रास्वपा भीमेश्वर-काठमाडौँ बृहत नगर भेलाको तयारी पुरा
shares

काठमाडौँ। रास्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौँ उपत्यकामा बसोबास गर्नु हुने भीमेश्वर नगरपालिकाका नगरबासिहरुको बृहत भेलाको सम्पूर्ण तयारी पुरा भएको प्रचार प्रसार विभागले जनाएको छ। उक्त भेलाले ९ वटै वडा सम्पर्क विभागको गठन गरिने छ।
रास्वपा भीमेश्वर-काठमाडौँ बृहत भेला रास्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सहमहामन्त्री तथा संगठन बिभाग प्रमुख कविन्द्र बुर्लाकोटीको प्रमुख आतिथ्यमा हुने कार्यक्रमको तय भएको छ । कार्यक्रममा बिशेष अतिथि माननीय सोबिता गौतम, डा. तोसिमा कार्की, बागमति प्रदेश संयोजक अच्युतम लामिछाने र रमेश खरेलले सम्वोधन गर्नु हुनेछ । कार्यक्रममा भीमेश्वर नगरपालिकाका काठमाडौँमा बसोवास गर्नुहुने ९ वटै वडाका वडाबासीहरुको सहभागिता रहनेछन् ।
काठमाडौँ उपत्यका काठमाडौँ , ललितपुर र भक्तपुर गरि तिनै जिल्लामा बसोबास गरि रहनु भएका भीमेश्वर नगरपालिकालाई एकीकृत गरि सुशासन र भ्रष्टाचार बिरोधि अभियान समेतको कार्यक्रम सहित भेला आयोजना गर्न लागेको कुरा रास्वपा प्रचार प्रसार विभागले समय सान्दर्भिक मिडियालाई जानकारी गराउनु भयो।
उक्त भेला कार्यक्रममा इच्छुक जोकोही भीमेश्वर नगरबासीहरु खुल्ला बिचार लिएर उपस्थिति जनाउन सकिने रास्वपा भीमेश्वरले जनाएको छ । साथै भीमेश्वर नगरबासीलाई गरिमामय कार्यक्रममा उपस्थितिका लागि हार्दिक अनुरोध गरिएको छ।
कार्यक्रम श्रावण २० गते शनिवार ११:३० बजे बिजुलीबजार स्थित क्रिष्टल पार्टी प्यालेसमा हुने भएको छ।
वि.सं.२०८० साउन १८ बिहीवार २१:५७