back

कांग्रेसका नेता त्रय एउटै समुह बनाएर अघि बढ्ने

1.05K
shares
sivam siment- long add

काठमाडौं । नेपाली कांग्रेसको तीन नेता विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशमान सिंहले आगामी महाधिवेशनमा एउटै टिम बनाएर जान सकिने संकेत गरेका छन् । पूर्वमहामन्त्री प्रकाशमान सिंह, उपसभापति विमलेन्द्र निधि र महामन्त्री डा. शशांक कोइरालाबीच कोइराला निवास महाराजगञ्जमा छलफल भएको हो ।

उपसभापति निधिको निवासमा भेटेका यी तीन नेताहरु शुक्रबार महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा भेला भएका छन् । भेटमा पार्टीको आसन्न १४औं महाधिवेशनका साथै राष्ट्रिय राजनीतिबारे छलफल भएको छ । तीनै नेता नेपाली कांग्रेस पार्टीका कुनैबेला नेतृत्व गरिसकेका तीन पिताका पुत्र हुन ।बीपी, गणेशमान र महेन्द्र नारायणका तीन छोरा आफै पनि नेतृत्वको आकांक्षी हुन ।

तर १३ औं महाधिवेशनमा प्रतिष्पर्धा गरेका नेताहरुले नै आसन्न १४ औं महाधिवेशनमा फेरि उत्रने बताएपछि तीन नेतापुत्र एक ठाउँमा उभिने प्रयासमा जुटेका हुन् । आसन्न १४ औं महाधिवेशनमा नेपाली कांग्रेसको नेतृत्व जसरी पनि दोस्रो तहमा झार्न कटिबद्ध बनेर लागेका तीन नेताबीचको छलफलले पार्टीभित्र नयाँ तरंग सृजना गरेको छ ।

शेरबहादुर देउवाको हातबाट नेतृत्व तल्लो तहमा ल्याउन तीनै नेता तयार देखिए पनि सभापतिका आकांक्षी उनीहरुले कसले कसलाई नेतृत्व छाड्न तयार होलान् त्यो भने अहिले नै प्रष्ट देखिन्न ।

यद्यपि, नेतृत्व हस्तान्तरणको मुद्दा बनाएर बहस चलाइरहेका युवा पुस्ता पनि यो पहलकदमीबाट उत्साहित भने देखिएको छ । सोमबार नै निधिले गरेको छलफलमा युवा नेताहरुले तल्लो तहमा नेतृत्व ल्याउन आफूहरुले सघाउने बताएका थिए ।

आफ्नो उम्मेदवारीका लागि शुरुमा सभापति देउवासँग समर्थन मागेका निधिलाई १४ औं महाधिवेशनमा पनि आफै उम्मेदवार रहने भन्दै सघाउन भनेपछि निधि देउवाको शिविरबाट अलग्गिँदै अरु दुई नेतासँग छलफलमा बसेका हुन् ।

ime pay- long

ime pay- long
रास्वपा भीमेश्वर नगरपालिका वडा नम्बर ७ काठमाडौ उपत्यका सम्पर्क विभागका गठन

रास्वपा भीमेश्वर नगरपालिका वडा नम्बर ७ काठमाडौ उपत्यका सम्पर्क विभागका गठन

वि.सं.२०८० साउन २१ आइतवार १०:५३

काठमाडौँ । रास्वपा भीमेश्वर नगरपालिका वडा नम्बर ७ काठमाडौ...

रास्वपा भीमेश्वर नगरपालिका वडा नम्बर २ काठमाडौ उपत्यका सम्पर्क विभागका गठन

रास्वपा भीमेश्वर नगरपालिका वडा नम्बर २ काठमाडौ उपत्यका सम्पर्क विभागका गठन

वि.सं.२०८० साउन २० शनिवार २१:०३

काठमाडौँ। रास्वपा भीमेश्वर नगरपालिका वडा नम्बर २ काठमाडौ उपत्यका...

बृहत नगर भेला भब्य रुपमा सम्पन्न

बृहत नगर भेला भब्य रुपमा सम्पन्न

वि.सं.२०८० साउन २० शनिवार २०:५१

काठमाडौँ । रास्ट्रिय स्वतन्त्र पार्टी भीमेश्वर नगरपालिका-काठमाडौँ उपत्यका विभागको...

रास्वपा भीमेश्वर-काठमाडौँ बृहत नगर भेलाको तयारी पुरा

रास्वपा भीमेश्वर-काठमाडौँ बृहत नगर भेलाको तयारी पुरा

वि.सं.२०८० साउन १८ बिहीवार २१:५७

काठमाडौँ। रास्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौँ उपत्यकामा बसोबास गर्नु हुने...

सोविता गौतमसगै ५ जनाले जितिन् प्रभावशाली युवा राजनीतिज्ञको अन्तर्राष्ट्रिय अवार्ड

सोविता गौतमसगै ५ जनाले जितिन् प्रभावशाली युवा राजनीतिज्ञको अन्तर्राष्ट्रिय अवार्ड

वि.सं.२०८० साउन ४ बिहीवार २२:४५

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले चार देशका...

राष्ट्रिय स्वतन्त्र पाटीको काठमाडौं–दोलखा सम्पर्क भेला भब्यरुपमा सम्पन्न ।

राष्ट्रिय स्वतन्त्र पाटीको काठमाडौं–दोलखा सम्पर्क भेला भब्यरुपमा सम्पन्न ।

वि.सं.२०८० असार १६ शनिवार २२:३९

बिके पासा, काठमाडौँ । पहिलो ऎतिहासिक रास्वपा दोलखा काठमाडौ...