back

शरिर बिदेशमा भए पनि मन त नेपालमै रहन्छ । नेपालको माया धेरै लाग्छ— सुसि किङ रामकाजी गोसाइ

2.47K
shares
sivam siment- long add

काठमाडौँ । बिगत १९ वर्षदेखि जर्मनीमा आफ्नो ब्यबसाय संचालन गरि रहनु भएका सुसी ब्यबसायी सुसी किंङ रामकाजी गोसाईसंग समय सान्दर्भिक अनलाईनले गरिएको समसामयिक कुराकानी प्रस्तुत गरिएको छ……..


नेपाल आइसकेपछि के मा ब्यस्त हुनुहुन्छ ?
युवाहरुलाई दक्ष तालिम र स्वरोजगार दिनका लागि सुसिको शिप मुलक तालिम दिनमै ब्यस्त भएको छु ।
नेपाल आइसकेपछि सुसिको ट्रेनिङ दिनु पर्छ भन्ने सोच कसरी आयो ?
मान्छेको आआफनो सोच हुन्छ त्यस सोचकै कारण मैले नेपालमा सुसीको ट्रेनिङ सचालन गर्नु पर्छ जस्तो लागेर यो ट्रेनिङ संचालन गरेको हो । आफूसँग भएको सिप जति बाड्यो त्यति नै बढ्ने हुन्छ । त्यस अनुरुप मैले नेपालमा सुसिको ब्याबसायिताका लागि ट्रेनिङ दिएको हो ।
सुसि ट्रेनिङ दिनुको मुख्य उदेश्य के हो ?
मुख्य उदेश्य त नेपालका युवाहरुलाई दक्ष ट्रेनिङ दिएर आत्मनिरभर बनाउने नै हो । आजका बेरोजगार युवा भोलि रोजगार होस् भन्ने चाहना पनि हो र नेपालमै स्वरोजगार मार्फत आफनो जीवन संचालन गर्नुका साथै बिदेशमा गएर पनि आफनो दक्षता अनुरुपको काम गर्ने सक्ने अवस्थाको सृजना गर्नु नै मुख्य उदेश्य रहेको छ ।

 

बिदेशमा जस्तै नेपालमा पनि सुसिले आफनो बजार लिन सक्ने सम्भावना कतिको छ ?
सुसि खानाको परिकार अहिले बिश्व भरि नै फैलिदै आएको छ । जुन जापानबाट शुरुवात भएको हो । बिश्व बजारमा यस्को लोकप्रियता र सबै मानिसहरको रुचिको खाना भएकाले नेपालमा पनि आफनो बजार छिट्टै लिन्छ भन्नेमा म बिश्वस्त छु ।
सुसि ट्रेनिङका लागि के कस्को साथ र सहयोग रहेको छ ?
कर्ण पोजिटिभ ट्रर्स र ग्लोवल सुसि मिलेर नेपालमा यस्को ट्रेनिङ संचालन गरेका थियौ । जसमा नेपालका युवाहरुले हामीले सोचेको भन्दा पनि बढीले टे«निङमा सहभागिता जनाएका थिए ।
तपाईलाई सुसि किङ भनेर पनि चिनिन्छ यसवारे थोरै प्रस्टाइ दिनुस् ?
म जर्मनमा हुदाँ त्यहाँका मानिसहरुले धेरै प्रकारका सुसि खाइ सकेका रहेछन् । त्यस मध्येका पनि हाम्रो रेष्टुरेन्टको माना सुसि धेरै मिठो रहेछ जुन कुरा उनीहरुले जर्मनको पत्रिकाका समेत सुसि किङ भनेर लेखिदियो । यसरी नै एक कान दुई कान हुदैँ प्रचार भएर सुसि किङ नामले परिचित भएको हो ।


