back

टेण्डर प्रक्रिया पुरा भएपछि मुद्रा तथा सांस्कृतिक संग्रहालय निर्माण कार्य शुरु हुन्छ : नगरप्रमुख भरत केसी

2.69K
shares
sivam siment- long add

दोलखा । भीमेश्वर नगरपालिका दोलखाको मात्रै नभएर देशकै ऐतिहासिक पौराणिक थलो हो । तर यसको सम्पदा संरक्षण प्रचार प्रसारको अभावमा ओझेलमा पर्दै गएको छ । नेपालमै पहिलो पटक मुद्रा निष्काशन गर्ने इन्द्रसिंहदेवको योगदानको कदर गर्दै दोलखामा मुद्रा तथा सांस्कृतिक संग्रहालय बनाउने तयारी हुदैछ । यो सग्रहालय तथा अन्य सम्पदा संरक्षणमा नगरपालिका तथा स्थानीय सरकारले गरिरहेको कामहरु वारे भीमेश्वर नगरपालिका .. प्रमुख भरत केसीसंग हामीले कुराकानी गरेका छौं । प्रस्तुत छ प्रमुख केशीसंग गरिएको कुराकानी ……..।

 

दोलखामा मुद्रा तथा सांस्कृतिक संग्रहालय बनाउने तयारी हुदैछ । यसको योजना कसरी बन्यो ?
दोलखा बजार ऐतिहासिक पौराणिक थलो हो । हामी भीमेश्वर नगरपालिकामा निर्वाचित भएर आए देखि नै दोलखाको कला संस्कृतिलाई जगेर्ना गर्नु पर्छ भनेर लागि परेकाछौँ । दोलखालाई चिनाउनका लागि नेपालमै पहिलो पटक मुद्रा निष्काशन गर्ने इन्द्रसिंहदेवको योगदानको कदर गर्दे दोलखामा मुद्रा तथा सांस्कृतिक संग्रहालय बनाउने योजना लिएर दोलखाकै समाजसेवी आत्माकृष्ण श्रेष्ठ नगरपालिका आउनु भएको थियो । शुरुमा मैल नैे यो कुरालाई अगाडि बढाउन पहल गरेको हुँ । शुरुमा श्रेष्ठजी कै आफन्तको जग्गामा राख्ने तयारी थियो पछि जग्गा नमिले पछि अहिलेको टक्सारघरलाई नै संग्रहालय बनाउने गरि नगरले २० लाखमा किन्ने निर्णय भयो , तर नमिले पछि हामी यतिकै अलमलिरहेको थियौ । पछि दोलखाबाट बाहिर लाने कुरा पनि भएन किनभने मुद्रा दोलखाबाटै निष्काशित भएकाले पनि हामीले दोलखाकै राजकुल पछाडीको जग्गामा मुद्रा तथा सांस्कृतिक संग्रहालय बनाउने निर्णय गरयौ । राजकुलेश्वर गुठीको जग्गामा पुजारी आनन्दमान प्रधान र खाँडोका तर्फबाट याकरगण यज्ञकुमार प्रधानले लिखित रुपमै जग्गा दिने भएपछि त्यहि जग्गामा संग्रहालय बनाउने निर्णय योजनाले मुर्तरुप लियो । यसका लागि प्रदेशले ५० लाख विनियोजन गरिसकेको छ । यो आर्थिक बर्षका टेण्डर प्रक्रिया पुरा भएपछि निर्माण कार्य शुरु हुन्छ ।

 

मुद्रा तथा सांस्कृतिक संग्रहालय भित्र के कस्ता सामग्री बस्तुहरु राखिने छ ?
संग्रहालयमा ईन्द्रसिह देवले नै बनाएको पुरानो सिक्का पाए सम्म राख्ने सोच छ । यस्तै बिभिन्न देशका मुद्राहरु पनि संकलन गर्ने साथै दोलखाका बिभिन्न जातजातिको अस्तित्व झल्कने साम्रागीहरु पनि संग्राहलयमा राखिनेछ । नगरलाई सम्पदाबस्ती रुपमा विकाश गरि जातजातिको कलासंस्कृति झल्किने गरि नगर गौरवको नगर वनाउने आयोजनाको रुपमा अगाडि बढाउने परिकल्पना गरेका छौँ ।

