back

डा. सन्दुक रुइतलाई बहराइनका राजाबाट १४ करोडको ‘इशा अवार्ड’ प्रदान

726
shares
sivam siment- long add

काठमाडौँ । नेपालका वरिष्ठ नेत्र विशेषज्ञ डाक्टर सन्दुक रुइतलाई बहराइन सरकारको तर्फबाट राजा हमाद बिन इसा अल खालिफाले प्रतिष्ठित इशा अवार्ड प्रदान गरेका छन् । मंगलबार बहराइनको राजधानी मनामास्थित इशा सांस्कृतिक केन्द्रमा आयोजित विशेष समारोहमा डा. रुइतलाई राजा हमाद बिन इशा अल खालिफाले एक मिलियन डलर राशि नेपाली १४ करोड रुपैयाँ बराबरको पुरस्कार तथा सम्मान प्रदान गरेका हुन् ।

उनले ३० वर्षभन्दा बढी समय ‘मानवताका लागि सेवा’ गरेका कारण बहराइनका राजा हमाद बिन इसा अल खालिफाले प्रतिष्ठित अवार्ड, रुकम र सम्मानपत्र सहित सम्मान दिएका हुन् ।

सन् २००९ मा आफ्ना पिता सेख इसा बिन सलमान अल खालिफाका नाममा स्थापना गरिएको यस्तो सम्मान प्रत्येक दुई वर्षको अन्तरालमा विश्वका जुनसुकै देशमा मानवतावादी सेवा गर्नेहरुलाई दिने गरिएको छ ।

डा।रुइतले नेपाल लगायत विश्वका धेरै देशमा गएर आँखा उपचारको सेवा प्रदान गर्दै आएका छन् ।

सम्मान ग्रहण गर्दै डा रुइतले भने, ‘म यो सम्मान आँखा उपचारमा आएका मेरा सम्पूर्ण बिरामीहरुमा अर्पण गर्न चाहन्छु ।’ उनले आफ्नो यो अवार्डले आफूलाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिबद्धता र मेहेनतका साथ काम गर्ने अवसरका रुपमा थप प्रेरणा दिएको बताए । बहराइन अधिराज्यले यो सम्मानबाट सम्मानित गरेकोमा कृतज्ञता जाहेर गर्दै भविष्यमा आफ्नो कामलाई अझ प्रतिबद्धताका साथ निरन्तरता दिने उनको भनाइ छ ।

डा रुइतले अहिलेसम्म ५० हजारभन्दा बढी आँखाको शल्यक्रिया गरिसकेका छन् । उनले तिलगंगा आँखा विज्ञान संस्थान, एक गैर–लाभकारी र स्वतन्त्र संस्था, दुई अस्पताल, ज्ञट फिल्ड सेन्टरहरू, र मोबाइल क्लिनिकहरू सञ्चालन गरेका छन् जसले भुटान, थाइल्याण्ड, पाकिस्तान, इथियोपिया, चीन, भारत र उत्तर कोरियालगायत विभिन्न देशहरूमा हजारौं बिरामीहरूलाई सहयोग गरेको छ ।

‘मानवताको लागि सेवाका लागि ईसा पुरस्कार’ सन् २००९ मा बहराइनका राजा हमाद बिन इसा अल खलिफाले स्थापित गरेका हुन् । यो पुरस्कार प्रत्येक दुई वर्षमा व्यक्ति वा संस्थाहरूलाई प्रदान गरिन्छ । विजेतालाई निर्णायक मण्डलको विज्ञ प्यानलद्वारा कठिन प्रक्रियाबाट चयन गरिन्छ । डा. रुइतलालाई ‘मानवताका लागि सेवा’ गरेबापत इशा अवार्ड प्रदान गरिएको हो ।

ime pay- long

ime pay- long
समाजसेवाका पर्यावाची नाम हुन् सुनिता र ईशा

समाजसेवाका पर्यावाची नाम हुन् सुनिता र ईशा

वि.सं.२०८० चैत ६ मंगलवार १४:११

काठमाडौ । कसैलाई दुख पर्यो या कसैले सहयोगको याचना...

छिजी द्वाल्खा डोवरबाट मिस नेवाः फस्ट रनर अप ११४३ विजेता रिधिशा श्रेष्ठलाई सम्मान

छिजी द्वाल्खा डोवरबाट मिस नेवाः फस्ट रनर अप ११४३ विजेता रिधिशा श्रेष्ठलाई सम्मान

वि.सं.२०८० असोज २८ आइतवार १२:३४

बिके पासा, काठमाडौं । मिस नेवाः फस्ट रनर अप...

मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालको सम्मान तथा स्वागत कार्यक्रम

मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालको सम्मान तथा स्वागत कार्यक्रम

वि.सं.२०८० असोज १ सोमवार १२:५६

काठमाडौँ । मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालले...

साहस, मेहनत र लगनशीलताले सफलताको बाटो चुम्न सके – बिन्दु  श्रेष्ठ सफल व्यवसायी तथा समाजसेवी

साहस, मेहनत र लगनशीलताले सफलताको बाटो चुम्न सके – बिन्दु श्रेष्ठ सफल व्यवसायी तथा समाजसेवी

वि.सं.२०८० भदौ २ शनिवार १६:०४

✍ समिर समर्पण। व्यवसायी तथा समाजसेवी बिन्दु श्रेष्ठले आफ्नो...

उपचार्थ युबिका जोशीलाई २० हजार आर्थिक सहयोग

उपचार्थ युबिका जोशीलाई २० हजार आर्थिक सहयोग

वि.सं.२०८० साउन ३१ बुधवार २२:४०

काठमाडौँ। ब्लड क्यान्सर जस्तो गम्भीर रोगसंग लडिरहेकी युबिका जोशीलाई...

कार्यविनायक मन्दिरमा चर्चित गायक तथा समाजसेवी योगेश्वर अमात्यले गरे १ सय ८ तोला सुन दान

कार्यविनायक मन्दिरमा चर्चित गायक तथा समाजसेवी योगेश्वर अमात्यले गरे १ सय ८ तोला सुन दान

वि.सं.२०८० साउन २५ बिहीवार १०:३८

काठमाडौं । ललितपुरकाे बुङमतीमा अवस्थित कार्यविनायक मन्दिरमा कार्यविनायक मन्दिरमा...