back

अनेरास्ववियु अध्यक्षमा सुनिता बराल

3.13K
shares
sivam siment- long add

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु अध्यक्षको जिम्मेवारी सुनिता बराललाई दिइएको छ । ललितपुरमा रहेकाे तुलसीलाल स्मृति प्रतिष्ठानमा आज शनिवार भएको केन्द्रीय सचिवालय बैठकले केन्द्रीय कमिटीलाई पुनर्गठन गर्दै बराललाई अध्यक्षमा निर्वाचित गरेको हो । 

निवर्तमान अध्यक्ष ऐन महरले बैठकमा राजीनामा दिएपछि बरालको अध्यक्षतामा चार सय ६ सदस्यीय केन्द्रीय कमिटी पुनर्गठन गरिएको सचिवालय सदस्य नारायण घर्तीले जानकारी दिनुभयो ।

पुनर्गठित केन्द्रीय कमिटीले नै आउँदाे अखिलको २३ औँ महाधिवेशन गराउने उहाँले बताउनुभयो । यस्तै उहाँका अनुसार बैठकले आउँदाे चैत २४ देखि २६ गतेसम्म अखिलको २३ औँ महाधिवशेन गर्ने निर्णय गरेको छ । अहिलेको महाधिवेशन विसं २०७३ यता हुनसकेको थिएन ।

नवनिर्वाचित अध्यक्ष बराल अखिलको केन्द्रीय सदस्य, सचिवालय सदस्य, सचिव र उपाध्यक्ष भइसक्नुभएको छ । उहाँ अखिलमा महिलाबाट अध्यक्ष बन्ने तेस्रो हुनुहुन्छ । यसअघि रामकुमारी झाँक्री र नवीना लामा पनि अखिलको अध्यक्ष भइसकेका छन् । 

त्यस्तै सङ्गठनको वरिष्ठ उपाध्यक्षमा आरसी लामिछाने र महासचिवमा समिक बडालले जिम्मेवारी पाएका छन् । अखिलबाट निवर्तमान अध्यक्ष ऐन महर, उपाध्यक्ष रश्मी आचार्य, महेश बर्तौला र शैलेश लामाले बिदा लिएका छन् । 

ime pay- long

ime pay- long
अमेरिकामा गिरिजाबाबुको १३औँ स्मृति दिवस मनाइयो

अमेरिकामा गिरिजाबाबुको १३औँ स्मृति दिवस मनाइयो

वि.सं.२०७९ चैत ८ बुधवार १०:२९

न्यूयोर्क , अमेरिका । नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रणी नेता...

काठमाडौं महान पालिकाका जनप्रतिनिधिले थपे आफ्नै सेवासुविधा

काठमाडौं महान पालिकाका जनप्रतिनिधिले थपे आफ्नै सेवासुविधा

वि.सं.२०७९ फागुन ४ बिहीवार १५:०२

काठमाडौं । काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिले संघीय र प्रदेश ऐन...

रविन्द्रनारायण श्रेष्ठ नेपाली कांग्रेस दोलखा जिल्लाको आमन्त्रित सदस्यमा मनोनित

रविन्द्रनारायण श्रेष्ठ नेपाली कांग्रेस दोलखा जिल्लाको आमन्त्रित सदस्यमा मनोनित

वि.सं.२०७९ माघ २९ आइतवार २१:३८

काठमाडौँ । काठमाडौँको चावहिल स्थित एक होटेलमा एक कार्यक्रमको...

उर्मिला अर्याल बनिन् राष्ट्रियसभा उपाध्यक्ष

उर्मिला अर्याल बनिन् राष्ट्रियसभा उपाध्यक्ष

वि.सं.२०७९ माघ २३ सोमवार १३:३२

काठमाडौँ । राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी सांसद...

राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीले बुझाए राजीनामा

राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीले बुझाए राजीनामा

वि.सं.२०७९ माघ २२ आइतवार २२:००

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरूले प्रधानमन्त्री...

सांसद चौधरी जेल चलान

सांसद चौधरी जेल चलान

वि.सं.२०७९ माघ २० शुक्रवार ११:०७

धनगढी । १३ वर्ष पुरानो आगजनीको घटनामा ६ महिना...