back

सुमन सायमीको टिमले कमेडियन अपूर्व क्षितिज विरुद्ध जाहेरी दिँदै

8.74K
shares
sivam siment- long add

काठमाडौं । कमेडियन अपूर्व क्षितिज सिंहविरूद्ध नेवा अभियन्ताहरुले जाहेरी दिने भएका छन् । नेवा समुदायको आस्थामाथि चोट पुर्‍याएको ठहर गर्दै नेवा अभियान्ता सुमन सायमीसहितको टिमले उनीविरुद्ध जाहेरी दिने भएका हुन् ।

अभियान्ता सायमीले जानकारी गराएअनुसार शनिबार नै उनीहरु क्षितिजविरुद्ध जाहेरी दिन जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको भए पनि सार्वजनिक बिदाको दिन भएको कारण जाहेरी दर्ता नगरिएको तर आफूहरु क्षितिजले सजाय पाउनु पर्छ भन्नेमा दृढ रहेको बताए ।

‘नेवा समुदाय आस्था, बोलीचाली, रहनसहनमाथि गहिरो आघात पुर्याएको छ त्यसको सजाय उसले पाउनु पर्छ,’ उनले थपे ‘धार्मिक सहिष्णुतामाथि नै गम्भीर आघात पुग्ने किसिमको उसको प्रस्तुती छ त्यो हेर्दा यो भाई कतैबाट परिचालित देखिन्छ ।’ क्षितिजको हालै मात्र ‘कमेडी क्याफे’ नामक युटुब च्यानलमार्फत ‘नेवारको परम्परा’ शीर्षकमा ‘स्ट्यान्डअप’ कमेडी भिडिओ सार्वजनिक भएको थियो ।

भिडिओ विवादमा तानिएपछि हाल उक्त भिडिओ युट्युबबाट हटाइएको छ भने क्षितिजले उक्त भिडिओ नितान्त मनोरन्जनको लागि बनाइएको र यसले कुनै समुदायको आस्थामा चोट पुर्याएको भए आफू क्षमाप्राथी रहेको बताएका छन् । क्षितिजले सामाजिक संजाल फेसबुकमार्फत यस्तो धारणा व्यक्त गरेका हुन् ।

ime pay- long

ime pay- long
गिरिजाप्रसाद कोईरालाको १३ औ स्मृति दिवसको  अवसरमा रक्तदान कार्यक्रम

गिरिजाप्रसाद कोईरालाको १३ औ स्मृति दिवसको अवसरमा रक्तदान कार्यक्रम

वि.सं.२०७९ चैत ७ मंगलवार १६:३८

दोलखा । लोकतान्त्रिक गणतन्त्रका प्रथम राष्ट्रपति स्व.गिरिजाप्रसाद कोईरालाको १३...

अनुराधा श्रेष्ठ ‘राष्ट्रिय नारी सम्मान २०७९’ बाट  सम्मानित

अनुराधा श्रेष्ठ ‘राष्ट्रिय नारी सम्मान २०७९’ बाट सम्मानित

वि.सं.२०७९ फागुन २४ बुधवार १४:१२

अनुराधा श्रेष्ठ राष्ट्रिय नारी सम्मान २०७९ बाट सम्मानित भएका...

इन्जा डे को अवसर पारेर फरक विधामा पत्रकारिता पुरस्कार प्रदान

इन्जा डे को अवसर पारेर फरक विधामा पत्रकारिता पुरस्कार प्रदान

वि.सं.२०७९ फागुन १८ बिहीवार ०८:२३

काठमाडौँ । इन्जा डे को अवसर पारेर बिभिन्न विधामा...

डा. सन्दुक रुइतलाई बहराइनका राजाबाट १४ करोडको ‘इशा अवार्ड’ प्रदान

डा. सन्दुक रुइतलाई बहराइनका राजाबाट १४ करोडको ‘इशा अवार्ड’ प्रदान

वि.सं.२०७९ फागुन ९ मंगलवार २३:२१

काठमाडौँ । नेपालका वरिष्ठ नेत्र विशेषज्ञ डाक्टर सन्दुक रुइतलाई...

चन्द्र भण्डारीलाई मुम्बई लैजान विमान तयारी अवस्थामा, डाक्टर पनि सँगै जाने

चन्द्र भण्डारीलाई मुम्बई लैजान विमान तयारी अवस्थामा, डाक्टर पनि सँगै जाने

वि.सं.२०७९ फागुन ४ बिहीवार १५:०५

काठमाडौँ । ग्यास विस्फाेटबाट घाइते हुनुभएका सांसद चन्द्र भण्डारीलाई...

सरकारले विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि परिमार्जन गर्ने

सरकारले विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि परिमार्जन गर्ने

वि.सं.२०७९ माघ २९ आइतवार १४:१२

काठमाडौँ । सरकारले विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन सम्बन्धी कार्यविधि परिवर्तन...