back

कांग्रेस सांसद डा. सिंहद्वारा सांसद पदबाट राजीनामा दिने घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. अमरेशकुमार सिंहले प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा दिने घोषणा गरेका छन् । पार्टीको क्रियाशील सदस्यता विवादका कारण आफूले प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा दिन लागेको सिंहले बताए ।

‘मैले प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा दिन ‘राजीनामा पत्र’ लेखेर हस्ताक्षर गरिसकेको छु,’ डा. सिंहले इकागजसँग भने, ‘अब पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउन जाँदैछु ।’

उनले पार्टीको आन्तरिक विवादका कारण सांसद पदबाट राजीनामा दिन लागेकाले पार्टी सभापतिलाई बुझाउन लागेको बताए । ‘मैले राष्ट्रिय कारणले नभई पार्टीको आन्तरिक कारणले राजीनामा दिन लागेकाले सभापतिलाई बुझाउन लागेको हुँ । संसद् सचिवालयमा होइन,’ डा. सिंहले भने । 

पार्टीको क्रियाशील सदस्यता विवादका कारण सर्लाही र धनुषाका नेता कार्यकता पार्टी केनद्रीय कार्यालय सानेपामा आमरण अनसन बसिरहेका छन् । उनीहरूका माग सम्बोधन गर्न माग गर्दा पार्टी नेतृत्वले नमानेकाले वीपी स्मृति दिवसको दिन पारेर सांसद पदबाट राजीनामा दिने घोषणा गरेको डा. सिंहले बताए । 

सिंह सर्लाही ४ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् । 


नेम्वाङले धारा ७६ (५) काे गलत व्याख्या गर्नुभयाे, मेराे जवाफ नसुनी हिँड्नुभयाे : प्रधानमन्त्री देउवा

नेम्वाङले धारा ७६ (५) काे गलत व्याख्या गर्नुभयाे, मेराे जवाफ नसुनी हिँड्नुभयाे : प्रधानमन्त्री देउवा

वि.सं.२०७८ साउन ८ शुक्रवार १९:३७

काठमाडौँ । प्रधानमन्त्री देउवाले संविधान सभाका अध्यक्षसमेत भैसकेका एमाले...

जसपाको ठाकुर समूहद्वारा निर्वाचन आयोगको आदेश विरुद्ध सर्वाेच्चमा रिट दायर

जसपाको ठाकुर समूहद्वारा निर्वाचन आयोगको आदेश विरुद्ध सर्वाेच्चमा रिट दायर

वि.सं.२०७८ साउन ८ शुक्रवार १९:२६

काठमाडौँ । निर्वाचन आयोगले साउन ११ गते पार्टी कार्यकारिणी समितिलाई...

क्रियाशील सदस्यता विवाद छिटोभन्दा छिटो समाधान गर्नुपर्छ :  वरिष्ठ नेता  पौडेल

क्रियाशील सदस्यता विवाद छिटोभन्दा छिटो समाधान गर्नुपर्छ : वरिष्ठ नेता पौडेल

वि.सं.२०७८ साउन ८ शुक्रवार १९:१३

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले क्रियाशील...

सरकार सञ्चालन कार्यदल बैठक बालुवाटारमा

सरकार सञ्चालन कार्यदल बैठक बालुवाटारमा

वि.सं.२०७८ साउन ८ शुक्रवार १८:३२

काठमाडौँ ।   सरकार सञ्चालनका लागि सहजीकरणका लागि गठित...

खोप किन्न एडीबीले नेपाललाई १९ अर्ब ८० करोड ऋण दिने

खोप किन्न एडीबीले नेपाललाई १९ अर्ब ८० करोड ऋण दिने

वि.सं.२०७८ साउन ७ बिहीवार २२:१२

काठमाडौँ ।  एसियाली विकास बैंक (एडीबी) ले कोभिड–१९ विरुद्धको...

बाटो बिराएका सबैलाई आममाफी दिने ओलीको घोषणा

बाटो बिराएका सबैलाई आममाफी दिने ओलीको घोषणा

वि.सं.२०७८ साउन ७ बिहीवार २२:०४

काठमाडौं । फ्लोर क्रस गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई मत...