रास्वपा दोलखाको काठमाडौँमा दोलखाली भेला हुने
shares

काठमाडौँ। रास्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौँ उपत्यकामा बसोबास गर्नु हुने दोलखा जिल्लाबासीहरुको बृहत भेला गर्ने भएको छ। आगामी असार १६ गते शनिवार पेप्सीकोला स्थित स्टार बेङ्क़ुइटमा तय भएको रास्वपा दोलखा जिल्ला प्रतिनिधि तथा भेला आयोजक समितिका संयोजक हरिलाल चौलागाईले जानकारी गराउनु भएको छ।
काठमाडौँ उपत्यका काठमाडौँ , ललितपुर र भक्तपुर गरि तिनै जिल्लामा बसोबास गरि रहनु भएका दोलखा जिल्लाबासिहरुलाई एकीकृत गरि सुशासन र भ्रष्टाचार बिरोधि अभियान कार्यक्रम सहित भेला आयोजना गर्न लागेको कुरा रास्वपा भेला संयोजक चौलागाईले समय सान्दर्भिक मिडियालाई जानकारी गराउनु भयो।
उक्त भेला कार्यक्रममा इच्छुक जोकोही दोलखा जिल्लाबासीहरु खुल्ला बिचार लिएर उपस्थिति जनाउन सकिने भेला संयोजक चौलागाईले जानकारी गराउनु भयो। साथै सिंगो दोलखाबासीलाई गरिमामय कार्यक्रममा उपस्थितिका लागि हार्दिक अनुरोध गरिएको छ।
रास्वपा दोलखाको काठमाडौँमा दोलखाली भेलामा सहभागिता जनाउनका लागि निम्न देहायका व्यक्तिहरुसंग सम्पर्क गरि कार्यक्रममा सहभागिता जनाउन सकिने छ। भेला संयोजक हरि चौलागाई ९८५११६९७३७, सदस्यहरु जलहरी शिवाकोटी ९८५११७५०७२, जगदीश खरेल ९८४११५५०५३, रामप्रसाद दाहाल ९८४४३९९१६३, सुरज केसी ९८६२९४२४६०, श्याम सुबेदी ९८५१३१६५९९ नम्बरमा सम्पर्क गर्न सकिने छ।
वि.सं.२०८० असार ८ शुक्रवार ०९:०५