मम, चाउमिन र पिज्जा भने जस्तै सुसि त्यति परिचित खाना होइन , सुसि कस्तो परिकारको खाना हो ?
सुसि भनेको जापानिज परिकार हो । मम, चाउमिनमा धेरै फ्याट हुन्छ तर सुसिमा फ्याट हुदैन । यस्मा काचो माछा भेजिटेवलहरु हुन्छ । यो खाना धेरै हेल्दि भएकोले पनि जापानिजहरु धेरै बर्ष बाचेका हुन् । बिश्व भरि सुसिको मार्केट बढनुको मुख्य कारण नै हेल्दि फुड भएकाले नै हो ।
नेपालमा सुसिको बजार विस्तार गर्ने सोच राख्नु भएको छ कि छैन ?
नेपालमा पनि यस्को बजार बिस्तार गर्ने सोच बनाएर नै आएको हो । जहाँबाट सकिन्छ त्यहि बाट गरौँ । नेपालमा पनि केहि गरौँ भन्ने उदेश्य बोकेरर नै नेपाल आएको हो । नेपाली बजारमा पनि सुसिको चाडै नै ब्यवसाय अगाडि बढाउने तयारीमा नै छौँ ।
सुसिलाई अगाडि बढाउन नेपालमा स्थानिय, प्रदेश र केन्द्र स्तरीय कुनै किसिमको अवधारणहरु बनाउनु भएको छ ?
यस्तो त छैन तर पनि मैले बिगत ३ बर्ष अघि नै ग्लोवल सुसि एकेडेमि दर्ता गरेर यस्को काम शुरु गरि सकेको छु । यस बर्ष देखि टे«निङ दिन पनि थाल्यौ र नेपालमा सुसिको मार्केट कस्तो छ भनेर कर्ण पोजेटिभ ट्रस र ग्लोवल सुसि मिलेर रिसर्च पनि गरि राखेका छौ ।


