back

नो नट अगेनलाई कारबाही अघि नबढाउनू : सर्वोच्च अदालत

414
shares
sivam siment- long add

काठमाडौं । सर्वोच्च अदालतले नो नट अगेन फेसबुक पेज र ग्रुप सञ्चालन गर्नेहरुविरुद्ध कारबाही अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । उम्मेदवारहरुविरुद्ध लाञ्छनायुक्त अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगले नो नट अगेन अभियानको फेसबुक पेज र ग्रुप बन्द गर्न निर्देशन दिएको थियो ।

त्यस्तै नेपाल प्रहरीको साइबर ब्यूरोलाई पत्राचार गरी नो नट अगेन पेजमार्फत दलका नेताविरुद्ध हुने अभिव्यक्ति र आक्रोशजन्य सामग्रीको अनुगमन गर्न आग्रह गरेको थियो । र नो नट अगेन पेजलाई विद्युतीय कारोबार ऐन अनुसार कारबाही गर्नसमेत आयोगले आग्रह गरेको थियो ।

आयोगको सो कदमविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता अनिल आचार्यले दायर गरेको रिटको सुनुवाइ गर्दै आइतबार न्यायाधीश हरिप्रसाद फुयालको इजलासले कारबाही अघि नबढाउन अन्तरिम अल्पकालीन अन्तरिम आदेश दिएको हो । त्यस्तै निर्वाचन आयोगलगायतका विपक्षीसँग लिखित जवाफ पनि माग गरेको छ ।

त्यस्तै २४ गते रिट निवेदक र विपक्षी दुबैलाई अन्तरिम आदेशका लागि छलफलमा बोलाएको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए ।

ime pay- long

ime pay- long
समाजसेवाका पर्यावाची नाम हुन् सुनिता र ईशा

समाजसेवाका पर्यावाची नाम हुन् सुनिता र ईशा

वि.सं.२०८० चैत ६ मंगलवार १४:११

काठमाडौ । कसैलाई दुख पर्यो या कसैले सहयोगको याचना...

छिजी द्वाल्खा डोवरबाट मिस नेवाः फस्ट रनर अप ११४३ विजेता रिधिशा श्रेष्ठलाई सम्मान

छिजी द्वाल्खा डोवरबाट मिस नेवाः फस्ट रनर अप ११४३ विजेता रिधिशा श्रेष्ठलाई सम्मान

वि.सं.२०८० असोज २८ आइतवार १२:३४

बिके पासा, काठमाडौं । मिस नेवाः फस्ट रनर अप...

मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालको सम्मान तथा स्वागत कार्यक्रम

मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालको सम्मान तथा स्वागत कार्यक्रम

वि.सं.२०८० असोज १ सोमवार १२:५६

काठमाडौँ । मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालले...

साहस, मेहनत र लगनशीलताले सफलताको बाटो चुम्न सके – बिन्दु  श्रेष्ठ सफल व्यवसायी तथा समाजसेवी

साहस, मेहनत र लगनशीलताले सफलताको बाटो चुम्न सके – बिन्दु श्रेष्ठ सफल व्यवसायी तथा समाजसेवी

वि.सं.२०८० भदौ २ शनिवार १६:०४

✍ समिर समर्पण। व्यवसायी तथा समाजसेवी बिन्दु श्रेष्ठले आफ्नो...

उपचार्थ युबिका जोशीलाई २० हजार आर्थिक सहयोग

उपचार्थ युबिका जोशीलाई २० हजार आर्थिक सहयोग

वि.सं.२०८० साउन ३१ बुधवार २२:४०

काठमाडौँ। ब्लड क्यान्सर जस्तो गम्भीर रोगसंग लडिरहेकी युबिका जोशीलाई...

कार्यविनायक मन्दिरमा चर्चित गायक तथा समाजसेवी योगेश्वर अमात्यले गरे १ सय ८ तोला सुन दान

कार्यविनायक मन्दिरमा चर्चित गायक तथा समाजसेवी योगेश्वर अमात्यले गरे १ सय ८ तोला सुन दान

वि.सं.२०८० साउन २५ बिहीवार १०:३८

काठमाडौं । ललितपुरकाे बुङमतीमा अवस्थित कार्यविनायक मन्दिरमा कार्यविनायक मन्दिरमा...