back

एकीकृत समाजवादीकै समर्थनमा विश्वासकाे मत पाउँछु : अष्टलक्ष्मी शाक्य

2.12K
shares
sivam siment- long add

महाेत्तरी । वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेकपा (एकीकृत समाजवादी) को सहयोगमा आफूले विश्वासको मत प्राप्त गर्ने बताउनुभएको छ । महोत्तरीको बर्दिबासमा आज शनिवार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले आफू एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालकै सहयोगमा मुख्यमन्त्री बनेको जिकिर गर्नुभयो ।  

वाग्मती प्रदेशमा आफ्नो सरकार अल्पमतमै रहे पनि एकीकृत समाजवादीका प्रदेश सभा सदस्यहरूको सहयोगमा केही दिनमै विश्वासको मत पाउनेमा ढुक्क रहेको मुख्यमन्त्री शाक्यले बताउनुभयो । एकीकृत समाजवादीका कारण आफ्नो सरकार अल्पमतमा परेको र पुनः त्यही पार्टीको सहयोग र समर्थनमा आफूले बहुमत सिद्ध गर्ने उहाँको भनाइ थियो ।

नेता नेपालको नेकपा (एमाले) लाई मजबुत बनाउनमा महत्त्वपूर्ण योगदान दिएको र उहाँले छुट्टै पार्टी स्थापना गरेपछि एमाले कमजोर भएको मुख्यमन्त्री शाक्यले बताउनुभयो । उहाँले पुनः नेता नेपाललाई एमालेमै फर्किन आग्रह गर्दै आएको बताउनुभयो । एमालेलाई देशको ठूलो पार्टी बनाउन सबैले आ–आफ्नो अडान छाड्नुपर्नेमा शाक्यले जोड दिनुभयो ।

ime pay- long

ime pay- long
अमेरिकामा गिरिजाबाबुको १३औँ स्मृति दिवस मनाइयो

अमेरिकामा गिरिजाबाबुको १३औँ स्मृति दिवस मनाइयो

वि.सं.२०७९ चैत ८ बुधवार १०:२९

न्यूयोर्क , अमेरिका । नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रणी नेता...

काठमाडौं महान पालिकाका जनप्रतिनिधिले थपे आफ्नै सेवासुविधा

काठमाडौं महान पालिकाका जनप्रतिनिधिले थपे आफ्नै सेवासुविधा

वि.सं.२०७९ फागुन ४ बिहीवार १५:०२

काठमाडौं । काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिले संघीय र प्रदेश ऐन...

रविन्द्रनारायण श्रेष्ठ नेपाली कांग्रेस दोलखा जिल्लाको आमन्त्रित सदस्यमा मनोनित

रविन्द्रनारायण श्रेष्ठ नेपाली कांग्रेस दोलखा जिल्लाको आमन्त्रित सदस्यमा मनोनित

वि.सं.२०७९ माघ २९ आइतवार २१:३८

काठमाडौँ । काठमाडौँको चावहिल स्थित एक होटेलमा एक कार्यक्रमको...

उर्मिला अर्याल बनिन् राष्ट्रियसभा उपाध्यक्ष

उर्मिला अर्याल बनिन् राष्ट्रियसभा उपाध्यक्ष

वि.सं.२०७९ माघ २३ सोमवार १३:३२

काठमाडौँ । राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी सांसद...

राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीले बुझाए राजीनामा

राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीले बुझाए राजीनामा

वि.सं.२०७९ माघ २२ आइतवार २२:००

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरूले प्रधानमन्त्री...

सांसद चौधरी जेल चलान

सांसद चौधरी जेल चलान

वि.सं.२०७९ माघ २० शुक्रवार ११:०७

धनगढी । १३ वर्ष पुरानो आगजनीको घटनामा ६ महिना...