गीतले अपाङ्गता भएकाहरु प्रति सकारात्मक परिवर्तन ल्याउने छ-आयोजक
shares

काठमाडौँ। मस्तिष्क पक्षाघात स्वावलम्वन समूह, धापाखेल ललितपुरले वशन्तपञ्चमीको दिन एसजीसिपी गीती मेलाको आयोजना गरिएको छ । अपाङ्गता सम्वन्धी सकारात्मक सन्देश प्रवाह गर्ने गरी जनमानसमा चेतना फैलाउन र प्रभावितहरुको कर्ममा उत्प्रेरणा जगाउन यस गीतले महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजक संस्थाको छ ।
अपाङ्गतालाई समेट्ने गरी वनेको “आउ साथी एउटा खुशीको दियो वालौ” भन्ने वोलको गीत सकारात्मक सन्देश दिने एउटा जागरण गीत हो, जसले अपाङ्गता भएकाहरु तिनका संरक्षक, परिवार, सरोकार संस्थाहरु, सेवादायीहरुको लागि उर्जा प्रदान गरेको छ । अपाङ्गताले जीवन र अनेक संभावनाका ढोकाहरु छोपिएका हन्छन् । यस गीतवाट प्रभावितहरुलाई मनमा उमङ्ग र आशा सृजना गरी जीवनमा अघि वढ्न प्रेरित गर्ने उद्धेश्य आयोजक संस्थाले राखेको छ ।
यति मात्र होइन, नेपाली समाजलाई यो गीतले जागृत गराएर अपाङ्गता भएकाहरु प्रति उनीहरुको हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउने छ भन्ने अपेक्षा पनि आयोजक संस्थाले लिएको छ । ३१ औ अन्तराष्ट्रिय अपाङ्ग दिवसको उपलक्ष्यमा गत महिना राष्ट्रिय अपाङ्ग महासंघ, नेपालको आयोजनामा तत्कालिन महिला, वालवालिका तथा जेष्ठ नागरिक मन्त्रीवाट विमोचन भएको यस गीतलाई उक्त कार्यक्रममा अपाङ्गता संग सरोकार राख्ने २५ वटा भन्दा बढि संघ संस्थाहरु, काठमाण्डौमा संचालित स्याहार केन्द्रहरुबाट १०० भन्दा बढि अपाङ्गताबाट प्रभावितहरु एवम् तिनको परिवार, सेवादायीहरुवाट सामुहिक गीत एवम मनोरञ्जनात्मक कार्यक्रमहरु पनि प्रदर्शन गर्ने कार्यक्रम समेत रहेको थियो ।
उक्त एसजिसिपि गीति मेलामा शुभेच्छुक लगाएत समाजसेवामा रुचि राख्नेहरुको उपस्थिति रहेको थियो । यस गीतमा सुमधुर स्वर दिनु भएका प्रसिद्ध गायक तथा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ तथा अस्ट्रेलियाका महामहिम राजदुत फेलिसिटी भल्कको पनि बिशेष उपस्थिति रहेको थियो ।
यस प्रकारको गीति मेलालाई सफल तुल्याउन सबैले सहयोग गर्नु पर्नेकुरा संस्थाका प्रमुख कार्यकारी अधिकृत विमल लाल श्रेष्ठले बताउनु भयो। साथै आगामी दिनहरुमा यस्तो गीति मेला अन्य संस्थाहरुले पनि संन्चालन गर्नु पर्नेमा जोड दिनु भयो ।
वि.सं.२०७९ माघ १७ मंगलवार ०८:१६