back

स्वर्गीय दिलिपकुमार श्रेष्ठको स्मृतिमा १ लाख १ हजार १ सय ११ रुपैयाँको अक्षयकोष स्थापना

7.3K
shares
sivam siment- long add

खाँदबारी । स्वर्गीय दिलिप कुमार श्रेष्ठको स्मृतिमा १ लाख १ हजार १ सय ११ रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ । नेवारी सँस्कृति परम्परागत गाईजात्रा पर्वको अवसर पारेर भेनस होटलमा उक्त रकमबाट अक्षयकोष स्थापना गरिने जानकारी गराएको हो ।

संखुवासभा जिल्ला खाँदबारी वडा नंं १ निवासी स्व.चन्द्रलाल श्रेष्ठ र स्व. कृष्ण लक्ष्मी श्रेष्ठका स्वर्गीय छोरा दिलिप कुमार श्रेष्ठको नामबाट खाँदबारी नगरपालिका वडा नं. ८ पिप्ले स्थित श्री आदर्श माध्यमिक बिद्यालयमा अध्ययनरत कक्षा ५ र ८ का बिद्यार्थीहरुलाई लागि छात्रवृत्ति दिने घोषणा गरिएको छ ।

हरेक बर्ष हुने बार्षिक परिक्षामा प्रथम हुने बिद्यार्थीलाई शिक्षाको क्षेत्रमा योगदान पुग्ने हेतुले हाल १ लाख १ हजार १ सय ११ रुपैयाँको अक्षयकोष खोलि त्यसबाट आउने ब्याजबाट २ जना बिद्यार्थीलाई बार्षिक ३ हजार ५ सयका दरले छात्रवृति दिने जानकारी गराएको छ ।

उक्त छात्रवृत्ति घोषणा कार्यक्रमा स्वर्गीय दिलिप कुमार श्रेष्ठ र छात्रवृत्तिको बारेमा जानकारी दिदै कलाकार संघ संखुवासभाको अध्यक्ष जयन्द्र शाक्यले २०७८ सालको दिलिप कुमार श्रेष्ठ छात्रवृत्ति श्री आदर्श माध्यमिक बिद्यालयको बार्षिक उत्सबमा यहि भाद्र २१ गतेका दिन छात्रवृति रकम कक्षा ५ र कक्षा ८ मा प्रथम हुने बिद्यार्थीलाई प्रमाण पत्र सहित बितरण गरिने छ ।

भविष्यमा परिवारका सदस्यहरुबाट अक्षय कोषको रकम बृध्दि गरिने कुरा सम्वन्धित दाताबाट जानकारी गराउनु भएको छ ।
दिलिप कुमार श्रेष्ठ छात्रवृति अक्षय कोष १ लाख १ हजार १ सय ११ रुपैयाको चेक स्व. दिलिप कुमार श्रेष्ठकी धर्मपत्नी मिनाकुमारी श्रेष्ठबाट श्री आदर्श माध्यमिक बिद्यालय ब्यबस्थापन समितिको अध्यक्ष चन्द्रमणि खत्रीलाई हस्तान्तरण गर्नु भएको छ ।

दिलिप कुमार श्रेष्ठ छात्रवृतिको स्थापना गरिदिनु हुने संरक्षक स्व.दिलिप कुमार श्रेष्ठको भाई÷बहिनि बाल कृष्ण श्रेष्ठ (अमेरिका ) ,चन्द्र किरण श्रेष्ठ (अमेरिका ) पार्वती श्रेष्ठ (अमेरिका ), तुम्ला श्रेष्ठ (चन्द्रगढी ,झापा ) , राज कुमार श्रेष्ठ (अस्ट्रेलिया ) मा रहनु भएको छ ।
कार्यक्रममा स्व. दिलिप कुमार श्रेष्ठको बारेमा श्री आदर्श माध्यमिक बिद्यालय ब्यबस्थापन समितिको अध्यक्ष चन्द्रमणि खत्री र शाक्य

