back

नगर न्यायिक समितिले एक वर्षमा ६० वटा विवाद समाधान गरे : भीमेश्वर नगरपालिका

4K
shares
sivam siment- long add

महेन्द्र श्रेष्ठ, दोलखा । भीमेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय भीमेश्वरकाे न्यायिक समितिले एक वर्षको अवधिमा ६० वटा विवाद निरुपण गरेको छ । आर्थिक वर्ष ०७७/७८ मा भीमेश्वर नगरपालिकाको न्यायिक समितिले ६० वटा विवाद निरुपण गरेको भिमेश्रर नगरपालिका उप प्रमुख न्यायिक समितिका संयोजक कमला बस्नेतले बताएका हुन् ।

एक वर्षको अवधिमा न्यायिक समितिमा ९२ वटा उजुरी परेको थियो । जसमा ६० वटा विवाद मेलमिलापको माध्यमबाट समाधान गरेको संयोजक बस्नेतले बताएका हुन् । ३२ वटा विवाद मेलमिलापकै माध्यमबाट छलफल गराउनका लागि विचाराधीन अवस्थामा रहेको उनले जानकारी गराएका छन् । विचाराधीन ३२ वटा मुद्धा विभिन्न प्रकृतिका रहेका छन् ।

न्यायिक समितिमा जग्गाको साध सिमानाको विवाद, घर जग्गा मिचि घर बनाएको, लेनदेन, हातपात गरि गाली गलौज गरेको, बाटो खन्ने कार्य रोकी पाउन, घर निर्माण कार्य गर्न नदिएको सम्बन्धि, घरमा जाने बाटो नदिएको, सार्वजनिक जग्गा मिचेको, कोठा खालि गरि पाउ, मन्दिर जोगाई पाउन, घर निर्माण लागत रकम असुली गरि पाउ, कामदारको ज्याला दिलाई पाउ, चर्पि निर्माण कार्य रोक्का गरि पाउ, निर्माणधीन घर रोक्का गरि पाउ, विद्यालय जाने बाटो बन्द गरिएकोमा खुलाई पाउ, छानबिन गरि आवश्यक प्रकृयालाई अगाडी बढाई पाउ (स्कुल प्रकरण) लगाएतका उजुरी परेको भीमेश्वर नगरपालिकाका सामाजिक बिकास शाखाका बरिष्ठ अधिकृत न्यायिक समितिका सहजकर्ता नारायण सेडाईले बताएका छन् ।

भीमेश्वर नगरपालिका सामाजिक सद्भाव, मेलमिलाप, शान्ति र अमन चयनमा अभिवृद्धि गर्न, नगरबासी जनतालाई अदालत धाउदा हुने आर्थिक व्यय भार, अनुत्पादक खर्च, दुःख हैरानीलाई कमि गर्नको लागि न्यायिक समितिले काम गरिरहेको संयोजक बस्नेतले बताएका हुन् । स्थानीय स्तरबाट मेलमिलापको प्रकृयाबाट जनतालाई परेको पीर मार्काको उजुरीमा विवाद निरुपण गरि न्यायिक समितिले दुवै पक्षहरुलाई झिकाई अधिकतम प्रयत्नबाट मेलमिलाप गराउन लगाई विवाद समाधान गर्दै आएको न्यायिक समिति संयोजक बस्नेतले बताएका छन् । साथै उनले नगरभित्र देवानी प्रकृतिका कुनै पनि विवाद भए न्यायिक समितिमा आउन आग्रह समेत गरेका छन् ।

ime pay- long

ime pay- long
समाजसेवाका पर्यावाची नाम हुन् सुनिता र ईशा

समाजसेवाका पर्यावाची नाम हुन् सुनिता र ईशा

वि.सं.२०८० चैत ६ मंगलवार १४:११

काठमाडौ । कसैलाई दुख पर्यो या कसैले सहयोगको याचना...

द्रुत बसको सेवा अनलाइनमार्फत लिन सकिने

द्रुत बसको सेवा अनलाइनमार्फत लिन सकिने

वि.सं.२०८० पुस ४ बुधवार ०८:२६

काठमाडौं। काठमाडौँको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म सुरु भएको द्रुत बस सेवाको...

छिजी द्वाल्खा डोवरबाट मिस नेवाः फस्ट रनर अप ११४३ विजेता रिधिशा श्रेष्ठलाई सम्मान

छिजी द्वाल्खा डोवरबाट मिस नेवाः फस्ट रनर अप ११४३ विजेता रिधिशा श्रेष्ठलाई सम्मान

वि.सं.२०८० असोज २८ आइतवार १२:३४

बिके पासा, काठमाडौं । मिस नेवाः फस्ट रनर अप...

मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालको सम्मान तथा स्वागत कार्यक्रम

मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालको सम्मान तथा स्वागत कार्यक्रम

वि.सं.२०८० असोज १ सोमवार १२:५६

काठमाडौँ । मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालले...

काठमाडौं फोटोग्राफर संघको साधारण सभा सम्पन्न

काठमाडौं फोटोग्राफर संघको साधारण सभा सम्पन्न

वि.सं.२०८० असोज १ सोमवार १२:२३

काठमाडौं । काठमाडौं फोटोग्राफर संघको १५ औँ साधारण सभा एवम्...

साहस, मेहनत र लगनशीलताले सफलताको बाटो चुम्न सके – बिन्दु  श्रेष्ठ सफल व्यवसायी तथा समाजसेवी

साहस, मेहनत र लगनशीलताले सफलताको बाटो चुम्न सके – बिन्दु श्रेष्ठ सफल व्यवसायी तथा समाजसेवी

वि.सं.२०८० भदौ २ शनिवार १६:०४

✍ समिर समर्पण। व्यवसायी तथा समाजसेवी बिन्दु श्रेष्ठले आफ्नो...