back

शेखर कोइराला पक्षको माग– सरकारमाथि भ्रष्टाचारको आरोप लागेको छ, गम्भीर समीक्षा हुनुपर्छ

756
shares
sivam siment- long add

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसको शेखर कोइराला पक्षले सोमबारदेखि सुरु हुने पार्टी केन्द्रीय समिति बैठकमा सरकारको काम, कारबाहीबारे गम्भीर समीक्षा गर्ने एजेन्डा तय गरेको छ ।

आइतबार काठमाडौंको विशालनगरमा बसेको कोइराला पक्षको बैठकले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारको काम कारबाहीबारे केन्द्रीय समिति बैठकमा समीक्षा गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

पार्टी नेतृत्वको सरकारमाथि भ्रष्टाचारको आरोप लागेकाले सरकारको काम कारबाहीबारे गम्भीर समीक्षा गरिनुपर्ने नेता चन्द्र भण्डारीले बताए ।

“भोलिदेखि हुने केन्द्रीय समिति बैठकमा स्थानीय तह र सरकारको गम्भीर समीक्षा हुनुपर्छ । सरकारले ल्याएको बजेटले पारेको असरको बारेमा पनि छलफल हुनुपर्छ । पार्टीलाई विधिवत तरिकाले चलाउने कुराहरूमा पनि केन्दीय समिति बैठकमा छलफल गर्ने, कांग्रेसलाई कसरी बलियो बनाउने, आगामी चुनावमा कांग्रेस कसरी जाने ? र, गठबन्धनका बारेमा पनि अझ बृहत्तर रूपमा पार्टीलाई फाईदा पुग्ने तरिकाले छलफल गर्ने भन्ने विषयमा कुरा भयो । पार्टीको भ्रातृ संस्थाहरूदेखि विभागसम्मको गठनको कामलाई समयमै गर्नुपर्छ भन्ने विषयमा पनि छलफल हुन्छ,” उनले भने ।

कोइराला पक्षले सरकारले ल्याएको बजेटबारे पनि असन्तुष्टि व्यक्त गर्दै आएको छ । त्यसैगरी पार्टी सभापतिसमेत रहेका देउवाले पार्टीलाई विधिवत रूपमा अघि बढाउन नसकेको कोइराला पक्षको आरोप छ ।

बैठकका पार्टीका उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, नेता डा. रामशरण महतलगायतको सहभागिता रहेको थियो ।  

ime pay- long

ime pay- long
रास्वपा भीमेश्वर नगरपालिका वडा नम्बर ७ काठमाडौ उपत्यका सम्पर्क विभागका गठन

रास्वपा भीमेश्वर नगरपालिका वडा नम्बर ७ काठमाडौ उपत्यका सम्पर्क विभागका गठन

वि.सं.२०८० साउन २१ आइतवार १०:५३

काठमाडौँ । रास्वपा भीमेश्वर नगरपालिका वडा नम्बर ७ काठमाडौ...

रास्वपा भीमेश्वर नगरपालिका वडा नम्बर २ काठमाडौ उपत्यका सम्पर्क विभागका गठन

रास्वपा भीमेश्वर नगरपालिका वडा नम्बर २ काठमाडौ उपत्यका सम्पर्क विभागका गठन

वि.सं.२०८० साउन २० शनिवार २१:०३

काठमाडौँ। रास्वपा भीमेश्वर नगरपालिका वडा नम्बर २ काठमाडौ उपत्यका...

बृहत नगर भेला भब्य रुपमा सम्पन्न

बृहत नगर भेला भब्य रुपमा सम्पन्न

वि.सं.२०८० साउन २० शनिवार २०:५१

काठमाडौँ । रास्ट्रिय स्वतन्त्र पार्टी भीमेश्वर नगरपालिका-काठमाडौँ उपत्यका विभागको...

रास्वपा भीमेश्वर-काठमाडौँ बृहत नगर भेलाको तयारी पुरा

रास्वपा भीमेश्वर-काठमाडौँ बृहत नगर भेलाको तयारी पुरा

वि.सं.२०८० साउन १८ बिहीवार २१:५७

काठमाडौँ। रास्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौँ उपत्यकामा बसोबास गर्नु हुने...

सोविता गौतमसगै ५ जनाले जितिन् प्रभावशाली युवा राजनीतिज्ञको अन्तर्राष्ट्रिय अवार्ड

सोविता गौतमसगै ५ जनाले जितिन् प्रभावशाली युवा राजनीतिज्ञको अन्तर्राष्ट्रिय अवार्ड

वि.सं.२०८० साउन ४ बिहीवार २२:४५

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले चार देशका...

राष्ट्रिय स्वतन्त्र पाटीको काठमाडौं–दोलखा सम्पर्क भेला भब्यरुपमा सम्पन्न ।

राष्ट्रिय स्वतन्त्र पाटीको काठमाडौं–दोलखा सम्पर्क भेला भब्यरुपमा सम्पन्न ।

वि.सं.२०८० असार १६ शनिवार २२:३९

बिके पासा, काठमाडौँ । पहिलो ऎतिहासिक रास्वपा दोलखा काठमाडौ...