मुद्रा तथा सांस्कृतिक संग्रहालय संचालन र व्यस्थापनको को जिम्मा कस्ले लिन्छ ?
संचालनको जिम्मा नगरपालिका मार्फत नै हुन्छ । यो सरकारी सम्पत्ति नै भएकाले नगरपालिका र सरकारको नै समन्वयनमा संचालन हुन्छ । सार्वजनिक सम्पत्ति पनि हो तर हामीले आर्थिक समृद्धिसंग जोडेर पनि हेरेका छौँ । प्रवेश टिकट सहित टि—कफि क्याफे, पशल स्टल संचालन गर्ने सम्मका काममा स्थानीयलाई नै प्रोत्साहन गर्नेछौँ । स्थानीयले पनि संग्रहालयवाट केही फाइदा लिन सके उनीहरुमा पनि अपनत्व वढ्छ । केहि आयआर्जन हुन्छ । अवलोकन गर्नेहरुले पनि त्यहि स्थानीय स्तरमै उत्पादन भएका सामग्री खरिद गर्न सक्छन ।यसले रोजगारीको अवसर पनि वढ्छ ।

जवसम्म दोलखाको ईतिहास खोतल्दैन तवसम्म नेपालको ईतिहास पुरा हुदैन भन्ने ईतिहास शिरोमणि बाबुराम आचार्यको भनाईलाई यस संग्रहालयले कतिको सम्वोधन गर्छ ?
हाम्रो मुख्य उदेश्य भन्नु नै दोलखाको पुराना कुराहरुलाई संग्रहित गरेर संग्रहालयमा राखिने हो । बिशेष गरि दोलखामा पुराना ईतिहासलाई खोतल्ने हो साथै पुराना जात्रा पर्वहरुलाई समेटर जीवन्त दिने हो । जात्रा पर्वमा देखाईने बस्तुहरुलाई पनि प्रर्दशनमा राखिने छ र जात्रा पर्वमा देखाईने बेलामा ती सामाग्रीहरु प्रयोगमा ल्याइन्छ ।

दोलाखाका नेवार समुदायका सस्कृति र सम्पदालाइ मात्रे यसले समेट्ने हो की थामी ,तामाङ, जिरेल लगायतका जातिको सम्पदाहरुलाई पनि संग्रहित गर्ने हो ?
दोलखामा बन्न लागेको संग्राहलय त मुलत मुद्रा संग्रालय नै हो । यो दोलखाको ईतिहाससँगै गासिएको कुरा हो । यसलाई निश्चित जातिको मात्र बनाउनुभन्दा सिङ्गो दोलखा कै बनाउनु पर्दछ । मुद्रासँगै दोलखाका जातजातिमा पाईने ऐतिहासिक पौराणिक कुराहरुलाई पनि संग्रालयमा राखेर प्रर्दशन गर्ने हाम्रो लक्ष्य रहेको छ । यसरी सबै जातजातीलाई समेटेर एउटै संग्रहालयमा राखिदा अवलोकनकर्ताले एकै स्थानमा सवै कुरा भेट्छ ।

पुराना काष्ठकला बास्तुकला संरक्षण गर्ने मात्रै की लोपोन्मुख जात्रा पर्वहरुलाई संचालनमा ल्याउन पहल पनि पहल गर्नुहुन्छ ?
परम्परागत लोपोन्मुख बस्तुहरुलाई प्रर्दशनमा राख्ने पनि हो र त्यसलाई कसरी प्रयोगमा ल्याउन सकिन्छ भनेर पनि त्यस बिषयमा पनि केन्द्रित हुने हो । जस्तै लोपोन्मुख कला तथा संस्कृतिलाई पनि जेष्ठजनबाट नयाँ पुस्तामा कसरी परिचालन गर्ने भनेर पनि सीप बिकास तिर लाग्ने कदमलाई पनि अगिकार गरि अगाडि बढ्ने छौ । संग्राहलयको मुख्य उदेश्य भन्नु नै कला तथा संस्कृतिलाई जगेर्ना गनुका साथै कुनै पनि कला तथा संस्कृतिलाई जीवन्त तुल्याउनु हो ।

