back

फ्लोर क्रस गर्ने शर्तमा ओली समूहका सांसद् मन्त्री माग्‍दै देउवा निवास

1.84K
shares
sivam siment- long add

काठमाडौँ  । नेकपा एमालेका सांसद्ले फ्लोर क्रस गर्ने शर्तमा आफूहरुलाई मन्त्री पद दिन नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली सत्ताबाट बाहिरिएसँगै उनको समूहका सांसदले कित्ता परिवर्तन सुरु भएको हो । ओली क्याबिनेटका एकजना पूर्वमन्त्री आफूलाई मन्त्री बनाउन माग गर्दै शेरबहादुर देउवाको निवास बूढानीलकण्ठ पुगेको खुलेको छ ।

देउवालाई विश्वासको मत दिने बेला ‘फ्लोर क्रस’ गरेर भए पनि भोट हाल्ने भन्दै ओलीनिकट एकजना एमाले सांसदले देउवासँग आफूलाई मन्त्री बनाइदिन आग्रह गरेको देउवा निकट स्रोतले जानकारी दिएको छ । मन्त्री माग्दै बूढानीलकण्ठ पुगेका ती एमाले सांसदको भनाइ उदृत गर्दै स्रोतले भन्‍यो, “विश्वासको मत लिन तपाईंसँग सांसद् छैनन् । हामी तपाईंलाई साथ दिन्छौं । म ओली समूहका आठजनालाई फ्लोर क्रस गराएर भोट हाल्‍न लगाउँछु ।”

बूढानिलकण्ठ गएका ओली क्याबिनेटमा मन्त्री भइसकेका ती व्यक्ति सुदूरपश्‍चिमकै भएको बताइए पनि नाम उल्लेख नगरिदिन आग्रह गरेको देउवा निकट स्रोटले  जानकारी दिएको छ । स्रोतले भन्‍यो, “ओलीले मलाई थाहा नै नदिइ मन्त्रीबाट हटाए । ओलीलाई मैले कत्रो सहयोग गरेको थिएँ । तर, हटाउँदै कुनै जानकारी नै दिइएन ।”

प्रधानमन्त्री देउवाले नेकपा एमालेको कोटाबाट मन्त्री बनाउँदा माधव नेपालको सिफारिसअनुसार मात्रै मन्त्रीको छनोट गर्ने भएकाले ओली पक्षका ती सांसदले मन्त्री खान पाउने सम्भावना चाहिँ न्यून छ ।

तथापि उनले आफूसँग ८-९ जना सांसदहरु रहेकाले माधव नेपालसँग पनि यसबारेमा कुरा गर्ने र मन्त्री बनाइएमा ओलीको कित्ता छाडेर माधव नेपालतर्फ लाग्ने बूढानीलकण्ठलाई प्रतिबद्धतासमेत व्यक्त गरेको बताइएको छ ।

सर्वोच्च अदालतले सोमबार ओली सरकारले गरेको प्रतिनिधि सभा विघटनलाई बदर गर्दै प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्न परमादेश जारी गरेको थियो । सर्वोच्चको परमादेशपछि राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

 

ime pay- long

ime pay- long
रास्वपा भीमेश्वर नगरपालिका वडा नम्बर ७ काठमाडौ उपत्यका सम्पर्क विभागका गठन

रास्वपा भीमेश्वर नगरपालिका वडा नम्बर ७ काठमाडौ उपत्यका सम्पर्क विभागका गठन

वि.सं.२०८० साउन २१ आइतवार १०:५३

काठमाडौँ । रास्वपा भीमेश्वर नगरपालिका वडा नम्बर ७ काठमाडौ...

रास्वपा भीमेश्वर नगरपालिका वडा नम्बर २ काठमाडौ उपत्यका सम्पर्क विभागका गठन

रास्वपा भीमेश्वर नगरपालिका वडा नम्बर २ काठमाडौ उपत्यका सम्पर्क विभागका गठन

वि.सं.२०८० साउन २० शनिवार २१:०३

काठमाडौँ। रास्वपा भीमेश्वर नगरपालिका वडा नम्बर २ काठमाडौ उपत्यका...

बृहत नगर भेला भब्य रुपमा सम्पन्न

बृहत नगर भेला भब्य रुपमा सम्पन्न

वि.सं.२०८० साउन २० शनिवार २०:५१

काठमाडौँ । रास्ट्रिय स्वतन्त्र पार्टी भीमेश्वर नगरपालिका-काठमाडौँ उपत्यका विभागको...

रास्वपा भीमेश्वर-काठमाडौँ बृहत नगर भेलाको तयारी पुरा

रास्वपा भीमेश्वर-काठमाडौँ बृहत नगर भेलाको तयारी पुरा

वि.सं.२०८० साउन १८ बिहीवार २१:५७

काठमाडौँ। रास्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौँ उपत्यकामा बसोबास गर्नु हुने...

सोविता गौतमसगै ५ जनाले जितिन् प्रभावशाली युवा राजनीतिज्ञको अन्तर्राष्ट्रिय अवार्ड

सोविता गौतमसगै ५ जनाले जितिन् प्रभावशाली युवा राजनीतिज्ञको अन्तर्राष्ट्रिय अवार्ड

वि.सं.२०८० साउन ४ बिहीवार २२:४५

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले चार देशका...

राष्ट्रिय स्वतन्त्र पाटीको काठमाडौं–दोलखा सम्पर्क भेला भब्यरुपमा सम्पन्न ।

राष्ट्रिय स्वतन्त्र पाटीको काठमाडौं–दोलखा सम्पर्क भेला भब्यरुपमा सम्पन्न ।

वि.सं.२०८० असार १६ शनिवार २२:३९

बिके पासा, काठमाडौँ । पहिलो ऎतिहासिक रास्वपा दोलखा काठमाडौ...