back

काठमाडौँको फाेहर भोलिसम्म उठाइसक्ने

726
shares
sivam siment- long add

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले काठमाडौँ उपत्यकाका सडकको छेउछाउमा थुपारेर राखिएकाे फाेहर धमाधम उठाउन थालेको छ । बञ्चरेडाँडामा फाेहर विसर्जन गर्न कुनै अवरोध नभए पछि थुप्रिएका फाेहर धमाधाम उठाउन थालिएको महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार उपत्यकाका सडकमा थुप्रिएका फाेहर उठाउन महानगरले नेपाल रेडक्रस सोसाइटी काठमाडौँ शाखासँग सहकार्य गरेको छ ।

अहिले काठमाडौँको कमलादीमा क्षेत्रका सडकमा थुपारेर राखेका फाेहर हटाइँदैछ । यस्तै, आजै कमलपोखरी क्षेत्रका फाेहर पनि सङ्कलन गरिनेछ । भोलि छुटेका ठाउँहरुको अनुगमन गरी फाेहर उठाइने उहाँले बताउनुभयो । महानगरपालिकाले अहिले कुहिने र नकुहिने फाेहरलाई सडकबाट नछुट्याइ उठाएको छ ।

सडकका फाेहर उठिसके पछि भने कुहिने र नकुहिने फाेहरको वर्गीकरणलाई प्राथमिकता दिइने छ । अहिले घर घरमा फाेहर लिन महानगरपालिकाका गाडी जान थालिसकेका छन् । अहिले दैनिक झन्डै दुई सय वटा फाेहर बोकेका गाडी बञ्चरेडाँडा जाने गरेका छन् ।

गएको शुक्रवारदेखि काठमाडौँबाट नियमित रुपमा फाेहर बोकेका गाडी बञ्चरेडाँडा गइरहेका छन् । दुई महिनादेखि थुप्रिएको फाेहरका कारण उपत्यकामा दुर्गन्ध फैलिएको थियो ।

ime pay- long

ime pay- long
मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालको सम्मान तथा स्वागत कार्यक्रम

मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालको सम्मान तथा स्वागत कार्यक्रम

वि.सं.२०८० असोज १ सोमवार १२:५६

काठमाडौँ । मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालले...

साहस, मेहनत र लगनशीलताले सफलताको बाटो चुम्न सके – बिन्दु  श्रेष्ठ सफल व्यवसायी तथा समाजसेवी

साहस, मेहनत र लगनशीलताले सफलताको बाटो चुम्न सके – बिन्दु श्रेष्ठ सफल व्यवसायी तथा समाजसेवी

वि.सं.२०८० भदौ २ शनिवार १६:०४

✍ समिर समर्पण। व्यवसायी तथा समाजसेवी बिन्दु श्रेष्ठले आफ्नो...

उपचार्थ युबिका जोशीलाई २० हजार आर्थिक सहयोग

उपचार्थ युबिका जोशीलाई २० हजार आर्थिक सहयोग

वि.सं.२०८० साउन ३१ बुधवार २२:४०

काठमाडौँ। ब्लड क्यान्सर जस्तो गम्भीर रोगसंग लडिरहेकी युबिका जोशीलाई...

कार्यविनायक मन्दिरमा चर्चित गायक तथा समाजसेवी योगेश्वर अमात्यले गरे १ सय ८ तोला सुन दान

कार्यविनायक मन्दिरमा चर्चित गायक तथा समाजसेवी योगेश्वर अमात्यले गरे १ सय ८ तोला सुन दान

वि.सं.२०८० साउन २५ बिहीवार १०:३८

काठमाडौं । ललितपुरकाे बुङमतीमा अवस्थित कार्यविनायक मन्दिरमा कार्यविनायक मन्दिरमा...

काठमाडौँ महानगर पालिका वडा न. ३ मा उद्घाटन गरेको २ हप्ता मै बाटोमा देखियो भ्वाङ

काठमाडौँ महानगर पालिका वडा न. ३ मा उद्घाटन गरेको २ हप्ता मै बाटोमा देखियो भ्वाङ

वि.सं.२०८० साउन २५ बिहीवार १०:१८

काठमाडौँ । काठमाडौँ महानगर पालिका वडा नं. ३ अन्तर्गत...

लामाबगर रोल्वालिङ पर्यटन क्षेत्र प्रबर्द्धन सम्बन्धी पत्रकार सम्मेलन सम्पन्न

लामाबगर रोल्वालिङ पर्यटन क्षेत्र प्रबर्द्धन सम्बन्धी पत्रकार सम्मेलन सम्पन्न

वि.सं.२०८० साउन ६ शनिवार २०:५१

काठमाडौँ । दोलखा जिल्लाको उत्तरपूर्वी भागमा अवस्थित लामाबगर रोल्वालिङ...