back

सर्वदलीय बैठक निष्कर्ष विहीन

sivam siment- long add

काठमाडौं । सभामुख अग्नि सापकोटाले बोलाउनुभएको सर्वदलीय बैठक विना निष्कर्ष सकिएको छ । नेकपा एमालेले संसदमा गरिरहेको अवरोध हटाउन सभामुख सापकोटाले शीर्ष नेताहरूको बैठक डाक्नुभएको थियो तर एमालेका कुनै पनि प्रतिनिधि बैठकमा नपुग्दा कुनै निष्कर्ष निस्कन सकेन ।

आजको छलफलमा सबैजसो दलका नेताहरूले एमालेसँग सभामुखले छलफल गर्नुपर्ने र सहमति गरेर संसद् चलाउनुपर्ने सुझाव दिएका छन् । मुख्य विवाद रहेको एमाले नै बैठकमा नआएपछि कुनै निष्कर्ष ननिस्किएको लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले जानकारी दिनुभयो ।

सबै नेताले सभामुखले सक्रियता बढाएर एमालेसँग संवाद गर्नुपर्ने सुझाव दिनुभएको ठाकुरले बताउनुभयो । 

अध्यक्ष ठाकुरले भन्नुभयो, ‘सभामुखजीले प्रयास गर्दै रहनुपर्छ, आजको बैठक निस्कर्षविहीन भएको छ, सभामुखजीले म प्रयास गर्दै थिएँ, फेरि पनि म प्रयास गरिरहन्छु भन्नुभएको छ ।’

माधव नेपालसहित १४ सांसदलाई सभामुखले कारबाही नगरेको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले ती सांसदलाई कारबाही नगरेसम्म संसद् चल्न नदिने भन्दै संसदमा अवराेध गर्दै आएको छ ।  

ime pay- long

ime pay- long
सुकुम्बासी आयोगको अध्यक्षमा निरौला नियुक्त

सुकुम्बासी आयोगको अध्यक्षमा निरौला नियुक्त

वि.सं.२०७८ भदौ ३१ बिहीवार ०७:१९

काठमाडौं । सरकारले केशव निरौलाको अध्यक्षतामा राष्ट्रिय भूमि आयोग...

सभामुखद्वारा शीर्ष नेताको बैठक आह्वान

सभामुखद्वारा शीर्ष नेताको बैठक आह्वान

वि.सं.२०७८ भदौ २७ आइतवार १५:५५

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद अवरोध अन्त्य गर्ने...

एमाले सांसदले नाराबाजी गरेपछि संसद् बैठक भदौ २९ गतेसम्मका लागि स्थगित

एमाले सांसदले नाराबाजी गरेपछि संसद् बैठक भदौ २९ गतेसम्मका लागि स्थगित

वि.सं.२०७८ भदौ २७ आइतवार १५:२८

काठमाडौं । प्रतिनिधिसभाको बैठक भदाै २९ गतेसम्मका लागि स्थगित...

देउवा पुत्र सक्रिय राजनितिकमा आउने  संकेत, डडेल्धुराबाट लिए क्रियाशिल सदस्य

देउवा पुत्र सक्रिय राजनितिकमा आउने संकेत, डडेल्धुराबाट लिए क्रियाशिल सदस्य

वि.सं.२०७८ भदौ २४ बिहीवार २१:५९

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवा राजनीतिमा...

कांग्रेस महामन्त्रीमा प्रबक्ता विश्वप्रकाश शर्मा, युवा नेता गगन थापा र प्रदीप पौडेलले उम्मेदवारी दिने तयारी कस्ले मार्लाबाजी

कांग्रेस महामन्त्रीमा प्रबक्ता विश्वप्रकाश शर्मा, युवा नेता गगन थापा र प्रदीप पौडेलले उम्मेदवारी दिने तयारी कस्ले मार्लाबाजी

वि.सं.२०७८ भदौ २४ बिहीवार १८:५१

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको आउँदाे...

एमाले संसदीय दलको बैठक जारि

एमाले संसदीय दलको बैठक जारि

वि.सं.२०७८ भदौ २३ बुधवार ११:४८

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले संसदीय दलको...