सुसि खाना खादा स्वास्थ्यका कस्तो सहयोग पुर्याउछ ?
सुसि भनेको यस्तो खाना हो जस्मा फ्याट हुदैँन । फ्याट हाम्रो शरिरलाई हानिकारक छ । जस्तै बदेल , खसीको मासुमा धेरै फ्याट हुन्छ धेरै फ्याट भयो भने शरिरले पचाउन सक्दैन यसले रोग निम्त्याउँछ । माछाको फ्याटले चै हाम्रो शरिरमा रहेको फ्याटलाई काट्छ । त्यसकारण पनि जापानिजहरु एकदमै स्लीम हेल्दी र धेरै समय बाच्ने कारण पनि यहि हौँ ।
सुसि खानाको उदगम स्थल र शुरुवाति जापानबाटै भएको हो ?
शुरुवाती जापानबाटै भएको हो । चाईना र कोरियामा पनि खान्छन । अहिले आएर सुसिको बजार बिश्व भरि नै भइ सकेको छ ।
सुसिको ट्रेनिङ लिन नेपाली युवाहरुले कस्तो प्रकृया पुरा गर्नु पर्छ ?
खासै त्यस्तो प्रकृया पुरा गर्नु पर्दैन हामीले अनलाइनमा राखेको फर्म भरे पछि त्यसकै आधारमा उनीहरुले गरेको अनुभवको आधारमा छनौट गछौँ । यस्का लागि हामीले ग्लोवल सुसि एकेडेमी र कर्ण पोजेटिभ ट्रस मिलेर नेपालमा यस्को टेनिङ संचालन गरेका छौ्रँ ।
कर्ण पोजिटिभ ट्रससँग कसरी आबद्ध हुनु भयो ?
म सकारात्मक सोचको अभियन्ता हुँ । मानिस सकारात्मक हुनु पर्दछ यदि सकारात्मक भएन भने आफनो जीवन सहज रुपमा अगाडि बढाउन सकिदैन त्यसैले पनि हामी हरेक क्षण सकारात्मक हुन जरुरी देख्छु । चाईनामा एउटा उखान छ कसैलाई दक्ष र राम्रो बनाउनु छ भने उसलाई माछा होइन बल्छी दिनु भने झै हामीले पनि कसैलाई दक्ष बनाउनु छ भने उसलाई सिप दिएर दक्ष बनाउने हो । हिजोका कामदार नै भोलीको साहु बनाउने नै हाम्रो मुख्य उदेश्य हो ।
सरकारले गर्नु पर्ने काम तपाई आफैँले गर्नु भएको छ, यसमा सरकारको साथ र सहयोग रहेको छ ?
यस्तो कार्यक्रमहरु सरकारले गरेको भए अझ राम्रो हुन्थ्यो । नेपालमा धेरै पर्यटकीय स्थल छन् जुन जस्तै काठमाडौ, ललितपुर, भक्तपुर, पोखरा, दोलखा जहाँ मानिसलाई सधै दालभात मात्र खाना रुचदैन त्यस्को अलवा यस्ता खानाहरुले पनि राम्रै स्थान पाएका हुन्छन् । पहिले मान्छेहरुले पेटका लागि खान्थे भने अहिले आँखा, कान, नाकले खाने गर्दछन् । जुन सुसि परिकार खानेहरुले यस कुराको प्रमाण सिद्ध गरिदिएका छन् ।
आफनो ब्यवसायसँगै तपाई समाजसेवा पनि लागि रहनु भएको छ । समाजसेवाका लागि कसरी समय मिलाउनु हुन्छ ?
समय भनेको आफैँले मिलाउने हो । अमेरिकाको राष्ट्रपति बिहान कुकुर लिएर मनिङवाकमा हिडेका हुन्छ । हामीले पनि समय आफनो कामका लागि कति दिने समाजसेवाका लागि कति दिने भनेर म्यानेज गर्ने हो ।
आफनो जन्न्मथलो नेपाल छोडेर कर्मथलो जर्मन जानु भएको कति बर्ष भयो ?
म नेपाल छोडेर जर्मन आएको १९ बर्ष भयो । म जर्मनमा रहे पनि मेरो मन चै नेपालमै छ । किनभने मलाई नेपालको असाध्यै माया लाग्छ । पहिला मेरो पुल्चोकमा दुईटा रेष्टुरेन्ट थियो । द्धन्दकालमा टुरिसहरु थिएन ब्यापार थिएन । अप्ठयारा थिए । बाध्य भएर बिदेश गएको हु । बिदेशमा पनि त्यति सजिलो छैन दुख सुख गरेर बसेको छु । सुसि मार्टस कोर्सका लागि अमेरिका गए, त्यसपछि जापान, इजरायल युरोप पुगे ।
नेपाल छोडेर बिदेश गए पछि के फाईदा लिनु भयो र के घुमाउनु भयो ?
घुमाउनु त खासै केहि घुमाएको छैन हामी नाङगै जन्मेर आएका हौ केहि लिएर आएका छैनौ । अमेरिमा जापान जर्मनी लगायत देशमा गएर सिप सिकेर आफनै देशका युवाहरुलाई फ्रि स्किल डेभलोमेन्ट टे«निङ दिदै आएको छु ।
नेपालमा बस्नु र जर्मनमा बस्नुको फरक के छ ?
फरक धेरै छन् , हरेक कुराको सुविधा हुन्छ । जर्मनीमा काम भएन भने सरकारले भत्ता दिन्छ । नेपालमा यस्तो निति छैन । कोही काम सिक्न खाजे सरकारले लगानी गरिदिन्छ तर नेपालमा यस्तो छैन । नेपालमा पनि यस्तै यस्तै निति होस कोहि पनि बिदेश जान नपरोस् । शिक्षा, स्वास्थ्य निशुल्क गरोस् यहि नै चाहना हो आफनो देश प्रति । अहिले हाम्रो देशको दुखको कुरा के हो भने युवाहरु जति पनि छन् सबै बिदेशकै लागि जन्मेको जस्तो मात्र भएको छ ।
बिदेशको बिकास र निति हेरेर नेपाल सरकारलाई कस्तो सल्लाह सुझाव दिन चाहन्नु हुन्छ ?
सबभन्दा त कुनै पनि देशमा पारदर्शिता बिना बिकास सम्भव नै छैन जर्मनीमा हरेक कुराको पारदर्शिता हुन्छ । नियम कानूनमा चल्नु प¥यो । जवकी हाम्रो देशमा पारदर्शिता नै छैन , नियम कानून नै मान्दैन भने हाम्रो देश कसरी बिकास हुन्छ । मैले सुनेको अनुसार नेपालमा साना साना ब्यवसायहरुले ट्याक्स तिर्नु पर्ने ठूलाठूला ब्यवसाय गर्नेहरुले ट्याक्स नै तिर्नु नपर्ने पत्रपत्रिकामा आइरहने कुरा हो यो यसरी देश बिकास कसरी सम्भव होला । जर्मनीमा सरकारले सानो होस् या ठूलो सबैलाई बराबरी ट्याक्स लिएर जनतालाई सेवा दिन्छ । नेपालमा पनि यस्तै पारदर्शिता होस् कानून सबैलाई बराबरी होस् भन्न चाहन्छु ।
नेपाल आई सकेपछि कतिको ब्यस्त हुनु भयो ?
नेपाल आउनुको मुख्य उदेश्य भनेकै आफूमा भएको सिप युवाहरुलाई सिकाउनु हो । नेपाली युवाहरुलाई बिदेश पलायन हुनुबाट रोक्न केहि गरौँ भनेर फ्रि स्किल डेभलोमेन्ट टे«निङ दिएको छु । जुन टे«निङ लिएर नेपालमै ब्यवसाय गर्न सकुन या कामै गरेता पनि राम्रो तलवमा काम गर्न सकुन भन्ने चाहनाले नै नेपाल आएको हुँ ।
सुसि प्रति युवाहरुको लगाव र प्रतिक्रिया कस्तो पाउनु भयो ?
नेपालमा सुसिप्रति युवाहरुको लगाव मैले सोचेको भन्दा पनि धेरै राम्रो पाएको छु । भक्तपुरमा मैले टे«निङ दिदा खेरी युवाहरुको आकर्षण देखेर म आफै अच्मित भएको छु । उनीहरुको मेहनत हसिलो मुहार एक प्रकारको उत्साह देखेर मलाई साह्रै खुशी लागेको छ । सुसि खानाको आइटम कति प्रकारका छन् ?
यो मरिमा चाकु खुवा आदी राखेर बनाउछौ त्यसै गरि सुसिमा पनि माछाका सयौ परिकार हुन्छ यस्मा कचिला, टेम्पुरा, स्पागल धेरै भेजिटेवल आइटम राखेर साथै माछाका सयौ परिकारलाई मरमसला राखेर बनाउन सकिन्छ ।
अन्त्यका युवा वर्गलाई सुसि मार्फत कस्तो सन्देश दिन चाहनु हुन्छ ?
युवा बर्गलाई मैले सर्बप्रथम सुसि मार्पmत राम्रो टेनिङ लिनु भन्छु साथै आफू सक्षम बन्नु र अरुलाई पनि सक्षम बनाउनु भन्छु । सकारात्मक हुनु जस्तै सकारात्मक बन्नलाई कर्ण शाक्य सरले लेख्नु भएको किताव सोच, खोज, गर अनि म सक्छु भन्ने किताव पठेर जानेर आफु सक्षम र आत्म निर्भर हुन सबै युवालाई सन्देश दिन चाहन्छु ।

