back

मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको आउ साथी, एउटा खुसीको दियो बालौं” बोलको म्युजिक भिडियो सार्वजनिक

708
shares
sivam siment- long add

काठमाडौं । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य लगायतका गायक, गायिकाले गाउनु भएको गीत “आउ साथी, एउटा खुसीको दियो बालौं” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । समाजसेवी एवं अभियन्ता नरेश प्रधानले लेख्नु भएको गीतको शब्दहरूमा अपाङ्गता भएका व्यक्तिलाई परिवार र समाजले हेर्ने दृष्टिमा परिवर्तन ल्याउनु पर्ने, त्यस्ता व्यक्तिहरू बोझ होइनन, प्रेरणाका स्रोत हुन् भन्ने उक्त गीतको सन्देश रहेको छ ।

समुदायमा आधारित पुर्नस्थापना केन्द ( सिविआर पाटन ) द्वारा सोमवार राजधानीमा आयोजित कार्यक्रममा कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, रामकृष्ण ढकाल, बुनु श्रेष्ठ, पुष्पन प्रधान, अन्जु पन्त, शिव परियार र अस्मिता अधिकारीले सामुहिक रूपमा गाउनुभएको उक्त गीतको म्युजिक भिडियो, अपाङ्गता भएका व्यक्ति, सो क्षेत्रमा काम गर्ने सङ्घ संस्थाका प्रतिनिधि बीच सार्वजनिक गरिएको हो ।

स्टुडियो साउण्डमिलको प्रस्तुती, शक्ति बल्लभको सङ्गीत रहेको उक्त गीतको म्युजिक भिडियोलाई मोहन राईले निर्देशन गर्नुभएको हो । यस गीतको भिडियोमा उषा रजत ,रक्षा थापा बस्नेत लगायत कलाकार ले अभिनय गर्नु भएको छ । कार्यक्रममा ललितपुर महानगरपालिकाका उप प्रमुख मञ्जली शाक्य, बज्राचार्यले सो महानगरपालिकाका भौतिक एवं सामाजिक अवस्थालाई अपाङ्तामैत्री बनाउने प्रयास जारी रहेको बताउनु भयो ।

त्यसै गरी गायिका बुनु श्रेष्ठले अपाङ्गताको विविधतालाई सङ्गीतको माध्यमबाट प्रोत्साहित र प्रेरणादायक बनाउन स्टुडियो साउण्डमिलले त्यस्तो सन्देश मुलक गीत र म्युजिक भिडियो बनाएको र भविष्यमा पनि यस कामलाई निरन्तरता दिने बताउनु भयो । सो अवसरमा अभियन्ता दिनेश खनालले १७ वर्ष पहिले चाँगुनारायण निवासी नरेश प्रधानकी छोरी आन्विका बहु-अपाङ्गता सहित जन्मिए पछि प्रधान परिवारले अपाङ्गताको क्षेत्रमा आर्थिक, भौतिक सहयोग गर्दै आएको र यस पटक आउ साथी बोलको गीतले अभिभावक र अपाङ्गता भएका बालबालिकाको खुसी दिने प्रयास गरेको बताउनु भयो ।

प्रधान परिवारले तिमीसँग आन्विका अभियानमार्फत देशभर अपाङ्गता भएका व्यक्ति र यस क्षेत्रमा काम गर्ने संस्थालाई सहयोग गरिरहेको छ । कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका पूर्व अध्यक्ष सुदर्शन सुवेदीले सबै निकायहरुले अपाङ्गता भएका व्यक्तिहरुका सवालहरुलाई समावेशीकरण र सवलिकरण गर्दै जानु पर्ने र पूर्ण तथा अतिअसक्त अपाङ्गता भएका व्यक्तिहरुलाई राज्यले सहयोग गर्नु पर्ने भन्दै आगामी दिनमा “आउ साथी, एउटा खुसीको दियो बालौं” बोलको म्युजिक भिडियोलाई बजाएर मात्रै आफ्नो कार्यक्रमको सुरुवात गर्ने प्रतिद्धता पनि व्यक्त गर्नु भयो ।

समुदायमा आधारित पुर्नस्थापना केन्द (सिविआर पाटन) का निर्देशक लुनिभा चित्रकारले सिविआर पाटनले अपाङ्गता भएका व्यक्ति तथा बालबालिकालाई चिकित्सा सेवा, हेरचाह, फिजियोथेरापी लगायत शारीरिक र मानसिक सेवा प्रदान गर्दै आएको बताउनु भयो ।

ime pay- long

ime pay- long
गिरिजाप्रसाद कोईरालाको १३ औ स्मृति दिवसको  अवसरमा रक्तदान कार्यक्रम

गिरिजाप्रसाद कोईरालाको १३ औ स्मृति दिवसको अवसरमा रक्तदान कार्यक्रम

वि.सं.२०७९ चैत ७ मंगलवार १६:३८

दोलखा । लोकतान्त्रिक गणतन्त्रका प्रथम राष्ट्रपति स्व.गिरिजाप्रसाद कोईरालाको १३...

अनुराधा श्रेष्ठ ‘राष्ट्रिय नारी सम्मान २०७९’ बाट  सम्मानित

अनुराधा श्रेष्ठ ‘राष्ट्रिय नारी सम्मान २०७९’ बाट सम्मानित

वि.सं.२०७९ फागुन २४ बुधवार १४:१२

अनुराधा श्रेष्ठ राष्ट्रिय नारी सम्मान २०७९ बाट सम्मानित भएका...

इन्जा डे को अवसर पारेर फरक विधामा पत्रकारिता पुरस्कार प्रदान

इन्जा डे को अवसर पारेर फरक विधामा पत्रकारिता पुरस्कार प्रदान

वि.सं.२०७९ फागुन १८ बिहीवार ०८:२३

काठमाडौँ । इन्जा डे को अवसर पारेर बिभिन्न विधामा...

डा. सन्दुक रुइतलाई बहराइनका राजाबाट १४ करोडको ‘इशा अवार्ड’ प्रदान

डा. सन्दुक रुइतलाई बहराइनका राजाबाट १४ करोडको ‘इशा अवार्ड’ प्रदान

वि.सं.२०७९ फागुन ९ मंगलवार २३:२१

काठमाडौँ । नेपालका वरिष्ठ नेत्र विशेषज्ञ डाक्टर सन्दुक रुइतलाई...

चन्द्र भण्डारीलाई मुम्बई लैजान विमान तयारी अवस्थामा, डाक्टर पनि सँगै जाने

चन्द्र भण्डारीलाई मुम्बई लैजान विमान तयारी अवस्थामा, डाक्टर पनि सँगै जाने

वि.सं.२०७९ फागुन ४ बिहीवार १५:०५

काठमाडौँ । ग्यास विस्फाेटबाट घाइते हुनुभएका सांसद चन्द्र भण्डारीलाई...

सरकारले विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि परिमार्जन गर्ने

सरकारले विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि परिमार्जन गर्ने

वि.सं.२०७९ माघ २९ आइतवार १४:१२

काठमाडौँ । सरकारले विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन सम्बन्धी कार्यविधि परिवर्तन...