समाज खाँदबारीको अध्यक्ष तथा संखुवासभा कम्युनिटी अफ यु एस ए अमेरिकाको संखुवासभा जिल्ला कोडिनेटर किरण कुमार शाक्यले बोल्नु भएको थियो ।
कोभिड महामारीको कारण स्वास्थ्य सुरक्षा मापदण्ड सतर्कता अपनाई भिडभाड नगरी सिमित ब्यक्तिको उपस्थितिमा दिलिप कुमार श्रेष्ठ छात्रवृति घोषणा कार्यक्रममा श्री आदर्श माध्यमिक बिद्यालय प्रतिनिधि , नेवाः देय संखुवासभा , शाक्य समाज खाँदबारी , स्थानीय कलाकार , गोवा फाउण्डेसन, भेनस होटल खाँदबारी तथा परिवाजनको मात्र उपस्थिति रहेको थियो ।

घोषणा कार्यक्रम पछि स्थानीय कलाकारहरुले स्व. दिलिपकुमार श्रेष्ठको बारेमा भजन प्रस्तुत गरिएको थियो । कार्यक्रम सफल बनाइ दिनु भएकोमा स्व. दिलिप कुमार श्रेष्ठका छोरा बिनोदकुमार श्रेष्ठ , रमोद श्रेष्ठ छोरी सबिता महर्जनले सबैलाई धन्यवाद दिनु भएको छ ।

समय साान्दर्भिक परिवार स्वर्गीय आत्माको चीर शान्तिको कामना गर्दै , सामाजिक कार्यको उच्च सम्मान सहित आगामी सामाजिक यात्रा सुखद रहोस् भनी कामना गर्दछौँ ।

ime pay- long

ime pay- long
गिरिजाप्रसाद कोईरालाको १३ औ स्मृति दिवसको  अवसरमा रक्तदान कार्यक्रम

गिरिजाप्रसाद कोईरालाको १३ औ स्मृति दिवसको अवसरमा रक्तदान कार्यक्रम

वि.सं.२०७९ चैत ७ मंगलवार १६:३८

दोलखा । लोकतान्त्रिक गणतन्त्रका प्रथम राष्ट्रपति स्व.गिरिजाप्रसाद कोईरालाको १३...

अनुराधा श्रेष्ठ ‘राष्ट्रिय नारी सम्मान २०७९’ बाट  सम्मानित

अनुराधा श्रेष्ठ ‘राष्ट्रिय नारी सम्मान २०७९’ बाट सम्मानित

वि.सं.२०७९ फागुन २४ बुधवार १४:१२

अनुराधा श्रेष्ठ राष्ट्रिय नारी सम्मान २०७९ बाट सम्मानित भएका...

इन्जा डे को अवसर पारेर फरक विधामा पत्रकारिता पुरस्कार प्रदान

इन्जा डे को अवसर पारेर फरक विधामा पत्रकारिता पुरस्कार प्रदान

वि.सं.२०७९ फागुन १८ बिहीवार ०८:२३

काठमाडौँ । इन्जा डे को अवसर पारेर बिभिन्न विधामा...

डा. सन्दुक रुइतलाई बहराइनका राजाबाट १४ करोडको ‘इशा अवार्ड’ प्रदान

डा. सन्दुक रुइतलाई बहराइनका राजाबाट १४ करोडको ‘इशा अवार्ड’ प्रदान

वि.सं.२०७९ फागुन ९ मंगलवार २३:२१

काठमाडौँ । नेपालका वरिष्ठ नेत्र विशेषज्ञ डाक्टर सन्दुक रुइतलाई...

चन्द्र भण्डारीलाई मुम्बई लैजान विमान तयारी अवस्थामा, डाक्टर पनि सँगै जाने

चन्द्र भण्डारीलाई मुम्बई लैजान विमान तयारी अवस्थामा, डाक्टर पनि सँगै जाने

वि.सं.२०७९ फागुन ४ बिहीवार १५:०५

काठमाडौँ । ग्यास विस्फाेटबाट घाइते हुनुभएका सांसद चन्द्र भण्डारीलाई...

सरकारले विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि परिमार्जन गर्ने

सरकारले विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि परिमार्जन गर्ने

वि.सं.२०७९ माघ २९ आइतवार १४:१२

काठमाडौँ । सरकारले विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन सम्बन्धी कार्यविधि परिवर्तन...