back

राष्ट्रिय स्वतन्त्र पाटीको काठमाडौं–दोलखा सम्पर्क भेला भब्यरुपमा सम्पन्न ।

9.7K
shares
sivam siment- long add

बिके पासा, काठमाडौँ । पहिलो ऎतिहासिक रास्वपा दोलखा काठमाडौ सम्पर्क भेला भब्यरुपमा सम्पन्न भएको छ । आज एक कार्यक्रमको आयोजना गरि केन्द्रिय उपाध्यक्ष डि. पि. अर्यालको प्रमुख आतिथ्यमा शुरु भएको कार्यक्रममा केन्द्रिय महामन्त्री डा. मुकुल ढकाल सदस्यहरु सोबिता गौतम, गणेश पराजुलीको उपस्थिति रहेको थियो।

आजको ऎतिहासिक भेलाले दोलखा जिल्लाका ९ वटै पालिका भीमेश्वर नगरपालिका, जिरी नगरपालिका , बैतेश्वर गाउँपालिका , तामाकोशी गाउँपालिका , कालिञ्चोक गाउँपालिका , शैलुंग गाउँपालिका , मेलुंग गाउँपालिका , बिगु गाउँपालिका , गौरीशंकर गाउँपालिकाको दोलखा काठमाडौँ सम्पर्क समित गठन गरिएको छ। २ नगरपालिका र ७ गाउँपालिका रहेको दोलखा जिल्ला अब रास्वपाको पूर्ण सदस्य भएको छ ।

कार्यक्रममा दीपक बिश्वकर्मा, जगदीश खरेल, जलहरि शिवाकोटी, हरिलाल चौलागाई, भोजराज न्यौपाने, रुद्रबहादुर बस्नेत, त्रिलोचन प्रधान लगायतका बक्ताहरुले सम्बोधन गर्नु भएको थियो।

कार्यक्रममा उपत्यकामा रहनु भएका रास्वपाका समर्थकहरु स्वतस्फुर्त आउनु भएको थियो भने दोलखाबाट पनि रास्वपा समर्थक सदस्यहरु आउनु भएको थियो।

दोलखा जिल्लाका विभिन्न पालिकाहरूमा जन्म भै कर्म क्षेत्र काठमाडौं बनाइ रहेका दोलखा जिल्लाका युवायुवती लगायत पाका व्यक्तिहरूको बाक्लो उपस्थिति रहेको थियो।

रास्वपाका उपसभापति एवं पूर्व श्रममन्त्री डोलप्रसाद अर्यालले घण्टी बजाएर उद्घाटन गरेको सो भेलामा दोलखा जिल्लाका सह–संयोजक तथा बागमती प्रदेश सदस्य जलहरि शिवाकोटीले स्वागत भाषण गरेका थिए ।

रास्वपाका काठमाडौं क्षेत्र नं. ७ का प्रतिनिधि सभा सदस्य गणेश पराजुलीले उपस्थित भेलालाई प्रशिक्षण सम्बन्धी केही तर्क प्रस्तुत गर्दै पुराना पार्टीहरूको लापर्वाही राज्य सञ्चालनले गर्दा जनताले केही पनि सुविधा सहज रूपमा उपलब्ध गर्न पाएनन् र हरेक नागरिकले आफुले पाउनुपर्ने सामान्य सुविधा समेतबाट वञ्चित भएका छन् । जताततै प्रत्यक्ष अप्रत्यक्ष भ्रष्टाचार बढिरहेको छ । यस्तो अवस्थामा पनि पुराना राजनीतिक दलहरूले मनोमानी ढंगले राज्यलाई उथलपुथल बनाएको देखेर नै अब नयाँ ढंग र तरिकाले देशलाई उन्नतिशील मार्गमा लानका लागि रास्वपालाई अगाडि ल्याएका हौं भन्दै अब टोल, वडा, नगर, जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म एक ढिका बनाउन यो सम्पर्क समितिको आवश्यकता रहेको कुरा राखेका थिए ।

