नागार्जुन ३ का वडा अध्यक्ष प्रेमलाल श्रेष्ठलाई टिकट नदिदा स्थानीय जनताको आँखामा आँशु
shares

काठमाडौँ । राम्रो काम गर्दा गर्दै पनि आसन्न स्थानीय चुनावमा उम्मेद्वार हुन बाट प्रेमलाल श्रेष्ठ बन्चित भएका छन् । प्रेमलालले टिकट नपाएसँगै स्थानीय जनता आक्रोसीत र दुखी भएका छन् ।
उनको ५ बर्षे कार्यकाल सुखद र फलदायी हुदाँ हुदैँ पनि पार्टिले उनलाई टिकट नदिएको गुनासो स्थानीयवासीहरुको रहेको छ । आज बृद्ध भत्ता बितरण गर्ने बैकको हाता भित्र केहि बृद्ध, बद्धाहरुले प्रेमलाल वडा अध्यक्ष मात्र नभएर बेसाहाराको साहारा, निमुखाको बोली दिने मुख र हाम्रो लागि त आफ्नो छोरा समानको भएको बताएका छन् ।
एक बृद्धा त प्रेमलालले टिकट नपाएको सुन्ना साथ आँखाबाट आशु झारेर रोएका थिए । यति लोकप्रिय र जनताका प्यारो व्यक्तिलाई टिकट नदिनु भनेको सिङ्गो नागार्जुन ३ वडालाई नै अन्याय भएको कुरा एक बृद्धले बृद्ध भत्ता थाप्दै अमिलो मुख गर्दै दुखेसो पोखेका थिए ।
सबैको दुःख सुखका सारथी प्रेमलाई टिकट नदिनु भनेको हामी बृद्धबृद्धाहरुलाई साहारा बिहिन बनाउनु हो, भनेर केहि स्थानीयले दुख व्यक्त गरे ।
वडा कार्यालयमा प्रेमलाल जस्तो व्यक्ति चाहिने तर्क पनि सिङ्गो वडावासीहरुको रहेको छ ।
वि.सं.२०७९ वैशाख १५ बिहीवार २०:४८