राष्ट्रिय अपाङ्ग पुनःस्थापना समाजको आयोजनामा डकर्मी र प्लम्बिंग तालिम सम्पन्न
shares

दोलखा। राष्ट्रिय अपाङ्ग पुनःस्थापना समाजको आयोजनामा डकर्मी र प्लम्बिंग तालिम सम्पन्न भएको छ। राष्ट्रिय अपाङ्ग पुनःस्थापना समाज अनामनगर काठमाडौंको आयोजनामा एल.डि .एस . सी. (युएसय) को आर्थिक सहयोगमा भीमेश्वर नगरपालिका दोलखाको समवन्यमा भीमेश्वर नगरका युवाहरुलाई रोजगारी बनाउने उदेश्यका साथ तालिम संचालनमा ल्याएको उक्त संस्थाले जानेको छ।
डकर्मी तथा पल्मबिङ् तालिम जेष्ठ १० गते देखि २५ गते सम्म सन्चालित थियो। १५ दिन संचालित तालिममा डकर्मी तर्फ २० जना र प्लम्बिंग तर्फ १५ जना गरि जम्मा ३५ जना सहभागी भएको थियो ।
उक्त तालिमको समापन कार्यक्रममा राष्ट्रिय अपांग पुनःस्थापना समाजका अध्यक्ष सुनिला शाह हमालको सभापतित्वमा भीमेश्वर नगर पालिका प्रमुख ईश्वरनारायण मान्नधरको प्रमुख अतिथ्यतामा प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला, एल.डि .एस .सी (युएसए) का कन्ट्री डाईरेक्टरटिम, भीमेश्वर नगरपालिकाको प्राशासकीय अधिकृत माधव सुवेदी तथा दोलखाका समाजसेवि युवानेता राकेश श्रेष्ठको विशेष उपस्थितमा तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र र एक सेट औजार बितरण गरिएको थियो।
वि.सं.२०८० जेठ २६ शुक्रवार ००:१३