ime pay- long

ime pay- long
भीमेश्वर नगरपालिकाको दायित्व र साँंस्कृतिक परम्पराको महत्व

भीमेश्वर नगरपालिकाको दायित्व र साँंस्कृतिक परम्पराको महत्व

वि.सं.२०८० साउन १४ आइतवार १२:५३

✍बिके पासा, दोलखा । भीमेश्वर नगरपालिकाको नामाकरण सबैको आस्थाका...

भीमेश्वर नगरपालिकाको बजेटमा कला संस्कृति खै ?

भीमेश्वर नगरपालिकाको बजेटमा कला संस्कृति खै ?

वि.सं.२०८० साउन ६ शनिवार २१:१३

✍बिके पासा । दोलखा जिल्लाको पालिका अन्तर्गतमा आर्थिक वर्ष...

यस्ता पनि जनप्रतिनिधि  हुँदा रहेछन्

यस्ता पनि जनप्रतिनिधि हुँदा रहेछन्

वि.सं.२०८० जेठ ३१ बुधवार २१:४६

✍बिके पासा । कुरा सुन्दा र पढ्दा कसैलाई सामान्य...

वि.सं.२०७८ मंसिर ९ बिहीवार ०९:२२

चितवनमा १०–१२ मंसिरसम्म हुन लागेको नेकपा (एमाले)को १०औँ राष्ट्रिय...

प्रधानमन्त्रीलाई गगन थापाले दिए मननयोग्य सुझाव

प्रधानमन्त्रीलाई गगन थापाले दिए मननयोग्य सुझाव

वि.सं.२०७८ साउन ४ सोमवार ११:०३

काठमाडौँ । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्रीको सरकारी...

गृह मन्त्रालयलाई मैले एउटा नागरिकको आँखाबाट हेर्छु—गृहमन्त्री बालकृष्ण खाण

गृह मन्त्रालयलाई मैले एउटा नागरिकको आँखाबाट हेर्छु—गृहमन्त्री बालकृष्ण खाण

वि.सं.२०७८ साउन १ शुक्रवार १४:११

नवनियुक्त गृहमन्त्री बालकृष्ण खाणले आफ्नो पहिलो प्राथमिकता नागरिकको जीवनरक्षा...