back

सर्घषदेखि सफलतासम्म, सफलताको अर्काे नाम मदन जोशी

2.68K
shares
sivam siment- long add

दाेलखा स‌‌म्वाददाता । एसएलसी पास हुनु अगावै २०४९ सालमा भीम माध्यमिक बिद्यालयमा कर्मचारीको रुपमा कार्यरत मदन जोशीले २०५० सालमा एसएलसी उत्तीर्ण गरेपछि करिव ५ बर्ष भीम मा.वि. मै कार्यरत रहिरहे । त्यसपछि भीम मा.वि. का प्रधानाध्यापक तीर्थनारायण मानन्धरले मदन जोशीलाई प्रा.वि. तहको शिक्षकमा भर्ना गरेका थिए । त्यस पछि मदन जोशी शिक्षण पेशामा आवद्ध भए ।

मदन जोेशी २०५४ साल भाद्र १ गतेबाट लागू हुने गरी श्री बुद्ध प्रा.वि. झाँक्रीचौरमा नियुक्त भई विद्यालयमा कार्यरत भए । यस विद्यालयमा उनले २२ बर्ष काम गरे । २०६१,६२ सालमा उनले शिक्षक सेवा आयोगमा परिक्षा दिएको तर लिखितमा नाम निस्केको तर मौखिकमा नाम नसिस्केकाले पुन अस्थायी जागीरमा अल्झे ।

मेरो प्रतिकुल समयमा साथ, सहयोग र हौसला प्रदान गर्नु हुने आदरणीय गुरु प्रधानाध्यापक तीर्थनारायण मानन्धर, जगतनारायण श्रेष्ठ र ईश्वरी प्रसाद दाहाललाई आभार तथा धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छ ।

त्यसपछि २०७४,७५ सालको आन्तरिक प्रतिस्पर्धामा लिखित र मौखिक दुवै परिक्षामा सफलतापूर्वक स्थायीमा नाम निकाल्न सफल भए ।
त्यस पछि लगतै २०७५, १२, २९ मा स्थायी नियुक्त पत्र पाए पछि २०७६ बैशाख देखि चुलिडाँडा प्रा.वि.नेगलमा हालसम्म प्रधानाध्यापकको भूमिकामा कार्यरत छन् ।

उनको शिक्षा पेशाको सुरुवात भीम मा.वि. का प्रधानाध्यापक तीर्थनारायण मानन्धरले नै गर्नुभएको हो । यसका लागि प्रधानाध्यापक तीर्थनारायण मानन्धरको महत्वपूर्ण भूमिका रहेको मदन जोशीले हामीसँगको कुराकानीमा बताए । प्रधानअध्यापक मानन्धरको गुणलाई आजीवन शीरमा राखी अगाडि बढ्ने छु भनी मदन जोशीले उच्च सम्मान गर्दै प्रधानअध्यापक मानन्धरले आफनो जीवनमा जन्म दिने बुबाले भन्दा पनि ठूलो गुण लगाएकोमा गर्व महसुस गर्दै उहाँको सहयोगको सधै ऋणी हुने र जीवन भर उहाँले गरेको सहयोग कहिल्यै पनि नर्बिसने र उहाँको सहयोगी भावनाको सधै उच्च सम्मान गर्ने बताए ।

विशेषगरी मलाई मेरो प्रतिकुल समयमा साथ, सहयोग र हौसला प्रदान गर्नु हुने आदरणीय गुरु प्रधानाध्यापक तीर्थनारायण मानन्धर, जगतनारायण श्रेष्ठ र ईश्वरी प्रसाद दाहाललाई आभार तथा धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु भनी समय सान्दर्भिकसँगको कुराकानीमा बताए ।

मदन जोशीको मेहेनत र सफलतामा हाम्रो मिडियाको तर्फबाट पनि हार्दिक बधाई तथा उत्तरोतर प्रगतिको कामना गर्दछौं।

ime pay- long

ime pay- long
गिरिजाप्रसाद कोईरालाको १३ औ स्मृति दिवसको  अवसरमा रक्तदान कार्यक्रम

गिरिजाप्रसाद कोईरालाको १३ औ स्मृति दिवसको अवसरमा रक्तदान कार्यक्रम

वि.सं.२०७९ चैत ७ मंगलवार १६:३८

दोलखा । लोकतान्त्रिक गणतन्त्रका प्रथम राष्ट्रपति स्व.गिरिजाप्रसाद कोईरालाको १३...

अनुराधा श्रेष्ठ ‘राष्ट्रिय नारी सम्मान २०७९’ बाट  सम्मानित

अनुराधा श्रेष्ठ ‘राष्ट्रिय नारी सम्मान २०७९’ बाट सम्मानित

वि.सं.२०७९ फागुन २४ बुधवार १४:१२

अनुराधा श्रेष्ठ राष्ट्रिय नारी सम्मान २०७९ बाट सम्मानित भएका...

इन्जा डे को अवसर पारेर फरक विधामा पत्रकारिता पुरस्कार प्रदान

इन्जा डे को अवसर पारेर फरक विधामा पत्रकारिता पुरस्कार प्रदान

वि.सं.२०७९ फागुन १८ बिहीवार ०८:२३

काठमाडौँ । इन्जा डे को अवसर पारेर बिभिन्न विधामा...

डा. सन्दुक रुइतलाई बहराइनका राजाबाट १४ करोडको ‘इशा अवार्ड’ प्रदान

डा. सन्दुक रुइतलाई बहराइनका राजाबाट १४ करोडको ‘इशा अवार्ड’ प्रदान

वि.सं.२०७९ फागुन ९ मंगलवार २३:२१

काठमाडौँ । नेपालका वरिष्ठ नेत्र विशेषज्ञ डाक्टर सन्दुक रुइतलाई...

चन्द्र भण्डारीलाई मुम्बई लैजान विमान तयारी अवस्थामा, डाक्टर पनि सँगै जाने

चन्द्र भण्डारीलाई मुम्बई लैजान विमान तयारी अवस्थामा, डाक्टर पनि सँगै जाने

वि.सं.२०७९ फागुन ४ बिहीवार १५:०५

काठमाडौँ । ग्यास विस्फाेटबाट घाइते हुनुभएका सांसद चन्द्र भण्डारीलाई...

सरकारले विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि परिमार्जन गर्ने

सरकारले विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि परिमार्जन गर्ने

वि.सं.२०७९ माघ २९ आइतवार १४:१२

काठमाडौँ । सरकारले विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन सम्बन्धी कार्यविधि परिवर्तन...