छिजी द्वाल्खा डोवरको आयोजनामा प्राविधिक साक्षरता तालिम सम्पन्न
shares

काठमाडौँ । छिजी द्वाल्खा डोवरको आयोजनामा प्राविधिक साक्षरता तालिम सम्पन्न भएको छ। छिजी द्वाल्खा डाेबरको पहलमा प्राईम कलेजको सहकार्यमा प्राविधिक साक्षरता तालिम सम्पन्न भएको हो।
प्राईम कलेजका प्रशिक्षक अमित स्थापितको प्रशिक्षणमा छिजी द्वाल्खा डोवरका सदस्यहरुलाई प्राविधिक साक्षरता तालिम दिनु भएको थियो । उक्त प्रशिक्षण कार्यक्रममा सदस्यहरुलाई मोबाईलको प्रयोगबाट दैनिक जीवनमा सहज साथै समयको सदुपयोग सम्बन्धि बिभिन्न बौद्धिक ज्ञान दिइएको थियो।
छिजी द्वाल्खा डोवरको तर्फबाट प्रशिक्षक अमित स्थापितलाई हार्दिक धन्यवादका साथ आभार व्यक्त गरिएको छ । साथै कार्यक्रममा सहभागीहरुलाई हौसला प्रदान गर्न उपस्थित हुनु भएका निरज थापा मगर, परशुराम प्रधान र समय सान्दर्भिक मिडिया प्रा.लि.का प्रधान सम्पादक त्रिलोचन प्रधान समेत संस्थाको तर्फबाट धन्यवाद ब्यक्त गरिएको छ। कार्यक्रमममा सहभागी भै कार्यक्रमलाई सफल पारी दिनु भएकोमा संस्थाका सबै सदस्यहरुलाई संस्थाले धन्यवाद ज्ञापन गरिएको छ ।
सामाजिक कार्यमा निरन्तर लागिपरेका दोलखालीहरुको साझा संस्था छिजी द्वाल्खा डोवरका संस्थापक अध्यक्ष रिना चाकुबजिको संयोजनमा कार्यक्रम सम्पन्न भएको थियो। केहि महिना अघि मात्र छिजी द्वाल्खा डोवरले सामुहिक बनभोज तथा स्वास्थ्य शिविर कार्यक्रम गरेको थियो।
वि.सं.२०८० जेठ २१ आइतवार ०९:३२