back

काठमाडाैंबाट सिन्धुली जान बिजुली गाडीमा ३ सय डिजल,पेट्राेलकाे गाडीमा ४ हजार

528
shares
sivam siment- long add

काठमाडाैं । ऊर्जा, जलस्राेत तथा सिँचाइ मन्त्री पम्फा भुसालले बिजुली निर्यातले देशको व्यापार घाटा कम गर्न महत्त्वपूर्ण योगदान रहने बताउनुभएको छ । आज मङ्गलवार नेपाल विद्युत् प्राधिकरणले काठमाडाैंकाे रत्नपार्कमा सञ्चालनमा ल्याएको चार्जिङ स्टेशनको उद्घाटन गर्दै मन्त्री भुसालले यस्तो बताउनुभएको हो । उहाँले देशले ऊर्जा क्षेत्रमा ठूलो क्रान्ति गरिरहेको बताउनुभयो । देशभित्रकै जलस्रोतबाट बिजुली उत्पादन गरेर आफैँले प्रयोग गर्नु महत्त्वपूर्ण काम भएको उहाँकाे भनाइ छ । 

उहाँले भन्नुभयो, ‘नेपालको ऊर्जाको क्षेत्रमा ठूलो क्रान्ति हो । नेपालमा डलर खर्च गरेर विदेशबाट झन्डै तीन खर्ब रुपैयाँको डिजल र पट्रोल आयात हुने गरेको छ । उत्पादित बिजुलीकाे खपत बढाउने एउटा मात्रै माध्यम बिजुली गाडी हो । पछिल्लो एक वर्षमा बिजुली खपत २२ प्रतिशतले बढेको छ । यातायात क्षेत्रमा भने साेचेजस्तो भएकाे छैन ।’

मन्त्री भुसालले रुस र युक्रेन युद्धका कारण विश्वले भोगेको मुख्य समस्या ऊर्जा सङ्कट भएकाे बताउनुभयाे । विश्वका धेरै देशलाई डिजल र पेट्रोलको प्रतिस्थापनको विकल्प नभएको भन्दै नेपालमा त्यसकाे विकल्प बिजुलीबाट परिपूर्ति गर्नुपर्ने उहाँकाे भनाइ छ । 

उहाँले भन्नुभयाे, ‘विश्वका धेरै देशलाई डिजल र पेट्रोलको प्रतिस्थापनको विकल्प छैन । नेपालीले गौरव गर्नुपर्छ, नेपालमा डिजल र पेट्रोलको विकल्प छ । नेपालको बिजुली धेरै सस्तो रहेको छ । काठमाडाैंबाट सिन्धुली जाँदा बिजुली गाडीमा तीन सय रुपैयाँकाे विद्युत् खपत हुन्छ । तर डिजल र पेट्रोल प्रयोग हुने गाडीमा चार हजार रुपैयाँ खर्च हुन्छ । देशको व्यापार घाटा कम गर्ने एउटा माध्यम जलविद्युत् नै हो ।’

मन्त्री भुसालले आत्मनिर्भर अर्थतन्त्रका लागि सञ्चारमाध्यमले जलविद्युतको विकासमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले पछिल्लो समय देशमा बिजुली गाडीकाे माग अत्यधिक रहेको बताउनुभयो ।

ime pay- long

ime pay- long
समाजसेवाका पर्यावाची नाम हुन् सुनिता र ईशा

समाजसेवाका पर्यावाची नाम हुन् सुनिता र ईशा

वि.सं.२०८० चैत ६ मंगलवार १४:११

काठमाडौ । कसैलाई दुख पर्यो या कसैले सहयोगको याचना...

छिजी द्वाल्खा डोवरबाट मिस नेवाः फस्ट रनर अप ११४३ विजेता रिधिशा श्रेष्ठलाई सम्मान

छिजी द्वाल्खा डोवरबाट मिस नेवाः फस्ट रनर अप ११४३ विजेता रिधिशा श्रेष्ठलाई सम्मान

वि.सं.२०८० असोज २८ आइतवार १२:३४

बिके पासा, काठमाडौं । मिस नेवाः फस्ट रनर अप...

मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालको सम्मान तथा स्वागत कार्यक्रम

मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालको सम्मान तथा स्वागत कार्यक्रम

वि.सं.२०८० असोज १ सोमवार १२:५६

काठमाडौँ । मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालले...

साहस, मेहनत र लगनशीलताले सफलताको बाटो चुम्न सके – बिन्दु  श्रेष्ठ सफल व्यवसायी तथा समाजसेवी

साहस, मेहनत र लगनशीलताले सफलताको बाटो चुम्न सके – बिन्दु श्रेष्ठ सफल व्यवसायी तथा समाजसेवी

वि.सं.२०८० भदौ २ शनिवार १६:०४

✍ समिर समर्पण। व्यवसायी तथा समाजसेवी बिन्दु श्रेष्ठले आफ्नो...

उपचार्थ युबिका जोशीलाई २० हजार आर्थिक सहयोग

उपचार्थ युबिका जोशीलाई २० हजार आर्थिक सहयोग

वि.सं.२०८० साउन ३१ बुधवार २२:४०

काठमाडौँ। ब्लड क्यान्सर जस्तो गम्भीर रोगसंग लडिरहेकी युबिका जोशीलाई...

कार्यविनायक मन्दिरमा चर्चित गायक तथा समाजसेवी योगेश्वर अमात्यले गरे १ सय ८ तोला सुन दान

कार्यविनायक मन्दिरमा चर्चित गायक तथा समाजसेवी योगेश्वर अमात्यले गरे १ सय ८ तोला सुन दान

वि.सं.२०८० साउन २५ बिहीवार १०:३८

काठमाडौं । ललितपुरकाे बुङमतीमा अवस्थित कार्यविनायक मन्दिरमा कार्यविनायक मन्दिरमा...