भीम उच्च माविका चार पूर्व गुरुलाई विशेष सत्कार
shares

बिके पासा ,काठमाडौँ । गुरु पुर्णिमाको सुअवसर पारेर भीम उच्च माविका चार पूर्व गुरुलाई विशेष सत्कार तथा सम्मान गरिएको छ। ललितपुर स्थित एक होटलमा सम्मान कार्यक्रमको आयोजना गरि भीम उच्च मा.वि.का तीन पूर्व प्रधानाध्यापक बद्रीमान सिं श्रेष्ठ, चोकबहादुर दाहाल, तीर्थनारायण मानन्धर, पूर्व शिक्षक अमरकुमार प्रधान र स्वयंसेवक शिक्षक बालकृष्ण श्रेष्ठलाई विशेष सम्मान गरेको छ ।
केही वर्षदेखि निरन्तर गुरुहरूलाई बोलाएर आदर सत्कार र सम्मान गर्ने विद्यार्थीहरुले हरेक वर्ष केही न केही सौगात प्रदान गर्ने क्रममा यस बर्ष सबैलाई झोला उपहार दिएको थियो । साथै गुरुवर्ग लगायत उपस्थित सबैलाई प्रीतिभोज आयोजना गरिएको थियो ।
कार्यक्रममा पूर्व प्रधानाध्यापक बद्रीमान सिं श्रेष्ठ, चोकबहादुर दाहाल, तीर्थनारायण मानन्धर, पूर्व शिक्षक अमरकुमार प्रधान र स्वयंसेवक शिक्षक बालकृष्ण श्रेष्ठका साथै भी.न.पा– २ का पूर्व वडाध्यक्ष विराजमान श्रेष्ठ, अधिवक्ता सुभाष श्रेष्ठ , व्यवसायी हिमाल श्रेष्ठ, का.यु. क्लवका अध्यक्ष निरेन्द्र मास्के र महासचिव अनिलचन्द्र श्रेष्ठ, वनारसी सहयोगी हातहरूका पूर्व अध्यक्ष दीपनारायण श्रेष्ठ, समय सान्दर्भिक पत्रिकाका प्रकाशक एवं सम्पादक त्रिलोचन प्रधानका साथमा गुरु चोकबहादुर दाहालकी धर्मपत्नी उमा दाहाल (प्रधान) र गुरु तीर्थनारायण मानन्धरकी धर्मपत्नी थिए । कार्यक्रकमको संयोजन व्यवसायी राजन श्रेष्ठले गर्नु भएको थियो।
वि.सं.२०८० असार १९ मंगलवार २२:१८