युवा समाजसेवी बिमल श्रेष्ठबाट राजकुलेश्वर विद्यालयलाई साउण्ड सिस्टम सहयोग
shares

काठमाडौँ । राजकुलेश्वर साथि समुहको बिशेष पहलमा राजकुलेश्वर आधारभूत विद्यालयलाई साउण्ड सिस्टम सहयोग उपलब्ध भएको हो। राजकुलेश्वर साथि समुहले साउण्ड सिस्टम सहयोग गर्न गरेको पहललाई थप टेवा दिदै कर्मयोगी, जन्मभूमि प्रेमी, युवा समाजसेवी बिमल श्रेष्ठले नगद १ लाख सहयोग गर्नु भएको हो।
साउण्ड सिस्टम सहयोगका लागि राजकुलेश्वर साथि समुहका साथीहरुले पनि सहयोग रकम संकलन गरेको छन्। जुन साउण्ड सिस्टमलाई चाहिने रकम खर्च गरेर बाकि रहेको रकमले स्टेशनरी सामग्री र खेलकुदका सामग्री किनेर हस्तान्तरण गर्ने निर्णय राजकुलेश्वर साथि समुहले जानकारी गराएको छ।
साउण्ड सिस्टम उपलब्ध गर्नका लागि अमेरिका निवासी युवा समाजसेवी बिमल श्रेष्ठको महत्वपूर्ण सहयोगमका लागि राजकुलेश्वर साथि समुहले उत्तरोतर प्रगति सहित हार्दिक धन्यवाद व्यक्त गरेको छ। त्यसै गरि युके निवासी सत्यकृष्ण श्रेष्ठ, डा. अनिता श्रेष्ठ, कल्पना श्रेष्ठ , त्रिलोचन प्रधान, राधाकृष्ण कसजुलाई समेत राजकुलेश्वर साथि समुहले सहयोगकालागि बिशेष धन्यवाद दिइएको छ।
समाजसेवी श्रेष्ठले बिगतमा तिखातल प्रावि , टाइगर टिम लगायत दोलखाका बिभिन्न संघ संस्था र स्कुललाई सहयोग गरिसक्नु भएको छ।
विद्यालयलाई सहयोग उपलब्ध गराएकोमा राजकुलेश्वर आधारभूत विद्यालयका प्रधानध्यापक प्रकाश दाहाल र विधालय व्यवस्थापन समितिका अध्यक्ष अजय प्रधानले सहयोगीदाता र सहयोगका लागि पहल गर्ने संस्था राजकुलेश्वर साथि समुहलाई धन्यवाद व्यक्त गरेका छन्।
वि.सं.२०७९ पुस २५ सोमवार १०:३२