back

गण्डकी प्रदेशमा माओवादीले टुङ्गो लगायो तीन मन्त्रीको नाम

sivam siment- long add

पोखरा । गण्डकी प्रदेश माओवादी केन्द्रले सरकारमा जाने तीनजना मन्त्रीको टुङ्गो लगाएको छ । बिहीबार बसेको माओवादीको बैठकले सरकारमा जाने थप तीनजना सांसदको नाम सिफारिस गरेको हो ।

नयाँ सरकार गठन भएको झण्डै डेढ महिना वितिसक्दा समेत सत्तारुढ दलबीच मन्त्रालयको भागबण्डा र पार्टीका तर्फबाट मन्त्री हुनेको टुङ्गो लगाउन नसक्दा मन्त्रिपरिषद विस्तार हुन सकेको थिएन ।

कास्कीका रामजी बराल, स्याङ्जाका दीपक चर्तीमगर र बागलुङका चन्द्रबहादुर बुढालाई मन्त्री बनाउन माओवादीले सिफारिस गरेको हो ।

मन्त्री बन्ने तीन जनाको नाम सिफरिस गरिएको माओवादीका सांसद दिपक कोइरालाले जानकारी दिए । सांसद कोइरालाकाअनुसार अर्थ रामजी बराल, वन तथा वातावरण मन्त्रालय दीपक चर्तीमगर र कृषि मन्त्रालय चन्द्रबहादुर बुढाले सम्हाल्नेछन् ।

उनीहरूको शपथ शुक्रबार दिउँसो १ बजेका लागि तय भएको छ । माओवादी केन्द्रबाट यसअघि नै मधुमाया अधिकारी गुरुङ स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारीमा गइसकेकी छन् । काँग्रेस र माओवादीले अर्थ र भौतिक तथा योजना मन्त्रालय आ–आफ्नो पार्टीले पाउनुपर्ने दावी गर्दै आएका थिए । काँग्रेसले मुख्यमन्त्री पाइसकेकाले माओवादीले आफूलाई भौतिक मन्त्रालय पाउनुपर्ने दावी गर्दै आएको थियो । काँग्रेसले माओवादीलाई अर्थ मन्त्रालय दिएर भौतिक तथा योजना मन्त्रालय आफनो भागमा राख्न चाहेका कारण लामो समयदेखि मन्त्रिमण्डल गठनमा ढिलाई भएको थियो ।

माओवादीले मन्त्रीको टुङ्गो लगाएपछि अब काँग्रेसबाट मन्त्री बन्नेको टुंगो पनि आजै लाग्ने सम्भावना छ । गत जेठ २९ गते गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका थिए । लामो समयसम्म दलहरुबीच मन्त्रालयको बाँडफाँडमा सहमति जुट्न नसक्दा डेढ महिनापछि मात्र मन्त्रीको टुंगो लागेको हो ।

ime pay- long

ime pay- long
सुकुम्बासी आयोगको अध्यक्षमा निरौला नियुक्त

सुकुम्बासी आयोगको अध्यक्षमा निरौला नियुक्त

वि.सं.२०७८ भदौ ३१ बिहीवार ०७:१९

काठमाडौं । सरकारले केशव निरौलाको अध्यक्षतामा राष्ट्रिय भूमि आयोग...

सर्वदलीय बैठक निष्कर्ष विहीन

सर्वदलीय बैठक निष्कर्ष विहीन

वि.सं.२०७८ भदौ २८ सोमवार १९:१४

काठमाडौं । सभामुख अग्नि सापकोटाले बोलाउनुभएको सर्वदलीय बैठक विना...

सभामुखद्वारा शीर्ष नेताको बैठक आह्वान

सभामुखद्वारा शीर्ष नेताको बैठक आह्वान

वि.सं.२०७८ भदौ २७ आइतवार १५:५५

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद अवरोध अन्त्य गर्ने...

एमाले सांसदले नाराबाजी गरेपछि संसद् बैठक भदौ २९ गतेसम्मका लागि स्थगित

एमाले सांसदले नाराबाजी गरेपछि संसद् बैठक भदौ २९ गतेसम्मका लागि स्थगित

वि.सं.२०७८ भदौ २७ आइतवार १५:२८

काठमाडौं । प्रतिनिधिसभाको बैठक भदाै २९ गतेसम्मका लागि स्थगित...

क्योकुशिन–सेईसिन काईकान कराँते संघको २ नं. प्रदेश कमिटी गठन

क्योकुशिन–सेईसिन काईकान कराँते संघको २ नं. प्रदेश कमिटी गठन

वि.सं.२०७८ भदौ २७ आइतवार ०७:३७

बिरगञ्ज । हिजो शनिवार एक कार्यक्रमको आयोजना गरि क्योकुशिन–सेईसिन...

देउवा पुत्र सक्रिय राजनितिकमा आउने  संकेत, डडेल्धुराबाट लिए क्रियाशिल सदस्य

देउवा पुत्र सक्रिय राजनितिकमा आउने संकेत, डडेल्धुराबाट लिए क्रियाशिल सदस्य

वि.सं.२०७८ भदौ २४ बिहीवार २१:५९

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवा राजनीतिमा...