आफ्नो कार्यकालमा दोलखामा संग्राहलय पछि अर्काे योजनाहरु के के राख्नु भएको छ ?
दोलखा ऐतिहासिक सम्पदा बस्ती भएकाले दोलखालाई सम्पदा बस्तीकै रुपमा बिकास गर्ने हाम्रो लक्ष्य स्वरुप दोलखामा संग्रहालयको योजना बनाएका हौँ । त्यसका अलवा दोलखामा भुकम्पबाट क्षति पुगेका घरहरु पनि सम्पदाकै मापदण्ड अनुसार बनाएमा नगर र परदेशले पनि सहयोग गर्ने नीति बनाएका छौँ । दोलखालाई पहिचान हुने गरि चम्पुजा पार्क , मञ्जुश्री हरियालीपार्क देखि भ्युटावर जोडने हाईकिङ रुड पनि बनाउने तयारीमा छौँ । दोलखा बजार भित्रै रहेको तामाकोशी तेस्रो जलजिद्युत योजना बनी सकेपछि त्यहाँ ठूलो मानवनिर्मित ताल हुने र त्यसले दोलखाको सौन्दर्यमा ठलो टेवा पुर्याउने छ । दोलखाको पर्यटनलाई जोड्ने गरि दोलखाकै गुम्डाडामा सोलार पार्कको परिकल्पना पनि गरेका छौँ । त्यसको सम्भावना भयो भने १० मेगावार्ट भन्दा माथिको सोलार पावर निकाल्ने छौँ । अरु कुरा गर्नु पर्दा दोलखाबजार भित्रका गणेश मन्दिर लगायत धेरै मन्दिरहरुको पुननिर्माण गर्दैछौ । भर्खरै मात्र भीमेश्वर मन्दिरको पाटीसत्तल पुननिर्माणका लागि टेण्डर भइसक्यो । खण्डरहर भैसकेको बन्दिपुरलाई जस्तै दोलखालाई पनि पर्यटकीय हव बनाउने हाम्रो लक्ष्य हो ।
दोलखाबजार बाहेक नगर भित्र अन्य क्षेत्रमा बिकास निमार्णका कामहरु के कति गतिमा अगाडि बढिरहेका छन् ?
दोलखा बजार बाहेक हामीले प्रत्येक वडाका बिकास निर्माणका काम गरेका छौँ । भीनपा १ थामी बस्तीमा राङराङथलीमा तीलक पोखरी निर्माण सम्पन्न गरेका छौँ जस्ले थामी जातिको छुट्टै ऐतिहासिक महत्व झल्काउँछ । नगर भित्र भ्यूटावर भनेको छ त्यससँगै ८५ फिट अग्लो बुद्ध पार्क सहितको बुद्ध मूर्ति बनेको छ । मञ्जुश्रीबाट सडकको माथिबाट पुल बनाएर इको टुरिजमको अवधारण बनाएर जादैछौँ । भिमेश्वर नगरपालिकमा २ लाई धार्मिक सांस्कृति पर्यटकीय गन्तव्यको रुपमा बिकास गरि लाने त्यसै गरि वडा न ३ र ६ मा भएको टुडिखेललाई रंगशालाको रुपमा बिकास गरि लाने छौँ । त्यसै गरि वडा न ४ मा टहलेश्वर र महाकाल मन्दिर निर्माण गरेका छौँ । त्यसै गरि वडा न ५ मा मयूर पार्क र भीनपा ९ मा फिल्मसिटिको लागि काम भइरहेको छ । सबै वडाको पहिचान गरि आवश्यक तवरले बिकास निमार्णका कामहरु भइ राखेकाछन् ।


भीमेश्वर नगर भित्र रिङरोड बनाउने तयारी कहाँ पुगेको छ ?
सम्पूर्ण बिस्तारित क्षेत्रहरुलाई मेटेर नगरपािलका भित्रको रिङरोडका लागि ट्रयाक खोल्ने काम भइरहेको छ । लाकुरीडाँडादेखि सुस्पा क्षमावतीलाई पनि समेटेर काम अगाडि बढि सकेको छ ।


दोलखा जिल्ला दिन प्रतिदिन शहरी करण तर्फ अगाडि बढि रहेको छ । यसका लागि दोलखा बजार भित्र रहेको खेतियोग्य बाझो जमिनका बारेमा केहि सोच्नु भएको छ ?
मैले नगरपालिकाका अलवा दोलखा बजारलाई पनि रिङरोडले घेरिने योजना साथ दोलखाका पुरानो बजार भन्दा केहि तलबाट ट्रयाक खोल्ने कामको थालनी भइसकेको छ । शहरी बिकास मन्त्रालयको अवधारण अनुसार स्थनाीय जनताको सहमति भयो भने प्लटीड गरेर नयाँ बस्ती बनाएर लाने सोचमा र्छाैँ त्यहाँबाट हिमाल पनि प्रष्ठ देखिन्छ र तामाकोशिको पनि राम्रै अवलोकन गर्न सकिने हुनाले दोलखाका नागरिकहरुसँग छलफल गरेर शहरी करण तर्फ अगाडि बढि बस्ति बसाल्ने कुरामा लागि परेका छौँ ।


दोलखाको चिनारी भनेर पनि चिनिने नारायणघाटको अवस्था अत्यन्त नाजुक छ , करण्डी चौर यतिकै खाली छ । यसवारे केहि योजना तथा पहल अगाडि सार्नु भएको छ ?
यसकालागि पहल भन्दा पनि काम नै अघि बढि सकेको अवस्था छ । नारायणदेउ बाटै दोलखा बजारमा खेती तथा सिचाईका लागि पानी लाने गरीराखेका छन् । अवको योजना अनुसार त्यहाँ वाटो पनि बनाउने र बाटोको भित्तामा पक्की नाला बनाउने योजना छ । गत बर्ष हामीले नारायण मन्दिरमा पाटी बनाइ सकेका छौँ ।
यस्तै करण्डीचौरका लागि योजना त बनाइ सकेको छैन तर त्यहाँ पानीको मुहान भएकाले घाट जाने बाटो पनि भएकाले पनि त्यसलाई व्यवस्थित गरि लानु पर्छ जस्तो लाग्छ ।