त्यस्तै महामन्त्री मुकुल ढकालले रास्वपाले देश निर्माणका लागि नयाँ ढाँचा र नयाँ तौरतरिका अपनाउने परिपाटिको व्यवस्था नभएसम्म उही पुरानै विधि रहिरहने हुनाले हरेक कुरालाई सीमांकन गर्दै लान जरुरी रहेको बताए । कार्यक्रम आयोजना गर्दा पनि समय खर्चेर आसन ग्रहण, मान, सम्मान जस्ता बेथितिलाई हटाउन जरुरी रहेको छ भन्दै हामी एक आपसमा मान्य नै छौँ भने बेकारमा किन समयलाई बेवास्ता गर्दै पुरानै बाटोमा हिँडीरहने भन्दै रास्वपाको आगामी चरणमा गर्नुपर्ने कार्यविधिबारे आफ्नो तर्क राखेका थिए ।

भेला कर्यक्रमलाई सम्बोधन गर्दै काठमाडौँ क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य सोबिता गौतमले बढ्दो युवाहरुको विदेश मोहले देश बर्वादी तिर जाने र त्यहि पुराना नेताहरुकै हालीमुहाली हुनेमा चिन्ता व्यक्त गरिन्। अब युवाहरु राजनीतिमा पछि हट्ने होइन अगाडी आउनु पर्ने तर्क अगाडी सारिन्।

कार्यक्रमको दोस्रो चरणमा दोलखा जिल्लाको सबै पालिकालाई समेटेर कार्यसमिति गठन भएको थियो । कार्यक्रम जिल्ला संयोजक पूर्णबहादुर तामाङको सभापतिमा सम्पन्न भएको थियो।

ime pay- long

ime pay- long
रास्वपा भीमेश्वर नगरपालिका वडा नम्बर ७ काठमाडौ उपत्यका सम्पर्क विभागका गठन

रास्वपा भीमेश्वर नगरपालिका वडा नम्बर ७ काठमाडौ उपत्यका सम्पर्क विभागका गठन

वि.सं.२०८० साउन २१ आइतवार १०:५३

काठमाडौँ । रास्वपा भीमेश्वर नगरपालिका वडा नम्बर ७ काठमाडौ...

रास्वपा भीमेश्वर नगरपालिका वडा नम्बर २ काठमाडौ उपत्यका सम्पर्क विभागका गठन

रास्वपा भीमेश्वर नगरपालिका वडा नम्बर २ काठमाडौ उपत्यका सम्पर्क विभागका गठन

वि.सं.२०८० साउन २० शनिवार २१:०३

काठमाडौँ। रास्वपा भीमेश्वर नगरपालिका वडा नम्बर २ काठमाडौ उपत्यका...

बृहत नगर भेला भब्य रुपमा सम्पन्न

बृहत नगर भेला भब्य रुपमा सम्पन्न

वि.सं.२०८० साउन २० शनिवार २०:५१

काठमाडौँ । रास्ट्रिय स्वतन्त्र पार्टी भीमेश्वर नगरपालिका-काठमाडौँ उपत्यका विभागको...

रास्वपा भीमेश्वर-काठमाडौँ बृहत नगर भेलाको तयारी पुरा

रास्वपा भीमेश्वर-काठमाडौँ बृहत नगर भेलाको तयारी पुरा

वि.सं.२०८० साउन १८ बिहीवार २१:५७

काठमाडौँ। रास्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौँ उपत्यकामा बसोबास गर्नु हुने...

सोविता गौतमसगै ५ जनाले जितिन् प्रभावशाली युवा राजनीतिज्ञको अन्तर्राष्ट्रिय अवार्ड

सोविता गौतमसगै ५ जनाले जितिन् प्रभावशाली युवा राजनीतिज्ञको अन्तर्राष्ट्रिय अवार्ड

वि.सं.२०८० साउन ४ बिहीवार २२:४५

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले चार देशका...

रास्वपा दोलखाको काठमाडौँमा दोलखाली भेला हुने

रास्वपा दोलखाको काठमाडौँमा दोलखाली भेला हुने

वि.सं.२०८० असार ८ शुक्रवार ०९:०५

काठमाडौँ। रास्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौँ उपत्यकामा बसोबास गर्नु हुने...