउरे नृत्य, लोकभाका, थामी जातिका मारुनी नृत्य, तामाङ् सेलो, शेर्पा डेलेक नृत्य, गुरुङको हिले नृत्य जस्ता अनेकौँ साँस्कृतिक नृत्यलाई खुल्ला प्रतिस्पर्धा गरेमा दोलखाको पौराणिक जात्रामा टेवा पुग्ने थियो । यस्तो प्रतियोगिताका लागि प्रत्यक्ष निर्णायक मण्डल राखेर होइन कि अप्रत्यक्ष राख्दा अझ उत्तम हुनेछ ।

यस्तो कार्यक्रम आयोजना साँस्कृतिक नगर दोलखामै गर्न जरुरी छ । किनकि दोलखामा विगतका रामनवमी, बाला चतुर्दशी, भीम एकादशी, इन्द्रजात्रा, मच्छिन्द्रनाथ जात्रामा कस्तो माहोल थियो यी कुराहरूबाट वर्तमान जन प्रतिनिधिहरू नै प्रत्यक्षदर्शी हुनुहुन्छ । दोलखाको अतीतका जात्रामा रमेका रमाएका दोलखा जिल्लावासीहरूलाई नै समन्वयमा ल्याएर परम्पराको लागि एक मत जुटाउन सके अझ उत्तम हुनेछ ।

कुनै पनि नौलो ठाउँमा विविध विकास र बस्तीको परिवर्तन भएर जनसंख्या बढ्यो भन्दैमा पौराणिक स्थलको जात्रापर्वलाई नै स्थानान्तरण गरेर अन्यत्र फैलाउन खोज्नु पूर्खाको नासोलाई गलहत्याउनु जस्तै हुनेछ । यो कार्यमा भीमेश्वर नगरपालिकाले गौण रूपमा सोच्न जरुरी छ । हिजो हामी के थियौँ, कुन पर्व जात्राले आफ्नो ठाउँको अस्तित्वलाई महत्व दिएको छ, विगतमा दोलखामा के थियो ? दोलखालीले आफ्नो ठाउँ र नगरलाई विकसित बनाउन के कस्तो योगदान दिएको छ ? ती कुराहरूको चिन्तन गर्ने दायित्व सम्पूर्ण दोलखा जिल्लावासीकै हो । त्यसकारण भीनपाले यस्तो खालको कार्यक्रमका लागि आजैबाट पहल गरिनुपर्छ । सञ्चार माध्यमका साथीहरू पनि दोलखाको ऐतिहासिक गरिमालाई मनन गरेर हामी दोलखाली हौँ र हाम्रो पनि दोलखालाई सभ्य, संस्कृतिमय र परम्परामय बनाउने दायित्व छ भन्ने हिसाबले कलमको गतिलाई अगाडी बढाऔँ । जय दोलखा। जय भीमेश्वर।

ime pay- long

ime pay- long
भीमेश्वर नगरपालिकाको बजेटमा कला संस्कृति खै ?

भीमेश्वर नगरपालिकाको बजेटमा कला संस्कृति खै ?

वि.सं.२०८० साउन ६ शनिवार २१:१३

✍बिके पासा । दोलखा जिल्लाको पालिका अन्तर्गतमा आर्थिक वर्ष...

यस्ता पनि जनप्रतिनिधि  हुँदा रहेछन्

यस्ता पनि जनप्रतिनिधि हुँदा रहेछन्

वि.सं.२०८० जेठ ३१ बुधवार २१:४६

✍बिके पासा । कुरा सुन्दा र पढ्दा कसैलाई सामान्य...

प्रधानमन्त्रीलाई गगन थापाले दिए मननयोग्य सुझाव

प्रधानमन्त्रीलाई गगन थापाले दिए मननयोग्य सुझाव

वि.सं.२०७८ साउन ४ सोमवार ११:०३

काठमाडौँ । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्रीको सरकारी...

लकडाउन खुकुलो भएसंगै कोरोना संक्रमण रोकथामका  लागि थप सतर्क र सजग हुनु जरुरी देखिन्छ

लकडाउन खुकुलो भएसंगै कोरोना संक्रमण रोकथामका लागि थप सतर्क र सजग हुनु जरुरी देखिन्छ

वि.सं.२०७८ जेठ २५ मंगलवार १६:४२

अशोककुमार श्रेष्ठ काठमाडौँ । कोरोना भाइरस कोबिड -१९ ले...

सम्झनामा पशुपति चौलागाईं : एक असल मान्छे

सम्झनामा पशुपति चौलागाईं : एक असल मान्छे

वि.सं.२०७८ जेठ ९ आइतवार २०:५४

✍ रवीन्द्र श्रेष्ठ, हाल क्यानडा । दोलखाका लोकप्रिय नेता...

शरिर बिदेशमा भए पनि मन त नेपालमै रहन्छ । नेपालको माया धेरै लाग्छ— सुसि किङ रामकाजी गोसाइ

शरिर बिदेशमा भए पनि मन त नेपालमै रहन्छ । नेपालको माया धेरै लाग्छ— सुसि किङ रामकाजी गोसाइ

वि.सं.२०७८ वैशाख २९ बुधवार २०:३२

काठमाडौँ । बिगत १९ वर्षदेखि जर्मनीमा आफ्नो ब्यबसाय संचालन...