प्रकाशमान सिंहलाई भावी प्रधानमन्त्रीका लागि सगुन सहित बधाई तथा शुभकामना
shares

काठमाडौँ । काठमाडौँ क्षेत्र नं. १ बाट बिजयी प्रकाशमान सिंहलाई भावी प्रधानमन्त्रीका लागि बधाई तथा सगुन कार्यक्रमको आयोजना गरिएको छ । उहाँ काठमाडौँ क्षेत्र नं. १ बाट प्रतिनिधिसभाको निर्वाचनमा निर्वाचित हुनु भएको हो । उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टिका रविन्द्र मिश्रलाई पराजित गर्नु भएको हो ।
बधाई तथा शुभकामना कार्यक्रममा काठमाडौँ क्षेत्र नं. १ क का निर्वाचित प्रदेशसभा सदस्य तथा बाग्मति प्रदेश पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठ, काठमाडौँ क्षेत्र नं.१ ख का निर्वाचित प्रदेशसभा सदस्य सुरजचन्द्र लामीछाने, काठमाडौँ क्षेत्र नं. ४ क का निर्वाचित प्रदेशसभा सदस्य श्रीराम लामिछाने, ललितपुर क्षेत्र नंं. १ क का निर्वाचित प्रदेशसभा सदस्य मिनकृष्ण महर्जन लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा नेपाली काँग्रेसका नेतृ सृजना सिंह, समाजसेवी हेमा मानन्धर लगायत नेपाली काँगे्रसका नेता तथा कार्यक्रता, शुभचिन्तकहरुको बाक्लो उपस्थिति रहेको थियो ।
उपस्थित सबै सहभागिहरुले पूर्व उपप्रधानमन्त्री सिंहलाई आगामी सरकारको प्रधानमन्त्रीका लागि शुभकामना दिएका थिए ।
वि.सं.२०७९ मंसिर २० मंगलवार २१:५८