back

युवा संघ र अनेरास्ववियुद्धारा दोलखामा प्रधानन्यायधिस राणाको पुत्ला दहन

महेन्द्र श्रेष्ठ, दोलखा  ।  नेकपा एमाले निकट भातृ संगठनहरु राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले  दाेलखाकाे सदरमुकाम चरिकोट बजारमा  प्रधानन्यायाधिश चोलेन्द्र शमशेर राणा सहित ५ जना न्यायाधिशहरुको पुत्ला जलाएका छन् ।  सदरमुकाम चरिकोटमा एमालेको भातृ संगठनहरु युवा संघ र अनेरास्ववियुले चर्को नाराबाजी सहित प्रधानन्यायधिस राणाको पुत्ला दहन गरेका हुन् ।

पार्टी कार्यालयबाट निस्किएको जुलुसले प्रधानन्यायधिस बिरुद्ध चर्को नारा लगाउँदै सातदोबाटो पुगेर पुत्ला दहन गरेको थियो । जुलुसमा चोलेन्द्र शम्सेर मुर्दावाद, शक्ति पृथकीकरणको सिद्धान्त लागु गर, राणा शासन चाँहिदैन लगायतका नारा लगाएका थिए ।दलिय ब्यवस्थामा सर्बोच्च अदालतले गरेको निर्णयले निर्दलिय तर्फ उन्मुख गरेको भन्दै विद्यार्थी र युवाहरुले आदेश मुलुक राजनीतिक संकटमा फस्ने भन्दै जिल्लाको सदरमुकाममा  पुत्ला जलाएका हुन् ।

प्रधानन्यायधिस राणाको संवैधानिक ईजलासले प्रतिनिधिसभा विघटन बदर गर्दै प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवालाई नियुक्त गर्ने परमादेश जारी गरेका थिए । उक्त निर्णय बिरुद्ध आक्रोसित एमाले भातृ संगठनले आज चरिकोटमा प्रदर्शन गरेको हो । सर्बोच्च अदालतले गरेको संसद पुनस्थापनाको फैसला सँगै प्रधानमन्त्री नियुक्त गर्ने परमादेश लोकतन्त्रको मर्म विरुद्ध भएको भन्दै दाेलखामा चोलेन्द्र शमशेर राणाको पुत्ला जलाएको अनेरास्ववियु केन्द्रीय सदस्य हिरा थाेकरले बताउनु भयो ।

पुत्लादहन पछि एमाले युवा नेता हिरा थोकरले संक्षिप्त मन्तव्य राख्दै जनादेशमाथि परमादेशबाट गरिएको हस्तक्षेपले गम्भिर दुष्परिणाम निम्तिने चेतावनी दिए । प्रदर्शनको नेता हरिबंश चौलागाई, युवा विद्यार्थी नेताहरु शक्ति पाठक, राजकुमार ढुंगेल लगायतले अगुवाई गरेका थिए ।


नेम्वाङले धारा ७६ (५) काे गलत व्याख्या गर्नुभयाे, मेराे जवाफ नसुनी हिँड्नुभयाे : प्रधानमन्त्री देउवा

नेम्वाङले धारा ७६ (५) काे गलत व्याख्या गर्नुभयाे, मेराे जवाफ नसुनी हिँड्नुभयाे : प्रधानमन्त्री देउवा

वि.सं.२०७८ साउन ८ शुक्रवार १९:३७

काठमाडौँ । प्रधानमन्त्री देउवाले संविधान सभाका अध्यक्षसमेत भैसकेका एमाले...

जसपाको ठाकुर समूहद्वारा निर्वाचन आयोगको आदेश विरुद्ध सर्वाेच्चमा रिट दायर

जसपाको ठाकुर समूहद्वारा निर्वाचन आयोगको आदेश विरुद्ध सर्वाेच्चमा रिट दायर

वि.सं.२०७८ साउन ८ शुक्रवार १९:२६

काठमाडौँ । निर्वाचन आयोगले साउन ११ गते पार्टी कार्यकारिणी समितिलाई...

क्रियाशील सदस्यता विवाद छिटोभन्दा छिटो समाधान गर्नुपर्छ :  वरिष्ठ नेता  पौडेल

क्रियाशील सदस्यता विवाद छिटोभन्दा छिटो समाधान गर्नुपर्छ : वरिष्ठ नेता पौडेल

वि.सं.२०७८ साउन ८ शुक्रवार १९:१३

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले क्रियाशील...

सरकार सञ्चालन कार्यदल बैठक बालुवाटारमा

सरकार सञ्चालन कार्यदल बैठक बालुवाटारमा

वि.सं.२०७८ साउन ८ शुक्रवार १८:३२

काठमाडौँ ।   सरकार सञ्चालनका लागि सहजीकरणका लागि गठित...

बाटो बिराएका सबैलाई आममाफी दिने ओलीको घोषणा

बाटो बिराएका सबैलाई आममाफी दिने ओलीको घोषणा

वि.सं.२०७८ साउन ७ बिहीवार २२:०४

काठमाडौं । फ्लोर क्रस गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई मत...

गण्डकी प्रदेशमा माओवादीले टुङ्गो लगायो तीन मन्त्रीको नाम

गण्डकी प्रदेशमा माओवादीले टुङ्गो लगायो तीन मन्त्रीको नाम

वि.सं.२०७८ साउन ७ बिहीवार २१:५३

पोखरा । गण्डकी प्रदेश माओवादी केन्द्रले सरकारमा जाने तीनजना...