back

एमाले सांसदले नाराबाजी गरेपछि संसद् बैठक भदौ २९ गतेसम्मका लागि स्थगित

sivam siment- long add

काठमाडौं । प्रतिनिधिसभाको बैठक भदाै २९ गतेसम्मका लागि स्थगित भएको छ । आइतबारको बैठकमा नेकपा एमालेका सांसदले नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले भदौ २९ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

आफूले १४ सांसदलाई गरेको कारबाहीलाई सभामुखले मान्यता नदिएर पार्टी फुटाउन सहयोगी भएको भन्दै एमालेले संसदमा विरोध प्रदर्शन गरेको हो । आइतबार प्रतिनिधिसभाको दुई पटक बसेको बैठक दुबै पटक एमाले सांसदको नाराबाजीका कारण अवरुद्ध भयो ।

एमाले सांसदहरुले संसदीय मर्यादा कायम गर, पदीय मर्यादा कायम गर, पार्टी फुटाउने षड्यन्त्र बन्द गर लगायतका नारा लगाएका थिए । सभामुख सापकोटाले एमालेलाई संवादमार्फत समस्या समाधान गर्न आह्वान गरेका छन् ।

उनले एमालेको नाराबाजीका कारण संसदमा जनचासोको विषय राख्न पाउने अरु सांसदको हक हनन भएको भन्दै पटक पटक संसद चलाउन दिन आग्रह गरे । तर एमाले सांसदले लगातार नाराबाजी गरेपछि सापकोटाले दुई दिनका लागि बैठक स्थगित गरेका हुन् ।

ime pay- long

ime pay- long
सुकुम्बासी आयोगको अध्यक्षमा निरौला नियुक्त

सुकुम्बासी आयोगको अध्यक्षमा निरौला नियुक्त

वि.सं.२०७८ भदौ ३१ बिहीवार ०७:१९

काठमाडौं । सरकारले केशव निरौलाको अध्यक्षतामा राष्ट्रिय भूमि आयोग...

सर्वदलीय बैठक निष्कर्ष विहीन

सर्वदलीय बैठक निष्कर्ष विहीन

वि.सं.२०७८ भदौ २८ सोमवार १९:१४

काठमाडौं । सभामुख अग्नि सापकोटाले बोलाउनुभएको सर्वदलीय बैठक विना...

सभामुखद्वारा शीर्ष नेताको बैठक आह्वान

सभामुखद्वारा शीर्ष नेताको बैठक आह्वान

वि.सं.२०७८ भदौ २७ आइतवार १५:५५

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद अवरोध अन्त्य गर्ने...

देउवा पुत्र सक्रिय राजनितिकमा आउने  संकेत, डडेल्धुराबाट लिए क्रियाशिल सदस्य

देउवा पुत्र सक्रिय राजनितिकमा आउने संकेत, डडेल्धुराबाट लिए क्रियाशिल सदस्य

वि.सं.२०७८ भदौ २४ बिहीवार २१:५९

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवा राजनीतिमा...

कांग्रेस महामन्त्रीमा प्रबक्ता विश्वप्रकाश शर्मा, युवा नेता गगन थापा र प्रदीप पौडेलले उम्मेदवारी दिने तयारी कस्ले मार्लाबाजी

कांग्रेस महामन्त्रीमा प्रबक्ता विश्वप्रकाश शर्मा, युवा नेता गगन थापा र प्रदीप पौडेलले उम्मेदवारी दिने तयारी कस्ले मार्लाबाजी

वि.सं.२०७८ भदौ २४ बिहीवार १८:५१

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको आउँदाे...

एमाले संसदीय दलको बैठक जारि

एमाले संसदीय दलको बैठक जारि

वि.सं.२०७८ भदौ २३ बुधवार ११:४८

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले संसदीय दलको...