छिजी द्वाल्खा डोवरले आयोजना गरेको बनभोज कार्यक्रम भब्य रुपमा सम्पन्न
shares

काठमाडौँ । छिजी द्वाल्खा डोवरले आयोजना गरेको बनभोज कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । नयाँ बर्ष २०८० को अवसरमा शुभकामना आदान प्रदान तथा बनभोज कार्यक्रम शनिवार बालाजु बाइसधारा पार्कमा सम्पन्न भएको हो ।
बनभोज कार्यक्रममा चिरायु नेशनल अस्पतालबाट स्वास्थ्य शिविर समेत संचालन गरेको थियो । स्वास्थ्य शिविरमा सुगर, ब्लडप्रेसर र अन्य रोगको स्वास्थ्य परिक्षण गरिएको थियो । छिजी द्वाल्खा डोवरले आयोजना गरेको बनभोज कार्यक्रमको मुख्य आकर्षणको केन्द्र स्वास्थ्य शिविर र मिस नेवा: मिस लिटल नेवा:हरु रहेको थियो।
कार्यक्रमा छिजि द्वाल्खा डोवर सामाजिक संस्थालाई आर्थिक सहयोग गर्नु भएकोमा समाजसेवी मनोज चाकुबजी , नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धर, समाजसेवी मदनदेबि श्रेष्ठ, सामाजिक अभियन्ता शंकर जोशी, द्वाल्खा नेपाल भाषाका अध्यक्ष नहेन्द्र प्रधानलाई संस्थाको तर्फबाट अध्यक्ष रिना चाकुबजिले धन्यवाद दिनु भएको छ ।
बनभोज कार्यक्रममा उपस्थिति भएर कार्यक्रमलाई सफल पारी दिएकोमा उपस्थिति दाजुभाइ , दिदिबहिनी , इष्टमित्र, आफन्त र शुभचिन्तकहरुमा संस्थाको तर्फबाट आभर व्यक्त गरिएको छ ।
खेलकुदमा बिजय भाईबहिनिहरुलाई नगद पुरस्कारको ब्यवस्था गरि दिनु भएकोमा समाजसेवि राध्येश्याम श्रेष्ठ , वरिष्ठ समाजसेवी सुर बहादुर श्रेष्ठ, कार्यक्रम सन्चालिका मिस नेवा: नितु डगोल,खेलकुदमा सहयोग गर्नु हुने संस्थाकी सदस्य कुसुम श्रेष्ठ , रिधिशा श्रेष्ठ , सल्लाहकार त्रिलोचन प्रधान , टिकट र लोगो डिजाइन गर्न सहयोग गर्नु हुने प्रनेश श्रेष्ठ , खानाको राम्रो ब्यवस्थापन गरि दिनु भएकोमा दोलखा क्याटरिङ एन्ड रेन्टल सर्भिसका प्रोप्राईटर प्रकाश प्रधान , कार्यक्रममा उपस्थित पाहुनाहरुलाई कलम उपहार दिइ सहयोग गरि दिएकोमा प्राइम कलेज , निशुल्क स्वास्थ्य शिविर प्रदान गरि सहयोग गरि दिएकोमा चिरायु हस्पिटल र कार्यक्रम सफल पार्न अहोरात खटियर कार्यक्रमलाई सभ्य र भब्य सम्पन्न गराउन मद्दत गर्नु भएका संस्थाका सम्पुर्ण सदस्यहरु प्रति छिजी द्वाल्खा डाेवर परिवार संस्थाको तर्फबाट आभार व्यक्त गरिएको छ।
कार्यक्रमको प्रमुख अतिथि नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले गर्नु भएको थियो भने कार्यक्रमको अध्यक्षता संस्थाकी अध्यक्ष रिना चाकुबजिले गर्नुभएको थियो।
कार्यक्रम भब्य रुपमा सम्पन्न भएकोमा हाम्रो पनि छिजी द्वाल्खा डाेवर परिवारलाई बधाई तथा आगामी कार्यक्रमका लागि शुभकामना।
वि.सं.२०८० वैशाख १० आइतवार २३:०७