back

चिरायु अस्पताल र नेप्लिज फेशन होम् बीच एम ओ यू सम्झौता

2.27K
shares
sivam siment- long add

काठमाडौँ । चिरायु अस्पताल र नेप्लिज फेशन होम् बीच एम. ओ. यू. सम्झौता भएको छ । आज एक कार्यक्रमको आयोजना गरि चिरायू अस्पतालको सभाकक्षमा चिरायु अस्पतालका तर्फबाट निर्देशक सन्जिव राजभण्डारी र एन. एफ. एच इभेन्टस प्रा.लि. का अध्यक्ष हेमा मानन्धर बीच स्वास्थ्य उपचार सम्वन्धी दुई पक्ष बीच सम्झौता भएको हो ।

आज भएको सम्भौता अनुसार नेप्लिज फेशन होमको सिफारीमा चिरायु अस्पतालमा उपचार गर्न आउने बिरामीका लागि बिभिन्न शीर्षकमा २५ प्रतिशत देखि ५० प्रतिशतसम्म डिस्काउन्टको सुविधा पाउने छन् । त्यसै गरि चिरायू अस्पतालले बिरामीका लागि एम्वुलेन्स सेवा निशुल्क उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएको छ ।

एनएफएच इभेन्टस प्रा.लि. ले बिगत १६ बर्षदेखि काठमाडौंमा मिस नेवा प्रतियोगिता लगायत विभिन्न सामाजिक गतिविधि गर्दै आइरहेको छ । काठमाडौंको बसन्धारामा रहेको चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईन्टिच्युट प्रा.लि.मा युरोलोजिष्ट र नेफ्रोलोजिष्ट विभागमा प्रा. डा उत्तम कुमार शर्मा, अर्थापेडिक विभागमा प्रा. डा दिपक प्रकाश महरा, प्रा डा. अर्जुनप्रसाद लामिछाने र सुनिलजंग थापा, मनोसामाजिक डा. पवन शर्मा र ग्यास्ट्रो अनुराग झा लगायतका अनुभवी दक्ष चिकित्सकबाट विभिन्न किसिमका सेवा उपलब्ध गराउदैँ आएको छ ।

त्यसै गरि आजै चिरायू अस्पतालले दोलखा मच्छिन्द्रनाथको जात्रालाई मध्ये नजर गरि केहि स्वास्थ्य किट र औषधी उपलब्ध गराएको छ ।
आजको कार्यक्रममा नेप्लिज फेशन होम्की अध्यक्ष हेमा मानन्धर, समाजसेवी अनुउर्मिला शेरचन, पत्रकार त्रिलोचन प्रधान, मिस नेवा कृषा महर्जन र सलिना मर्हजनको उपस्थिति रहेको थियो भने अस्पतालको तर्फबाट प्रमुख ब्यक्तित्वसँगै डिपार्डमेण्ट प्रमुख लगायत सिफ्ट इन्चार्जहरुको सहभागिता रहेको थियो ।

ime pay- long

ime pay- long
छिजी द्वाल्खा डोवरबाट मिस नेवाः फस्ट रनर अप ११४३ विजेता रिधिशा श्रेष्ठलाई सम्मान

छिजी द्वाल्खा डोवरबाट मिस नेवाः फस्ट रनर अप ११४३ विजेता रिधिशा श्रेष्ठलाई सम्मान

वि.सं.२०८० असोज २८ आइतवार १२:३४

बिके पासा, काठमाडौं । मिस नेवाः फस्ट रनर अप...

मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालको सम्मान तथा स्वागत कार्यक्रम

मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालको सम्मान तथा स्वागत कार्यक्रम

वि.सं.२०८० असोज १ सोमवार १२:५६

काठमाडौँ । मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालले...

साहस, मेहनत र लगनशीलताले सफलताको बाटो चुम्न सके – बिन्दु  श्रेष्ठ सफल व्यवसायी तथा समाजसेवी

साहस, मेहनत र लगनशीलताले सफलताको बाटो चुम्न सके – बिन्दु श्रेष्ठ सफल व्यवसायी तथा समाजसेवी

वि.सं.२०८० भदौ २ शनिवार १६:०४

✍ समिर समर्पण। व्यवसायी तथा समाजसेवी बिन्दु श्रेष्ठले आफ्नो...

उपचार्थ युबिका जोशीलाई २० हजार आर्थिक सहयोग

उपचार्थ युबिका जोशीलाई २० हजार आर्थिक सहयोग

वि.सं.२०८० साउन ३१ बुधवार २२:४०

काठमाडौँ। ब्लड क्यान्सर जस्तो गम्भीर रोगसंग लडिरहेकी युबिका जोशीलाई...

कार्यविनायक मन्दिरमा चर्चित गायक तथा समाजसेवी योगेश्वर अमात्यले गरे १ सय ८ तोला सुन दान

कार्यविनायक मन्दिरमा चर्चित गायक तथा समाजसेवी योगेश्वर अमात्यले गरे १ सय ८ तोला सुन दान

वि.सं.२०८० साउन २५ बिहीवार १०:३८

काठमाडौं । ललितपुरकाे बुङमतीमा अवस्थित कार्यविनायक मन्दिरमा कार्यविनायक मन्दिरमा...

काठमाडौँ महानगर पालिका वडा न. ३ मा उद्घाटन गरेको २ हप्ता मै बाटोमा देखियो भ्वाङ

काठमाडौँ महानगर पालिका वडा न. ३ मा उद्घाटन गरेको २ हप्ता मै बाटोमा देखियो भ्वाङ

वि.सं.२०८० साउन २५ बिहीवार १०:१८

काठमाडौँ । काठमाडौँ महानगर पालिका वडा नं. ३ अन्तर्गत...