back

आफ्ना वडाबासीको दुःख सुखमा सधै साथै रहनेछु – वडा अध्यक्ष स्टालिन श्रेष्ठ

702
shares
sivam siment- long add

दोलखा संवाददाता । भीमेश्वर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष स्टालिन श्रेष्ठले आफ्ना वडाबासीलाई कहिल्यै पनि दःुख नदिने उद्घोष गर्नु भएको छ । समय सान्दर्भिक मिडियासँगको कुराकानीमा अध्यक्ष श्रेष्ठले यस्तो कुराको उद्घोष गर्नु भएको हो ।

आफ्नो कार्यकालको पहिलो काम वडा कार्यालय पाखलति स्थित भीमेश्वर नगरपालिकाकै भवनमा सारेर लोकप्रिय र जनप्रिय कामबाट कार्यकाल शुरु गर्नुभएको थियो । वडा कार्यालय सार्ने कामसँगै वडा कार्यालय नजिकै रहेको सार्वजनिक शौचालयलाई पनि ब्यबस्थित र सरसफाई गरि प्रयोगमा ल्याउनु भएको छ । वडा अध्यक्ष श्रेष्ठ एक कुशल राजनीतिज्ञ र समाजसेवा प्रति रुचि राख्ने भएकाले पनि उहाँको ५ बर्षे जनतासँगको स्थानीय सरकारको कार्यकाल फलदायी रहने देखिन्छ । जसका लागि अध्यक्ष स्वयम् दिन रात नभनी खटि रहको अवस्था छ ।

हामीसँगको कुराकानीमा पनि अध्यक्ष श्रेष्ठले भन्नुभयो , आज पनि म बिहान ६ बजे देखि अहिले ७ बजेसम्म पनि जनताकै काममा दौडधुप गरेका छु । त्यसकारण मलाई जनताको काम गर्न र जनताको दुख सुखमा हातेमालो गर्न कुनै पनि अप्ठ्यारो लाग्ने छैन र ढिलासुस्ति पनि गर्ने छैन । अध्यक्ष श्रेष्ठले विकासका अपुरा कामलाई पुरा गर्ने, नयाँ कामको थालनी गर्ने, बाटो नपुगेको ठाँउमा बाटो पु¥याउने, सोलिङ गर्ने पक्की पिच गर्ने आदी योजना अघि सार्नु भएको छ । सिचाई, खानेपानी, शिक्षा र स्वास्थ्यमा बिशेष सुधारको काम गर्ने जिकिर गर्नु भयो ।
वडा भित्र कसैले सार्वजनिक जग्गा मिचेको या आफनो बनाएको भए वा घर नै बनाएको भए पनि उक्त कार्यको प्रकृति हेरेर घर भत्काउनु परे पनि पछि नपर्ने बताउनु भयो । त्यसै गरि अतिक्रमण जमिनलाई नापी तथा अमिन ल्याई वडा तथा सरकारको स्वामित्वमा ल्याउने पहल गरिने समेत जानकारी गराउनु भयो ।

वर्षाका कारण वडा भित्रका कतिपय स्थानमा क्षति भएकोमा दुख व्यक्त गर्दै राहत तथा अन्य सहयोगका लागि बिशेष ध्यान दिएको बताउनु भयो । तल्लो टोलको राईति (तीनधारा) देखि टसिचासम्मको बाटोमा ढुङ्गा छाप्न १० लाख बजेट बिनियोजन गरेको जानकारी गराउनु भयो । त्यसै गरि तल्लो टोलमै रहेको वडा कार्यालय भवन बनाउनका लागि २० लाख रकम छुट्याएको पनि बताउनु भयो । उहाँले आफ्नो कार्यकालमा वडालाई हेर्न र देख्न लायकको काम गरेर अघि जाने तर्क अघि सार्नु भयो ।

सिंहवनबाट बनेको बाटो त्यति सान्दर्भिक नभएतापनि विकल्प नहुँदा यसैबाटोलाई नै निरन्तरता दिनु परेको उहाँले बताउनु भयो । यदि अन्य स्थानबाट बाटो बनाउन सकिने भए सिंहबनलाई तारबार गरेर मिनि चिडियाखाना बनाउन सकिने र यसका लागि बिशेष पहल गरिने पनि बताउनु भयो । आफ्ना वडावासीलाई दःुख नहोस् र राहत होस् भनेर सामाजिक सुरक्षा भत्ता घर घरमै लगेर बाडिने योजना पनि अघि सारेको बताउनु भयो ।

सामाजिक सुरक्षा भत्ता ने बेलामा निशुल्क स्वास्थ्य परीक्षण तथा उपचार गरिएको बताउनु भयो । पशुुहरुका लागि पनि निशुल्क स्वास्थ परिक्षणका साथै औषधी बितरण गरिएको समेत जानकारी गराउनु भयो । बाँकी कुरा अध्यक्ष कै कुराकानीबाट प्रष्ट हुनेछ ।

ime pay- long

ime pay- long
गिरिजाप्रसाद कोईरालाको १३ औ स्मृति दिवसको  अवसरमा रक्तदान कार्यक्रम

गिरिजाप्रसाद कोईरालाको १३ औ स्मृति दिवसको अवसरमा रक्तदान कार्यक्रम

वि.सं.२०७९ चैत ७ मंगलवार १६:३८

दोलखा । लोकतान्त्रिक गणतन्त्रका प्रथम राष्ट्रपति स्व.गिरिजाप्रसाद कोईरालाको १३...

अनुराधा श्रेष्ठ ‘राष्ट्रिय नारी सम्मान २०७९’ बाट  सम्मानित

अनुराधा श्रेष्ठ ‘राष्ट्रिय नारी सम्मान २०७९’ बाट सम्मानित

वि.सं.२०७९ फागुन २४ बुधवार १४:१२

अनुराधा श्रेष्ठ राष्ट्रिय नारी सम्मान २०७९ बाट सम्मानित भएका...

इन्जा डे को अवसर पारेर फरक विधामा पत्रकारिता पुरस्कार प्रदान

इन्जा डे को अवसर पारेर फरक विधामा पत्रकारिता पुरस्कार प्रदान

वि.सं.२०७९ फागुन १८ बिहीवार ०८:२३

काठमाडौँ । इन्जा डे को अवसर पारेर बिभिन्न विधामा...

डा. सन्दुक रुइतलाई बहराइनका राजाबाट १४ करोडको ‘इशा अवार्ड’ प्रदान

डा. सन्दुक रुइतलाई बहराइनका राजाबाट १४ करोडको ‘इशा अवार्ड’ प्रदान

वि.सं.२०७९ फागुन ९ मंगलवार २३:२१

काठमाडौँ । नेपालका वरिष्ठ नेत्र विशेषज्ञ डाक्टर सन्दुक रुइतलाई...

चन्द्र भण्डारीलाई मुम्बई लैजान विमान तयारी अवस्थामा, डाक्टर पनि सँगै जाने

चन्द्र भण्डारीलाई मुम्बई लैजान विमान तयारी अवस्थामा, डाक्टर पनि सँगै जाने

वि.सं.२०७९ फागुन ४ बिहीवार १५:०५

काठमाडौँ । ग्यास विस्फाेटबाट घाइते हुनुभएका सांसद चन्द्र भण्डारीलाई...

सरकारले विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि परिमार्जन गर्ने

सरकारले विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि परिमार्जन गर्ने

वि.सं.२०७९ माघ २९ आइतवार १४:१२

काठमाडौँ । सरकारले विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन सम्बन्धी कार्यविधि परिवर्तन...