अमेरिकामा गिरिजाबाबुको १३औँ स्मृति दिवस मनाइयो
shares

न्यूयोर्क , अमेरिका । नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रणी नेता गिरिजाप्रसाद कोइरालाको १३औँ स्मृति दिवसका अवसरमा जिपी फाउन्डेसन अमेरिका च्याप्टरले दीप प्रज्वलन र तस्बिरमा माल्यार्पण गरी मनाइएको छ । उक्त कार्यक्रमको आयोजना गरिएको जिपि फाउन्डेसन अमेरिका च्यापटरका अध्यक्ष सोमनाथ अधिकारीले बताउनु भयो।
गिरिजाप्रसाद कोइरालाको जन्म १९८१ साल असार १८ गते भएको थियो । कृष्णप्रसाद कोइरालाका तीन छोराहरु मातृका प्रसाद, विश्वेश्वर प्रसाद र गिरिजा प्रसाद मध्ये उनी कान्छा हुन। दाजुहरुको प्रेरणाले राजनीतिमा प्रवेश गरेका गिरिजा प्रसाद सानै देखि निडर र हक्की स्वभावका थिए। स्वर्गीय गिरीजाप्रसाद कोईरालाको १३ औं स्मृतीदिवस फाउन्डेशनको अमेरीका च्याप्टरको कार्यालय उड्साईड न्युयोर्कमा वहाँको स्मरणमा दीप प्रज्वलन एवं तस्विरमा माल्यार्पण गरी मनाईयो।
२०६६ साल चैत ७ गते गिरिजा प्रसाद कोइरालाको निधन भएको हो। सो अवसरमा फाउन्डेशनका उपाध्यक्ष सुवर्ण लामा, महासचिव छिरिंग राप्के लामा, प्रवक्ता एवं कार्यसमिति सदस्य रामचन्द्र अधिकारी, नेकां युवा नेता विजय थुलुंग, समाजसेवी निमा तामांग, डोमा शेर्पा लगायतको उपस्थिती रहेको थियो। सो अवसरमा स्व गिरिजाप्रसादले नेपाली राजनितीमा दिनुभएक ऎतिहासिक योगदान र शान्ति प्रक्रिया एवं समसामयिक राजनैतिक परिवेशको वारेमा स्मरण गर्दै स्वर्गीय गिरीजा प्रसाद कोईरालाको १३ औं स्मृतीदिवसमा वॅंहालाई सम्झदै दीप प्रज्वलन र गिरिजा वावुको तस्विरमा माल्यार्पण गरेर कार्यक्रम उपाध्यक्ष शुवर्ण लामाले सुरु गर्नु भएको थियो।
नेपालमा राणाशासन देखी गणतन्त्र स्थापना गर्दासम्म आफ्नो सारा जीवन देश,जनता र क्रान्तिका लागी समर्पित गर्नुभएका कोईराला एक अद्वितीय राजनितीज्ञ भएको कुरा फाउन्डेशनका उपध्यक्ष्य सुवर्ण लामाले बताउनुभयो। यसैगरी महासचिव छिरींग राप्के लामाले गिरीजावावु क्रान्तिनायक र शान्तिनायक दुवैमा स्थापित भएको बताउनुभयो। युवानेता विजय थुलुंगले वहाँ साँच्चीकै नोवेल शांतिपुरस्कारको हकदाता हुनुहुन्थ्यो र विश्वमंचमा उचित लवी र प्रचारको कमीले सो गुमेको कुरा बताउनु भयो।
प्रवक्ता अधिकारीले अहिले नेपालले वहाँजस्तो राष्ट्रभक्त र निडर एवं निर्णयात्मक क्षमताको धनी नेता गुमाएको परिवेशमा कुशल राजनेताको अभावमा गणतन्त्रनैकतै खतराको मार्गमा लम्किएको त छैन भनी चिन्ता जाहेर गर्नुभयो । अन्त्यमा महासचिव छिरिंग राप्के लामाले देशले अहिले गिरीजावावुले स्थापित गराएको सहमती, सहकार्य र एकताको पथबाट अघि बढ्न नसक्दा गणतन्त्रनै धर्मराएको आफुले महशुस गरेको भन्दै आज गिरीजा वावुको १३ औं स्मृतीदिवस फाउण्डेशन अमेरिकाको कार्यालयमानै कार्यक्रम गरेर सम्झन पाउॅंदा प्रफुल्ल भएको भन्दै उपस्थित सबैलाई धन्यवाद व्यक्त गर्नु भयो।
वि.सं.२०७९ चैत ८ बुधवार १०:२९