पहिला दोलखा काठमाडौँको असन ईन्द्रचोक जस्तै थियो त्यसलाई त्यहि अनुरुप बिकास गर्न सकिदैन ?
दोलखाली दाजुभाईहरुको साथ र सहयोग पाएको खण्डमा मैले चाहिँ दोलखा बजारको स्वयम्भूथान देखि भीमेश्वर मन्दिरसम्म यस्तो सरसफाई गर्ने कि स्वयम्भूथानबाट भीमेश्वर मन्दिर जादा जुत्ता नै लगाउनु नपर्न गरि ब्यवस्थित गर्ने गरि बनाउने योजना छ र अझै पनि म त्यसमै अडिक छु ।


दोलखाको भीमेश्वर गुठीलाई सिङगो नगरको स्वामित्व ग्रहण गरि व्यवस्थित गर्न नगरपालिका मार्फत केहि पहल गर्नु भएको छ ?
यस बिषयमा मैले पटक पटक भनेको पनि छु त्यो गुठी कानूनी दायरा भित्र छैन यसपालि त्यसलाई कानूनी दायरामा ल्याउन ऐन कानून निमार्ण थालनी गरेका गर्दैछौ । मैले पटक पटक भनी रहेको पनि छु, दोलखामा जात्रा पर्व संचालन गर्न हात फैलाउनु भन्दा भीमेश्वर गुठीले अभिभावकत्व ग्रहण गरी सबै जात्रा पर्व मनाउनु पर्छ भन्ने मेरो मान्यता हो । अवका दिनमा जात्रा पर्व संचालन गर्नका लागि चन्दा उठाउने परम्पराको अन्त्य गरि नगरपालिकाले सम्पूर्ण जात्रा पर्व संचालन गर्नका लागि रमक सहयोग गर्दै आएका छौँ । र कुनकुन जात्रा पर्व संचालन गर्न कति म्यानपवावर चाहिन्छ त्यसको खाका तयारी गरि त्यहि अनुरुप ज्याला दिएर नै जात्रा संचालन गर्ने पक्षाम म छु । गुठीबाट सहयोग आएन भनेर जात्रा पर्वै रोक्न नहुने कुरामा सधै जोड दिदै आइरहेको छु । र सम्पूर्ण कुराको नगरपालिकाले बेहोर्ने गरि अगाडि लानु पर्छ भन्ने तयारीमा छु ।

ime pay- long

ime pay- long
भीमेश्वर नगरपालिकाको दायित्व र साँंस्कृतिक परम्पराको महत्व

भीमेश्वर नगरपालिकाको दायित्व र साँंस्कृतिक परम्पराको महत्व

वि.सं.२०८० साउन १४ आइतवार १२:५३

✍बिके पासा, दोलखा । भीमेश्वर नगरपालिकाको नामाकरण सबैको आस्थाका...

भीमेश्वर नगरपालिकाको बजेटमा कला संस्कृति खै ?

भीमेश्वर नगरपालिकाको बजेटमा कला संस्कृति खै ?

वि.सं.२०८० साउन ६ शनिवार २१:१३

✍बिके पासा । दोलखा जिल्लाको पालिका अन्तर्गतमा आर्थिक वर्ष...

यस्ता पनि जनप्रतिनिधि  हुँदा रहेछन्

यस्ता पनि जनप्रतिनिधि हुँदा रहेछन्

वि.सं.२०८० जेठ ३१ बुधवार २१:४६

✍बिके पासा । कुरा सुन्दा र पढ्दा कसैलाई सामान्य...

वि.सं.२०७८ मंसिर ९ बिहीवार ०९:२२

चितवनमा १०–१२ मंसिरसम्म हुन लागेको नेकपा (एमाले)को १०औँ राष्ट्रिय...

प्रधानमन्त्रीलाई गगन थापाले दिए मननयोग्य सुझाव

प्रधानमन्त्रीलाई गगन थापाले दिए मननयोग्य सुझाव

वि.सं.२०७८ साउन ४ सोमवार ११:०३

काठमाडौँ । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्रीको सरकारी...

गृह मन्त्रालयलाई मैले एउटा नागरिकको आँखाबाट हेर्छु—गृहमन्त्री बालकृष्ण खाण

गृह मन्त्रालयलाई मैले एउटा नागरिकको आँखाबाट हेर्छु—गृहमन्त्री बालकृष्ण खाण

वि.सं.२०७८ साउन १ शुक्रवार १४:११

नवनियुक्त गृहमन्त्री बालकृष्ण खाणले आफ्नो पहिलो प्राथमिकता नागरिकको जीवनरक्षा...