back

नक्शा बिपरितका अनधिकृत संरचना भत्काउँदै काठमाडौँ महानगर

1.53K
shares
sivam siment- long add

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले मङ्गलबारदेखि नक्सा पास विपरीत निर्माण भएका र नक्साअनुरुप निर्माण भए पनि सोहीअनुसार प्रयोग नगरिएका संरचना हटाउन थालेको छ । नक्सा पास नगरी निर्माण भएका र नक्साअनुरुप निर्माण भए पनि सोहीअनुरुप प्रयोग नगरिएका संरचना अवैध रहेको भन्दै भत्काउन थालिएको हो ।

उक्त अभियानअन्तर्गत हालसम्म बानेश्वरस्थित बानेश्वर कम्प्लेक्सका अवैध संरचना, काठमाडौँ मलका अवैध संरचना, आरबी कम्प्लेक्सका १४ साना पसल र बानेश्वरस्थित अल्फाबिटामा निर्माण गरिएको अवैध संरचना भत्काइएको छ । दरबारमार्गमा रहेका अवैध संरचना पनि तत्काल हटाउन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले निर्देशन दिनुभएको छ । आनाकानी गर्दै आएका ती संरचनामा डोजर चलाउन महानगर बाध्य हुने कामपा नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताउनुभयो ।

नक्साअनुरुप निर्माण नभएका, निर्माण भए पनि सोहीअनुसार प्रयोग नभएका र सार्वजनिक जग्गा मिचेर निर्माण भएका संरचना अवैध ठहर गर्दै कामपाले भत्काउन थालेको हो । हाल बेसमेन्ट र भूमिगत पार्किङ राख्ने शर्तमा कर छुट लिइरहेका ३५ भवन रहेको कामपाले जनाएको छ । ती सबैलाई कानुनी दायरामा ल्याइने छ । “कामपाको ३२सै वडामा निर्माण भएका यस्ता संरचना बाँकी राखिने छैन”, कामपाका प्रमुख साहको सचिवालय सदस्य सुनिल लम्सालले भन्नुभयो ।

संरचना निर्माणका सम्बन्धमा पहिला कागजपत्र देखाउन सम्बन्धित व्यक्तिलाई आग्रह गर्ने र कागजातअनुरुप गलत प्रमाणित भए थप कानुनी प्रक्रिया अपनाइने छ । यसअघि नयाँबानेश्वर क्षेत्रमा पार्किङका लागि बनाइएको स्थानमा राखिएका पसलसमेत हटाइएको स्मरण गराउँदै उहाँले भन्नुभयो, “अब विगतमा झै मनोमानी चल्दैन ।”

अवैध संरचना घरधनीलाई नै भत्काउन वा निर्माण गरिएअनुसार प्रयोग गर्न लगाउने भन्दै कामपाले ३५ दिने सूचना जारी गरेको थियो । सार्वजनिक सूचनाको बेवास्ता गरेपछि अवैध संरचना हटाउन थालिएको हो । यसबाट पार्किङको समस्या समाधानसँगै ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने कामपाको विश्वास छ । सूचना जारी गरेको ३५ दिन बितिसक्दा पनि सम्बन्धित निकाय छलफलमा नआएपछि अवैध संरचना हटाउन थालिएको हो । प्रमुख साहले भन्नुभयो, “अनधिकृत संरचना नबनाउनुहोस्, त्यस्ता संरचना भाडामा लगाउने काम बन्द गर्नुस् ।” अवैध संरचना भत्काउँदा भाडावालालाई हुन गएको समस्या र क्षतिको विषयमा मालिकबाट क्षतिपूर्ति गराउनेतर्फ कामपाले पहल गर्ने जनाएको छ ।

ime pay- long

ime pay- long
समाजसेवाका पर्यावाची नाम हुन् सुनिता र ईशा

समाजसेवाका पर्यावाची नाम हुन् सुनिता र ईशा

वि.सं.२०८० चैत ६ मंगलवार १४:११

काठमाडौ । कसैलाई दुख पर्यो या कसैले सहयोगको याचना...

छिजी द्वाल्खा डोवरबाट मिस नेवाः फस्ट रनर अप ११४३ विजेता रिधिशा श्रेष्ठलाई सम्मान

छिजी द्वाल्खा डोवरबाट मिस नेवाः फस्ट रनर अप ११४३ विजेता रिधिशा श्रेष्ठलाई सम्मान

वि.सं.२०८० असोज २८ आइतवार १२:३४

बिके पासा, काठमाडौं । मिस नेवाः फस्ट रनर अप...

मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालको सम्मान तथा स्वागत कार्यक्रम

मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालको सम्मान तथा स्वागत कार्यक्रम

वि.सं.२०८० असोज १ सोमवार १२:५६

काठमाडौँ । मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालले...

साहस, मेहनत र लगनशीलताले सफलताको बाटो चुम्न सके – बिन्दु  श्रेष्ठ सफल व्यवसायी तथा समाजसेवी

साहस, मेहनत र लगनशीलताले सफलताको बाटो चुम्न सके – बिन्दु श्रेष्ठ सफल व्यवसायी तथा समाजसेवी

वि.सं.२०८० भदौ २ शनिवार १६:०४

✍ समिर समर्पण। व्यवसायी तथा समाजसेवी बिन्दु श्रेष्ठले आफ्नो...

उपचार्थ युबिका जोशीलाई २० हजार आर्थिक सहयोग

उपचार्थ युबिका जोशीलाई २० हजार आर्थिक सहयोग

वि.सं.२०८० साउन ३१ बुधवार २२:४०

काठमाडौँ। ब्लड क्यान्सर जस्तो गम्भीर रोगसंग लडिरहेकी युबिका जोशीलाई...

कार्यविनायक मन्दिरमा चर्चित गायक तथा समाजसेवी योगेश्वर अमात्यले गरे १ सय ८ तोला सुन दान

कार्यविनायक मन्दिरमा चर्चित गायक तथा समाजसेवी योगेश्वर अमात्यले गरे १ सय ८ तोला सुन दान

वि.सं.२०८० साउन २५ बिहीवार १०:३८

काठमाडौं । ललितपुरकाे बुङमतीमा अवस्थित कार्यविनायक मन्दिरमा कार्यविनायक मन्दिरमा...